गोलापोला मार्फत जिल्ला समन्वय समिति म्याग्दीको संयोजक एमालेलाई

विकल्प न्यूज/बेनी
साउन १७ गते ।

17309647_1424472854263899_3166773367351957572_n जिल्ला समन्वय समितिको संयोजक नेकपा एमालेले पाएको छ । नेपाली काग्रेस र नेकपा एमाले विच गोलापोला गर्दा संयोजक एमालेले पाएको हो । नेपाली काँग्रेस पार्टी कार्यालयमा मंगलवार मध्यन्न गोलापोलाद्धारा संयोजक छनौट गरिएको थियो । संयोजक एमालेले पाएपछि उपसंयोजक सहित नेपाली काँग्रेसले पाँच सदस्य पाउने भएको छ । जिल्ला समन्वय समितिमा कसैको पनि बहुमत नभएकाले सहमति अनुसार गोलापोला गरिएको नेपाली काँग्रेसका सभापति खम्बीर गर्बुजाले बताउनुभयो । सहमति अनुसार आजै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने छ ।

DSC_1005 DSC_1008