म्याग्दी जिसस निर्वीरोध

विकल्प न्यूज/बेनी
साउन १७ गते ।
नेपाली काँग्रेस र नेकपा एमालेले गोलाप्रथाबाट जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख र उपप्रमुख लगायत अन्य सदस्यहरुको छनौट गरेका छन् ।
जिल्ला समन्वय समितिमा कसैको पनि बहुमत नभएपछि यहाँका दलहरुले सहमति गरेर गोलापोलाको विधि अपनाएका हुन । मंगलबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार लगायतको उपस्थितिमा नेपाली काँग्रेस र नेकपा एमालेका विच समन्वय समितिको प्रमुखमा गोलापोला हुँदा नेकपा एमालेलाई प्रमुखको चिठ्ठा परेको हो ।gssदुइ दलको सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका देवेन्द्र केसी उपप्रमुखका नेपाली काँग्रेसका लोक वहादुर मल्लले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यसै गरि अन्य सदस्यहरुमा पनि सहमति कायम गरि उम्मेदवारी दर्ता गरिएको छ । सदस्यहरुमा नेपाली काँग्रेसका तर्फबाट मेखवहादुर पुर्जा पुन,खिमा कुमारी गर्बुजा र राम देवी पुन रहनुभएको छ । एमालेको तर्फबाट बोमाया गर्बुजा,माओवादीका शेर वहादुर केसी र राप्रपाबाट हरि शाक्य,सुक माया छन्त्याल रहनुभएको छ । गोलापोला गरि पदहरुको वाँडफाँड पश्चात ९ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । अरु कसैको पनि उम्मेदावरी नपरेपछि निर्वीरोध भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधवार मूख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

स्थानीय तह निर्वाचनमा बेनी नगरपालिकामा तालमेल गरेको राप्रपालाई आफ्नो भागमा परेको दुई सदस्य दिएको एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । नेपाली काँग्रेसले उपप्रमुख सहित ४ जना सदस्य पाएकोमा एक सदस्य माओवादी केन्द्रलाई दिएको सभापति खम्बिर गर्बुजाले बताउनुभयो ।

DSC_1008मुख्य प्रतिस्पर्धी दुई पार्टीबीच सहमतीको वातावरण सिर्जना गर्न दुवै पार्टीले गोलाप्रथाबाट समन्वय समितिको नेतृत्व र पद संख्या टुङ्गो लगाएको सभापति गर्बुजाले बताउनुभयो । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा जिल्ला समन्वय समितिको चुनावमा मतदाधिकार भएका १२ मध्य ६ काँग्रेसका, एमालेका ५ र राप्रपाका एक जना मतदाता छन ।

नेपाली काग्रेसले बेनी नगरपालिकाको प्रमुख, मालीका गाउँपालिकाको अध्यक्ष, अन्नपूर्ण र रघुगंगा गाउँपालीकाको अध्यक्ष, उपाध्यक्ष दुबै जितेको थियो । एमालेले धौलागिरी र मंगला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र मालीकाको उपाध्यक्ष जितेको थियो ।DSC_1005एमालेसंगको तालमेलमा बेनी नगरपालिकाको उमप्रमुखमा निर्वाचीत हुनुभएकी राप्रपाकी सञ्जु बरुवालले समन्वय समितिको निर्वाचनमा एमालेसंगको सहकार्यलाई निरन्तरता दिने अडान लिएपछि काँग्रेस र एमालेका नेताहरु गोलाप्रथाको सहमतीमा पुगेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार उम्मेदवारी मनोनयन दर्ता र २० गते चुनावको मिती तय गरेको थियो । यसअघि बसेको जिल्ला सभाको पहिलो बैठकले समन्वय समिती ९ सदस्यीय हुने निर्णय गरेको थियो । दलहरुले सहमतीमा उम्मेदवारी दर्ता गरेपछी समन्वय समिति निर्वीरोध चयन भएको जिल्ला न्यायाधिश एवम मूख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।