१६ साउन, काठमाडौं ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागू हुने गरी राजिनामा दिएका हुन् ।माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत वर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई आजै आयोगका कर्मचारीले औपचारिक विदाइ पनि गरेकोे छन् ।
श्रेष्ठ योजना आयोगमा आउनुअघि राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए । उनी माओवादी निकट मानिन्छन् ।
नयाँ सरकार आएपछि प्रधानमन्त्रीलाई सघाउन योजना आयोगका उपाध्यक्षले राजीनामा दिने प्रचलन छ । onlinekhabar