यस्तो छ पाँच वर्ष भित्र समृद्ध र नमुना बनाउने जलजलाको नीति तथा कार्यक्रम

गाउँपालिका अध्यक्ष याम वहादुर मल्लद्धारा गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम

आदरणीय गाउँ सभाका सम्पूर्ण सदस्य ज्यूहरु,
तथा आमान्त्रित समाजसेवी बुद्धिजिवी व्यक्तित्व, आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरु

कृषि पर्यटन, पूर्वाधार र रोजगार
सुन्दर जलजला संमृद्धिको आधारjaljala gaupalikaनेपाली जनताको संघर्षपूर्ण वलिदानको परिणामस्वरुप प्राप्त नेपालको संविधान कार्यान्वयन गर्ने क्रमममा र्भखरै स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । मुलुकलाई संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ती आफ्नो अमूल्य जीवन समपर्ण गर्नुहुने सम्पूर्ण सहिदहरु प्रति यस गाउँपालिकाको तर्फवाट भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै उच्च सम्मान व्यक्त गर्दछु ।

सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको सविधानले संघियता, समृद्ध समाजको आधारशिला निर्माण गर्नमा योग्दान गर्नेछ । गाउँ सभाको यो अवसरमा नेपालकै इतिहासमै परिवर्तित पुर्नसंरचना अन्र्तगत वनेको जलजला गाउँपालिकामा हँुदै गरेको यो ऐतिहासिक अवसरमा यो गाउँपालिकालाई सवल सवृद्ध र नमुना गाउँपालिका निर्माणका निम्ती प्रतिवद्धता संकल्प सहित यो नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
आदरणीय उपस्थित मानुभावहरु,

जनतालाई सुशासन प्रत्याभुत गर्दै जनताको घर आगनमा सेवा पु¥याउन सके मात्र लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर यस गाउँपालिका अधिकार सम्पन्न स्थानिय सरकारको रुपमा दृढता सहित उभिने छ । समावेशी प्रतिनिधित्व, विकास निर्माण एवं साधन स्रोतमा जनताको स्वामित्वले मात्रै लोकतन्त्र अगाडी वढ्ने छ ।

स्थानिय तहमा महिला, जनजाति, दलित, अपाङ्ग, आदिवासी, अल्पसंख्यक पीछडिएको क्षेत्र र वर्गको समावेशी प्रतिनिधित्व सुरक्षित गर्न र निर्वाचित जनप्रतिनिधिहरुको माध्यम वाट जनसहभागिता मुलक विकास लाई नयाँ गति दिन यस गाउँपालिका सक्षम रहने छ ।
नेपालको संविधान निर्माणको क्रममा अधिकार सम्पन्न स्थानीय सरकार हुनुपर्दछ भन्ने मान्यतामा उभिँदै स्थानीय तहको सरकारलाई अधिकार विहिन र कमजोर पर्ने षडयन्त्रहरुको प्रयासलाई विफल पार्दै स्थानीय तहको सरकारलाई शसक्त, स्वायत र सवल रुपमा विकास गराउनु पर्दछ भन्ने माग समेत गर्दै आफुलाई सोही वाटोमा अगाडी वढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

IMG_3722लामो समय सम्म लोकतान्त्रिक प्रकृया अवरुद्ध हुँदा नेतृत्व विकासको स्वाभिक प्रकृयामा क्षगि पुगेकोे सन्र्दभमा यस गाउँपालिकामा धेरै यूवाहरुको निर्वाचनमा उम्मेदवारी रहन गयो र यूवा उम्मेदवारहरु जनतावाट निर्वाचित हुनुभएको छ । यो अवसरमा उहाँहरुप्रति वधाई र सफलताको कामना सहित यूवाहरुको व्यापक सहभागीताले लोकतन्त्र जीवन्त हुने तथा जनताले गतिशिल नेतृत्व पाउने अवस्था सिर्जना भएको छ । यो गाउँपालिकामा गाउँपालिकाका सञ्चालनका लागि यूवा जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहने कुराप्रति हामी पूर्ण विश्वासमा रहेका छौ ।17410084_1253305674717242_887741155_nस्थानीय तहको निर्वाचन वाट स्थानीय तहहरु शक्तिशाली अधिकार सम्पन्न संविधानको परिधिभित्र स्वायत भएका छन । पहिलोपटक जनताको शासन शुरु भएको छ । अव गाउँमा सामजिक, आर्थिक रुपान्तरण र विकासको काम शुरु हुने छ स्थानिय तहवाटै सामजिक न्याय र समुन्नती आधारभुत रुपमा लोकतन्त्रका आधारशिलाको रुपमा विकास हुदै गर्दा राष्ट्रिय स्वाभिमान, स्वाधिनता, राष्ट्रियहितको रक्षा, राजनैतिक स्थायित्व, सामजिक सद्भाव, राष्ट्रिय एकतालाई वलियो पर्ने छ त्यसैले आफ्नो भूमिकालाई सामन्य होइन मुलुकको राजनीतिलाई सहि दिशा प्रदान गर्ने विशिष्ट अवसरको रुपमा लिएर आफ्नो कर्तव्यलाई सहि ढंगावाट सदुपयोग जनप्रतिनिधिहरुवाट हुनेछ भन्ने पूर्ण विश्वास यस सभाले गर्दछ ।

राज्यको पुर्नसंरचना पछि वनेको यस गाउँपालिका हिजोको सोच र विचार जुन साँधुरो घेरा भित्र थियो त्यसलाई वदलेर सम्पूर्ण जलजला गाउँपालिका हाम्रो जलजला राम्रो जलजला भन्ने भाव सवैमा विकास गर्नकालागि हार्दिक अपिल गर्दछु ।
आदरणीय उपस्थित मानुभावहरु,ramkrishna mallयस गाउँपालिका केन्द्रवाट सवै वडाका केन्द्र सम्म जनताले सुगम तरिकाले आवत जावत गर्न पाउनुपर्ने र गाउँपालिकाको ठुलो स्रोतको व्यवस्थापन शुरुका वर्षहरुमा त्यहि दिशा तर्फ अगाडी वढने छ , साथै आगामी पाँच बर्ष भित्र राजमार्ग देखि प्रत्येक वडा कार्यालय जाने बाटोलाई पक्की नाली ढलान गरी कालोपत्रे गर्ने नीति गाउँपालिकाले लिनेछ । यस गाउँपालिका भित्रको खोला नदीवाट भएको कटान र वर्षेनि हुने क्षति न्यून गर्ने प्रकारका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।

कृषिको आधुनिकिरण र व्यवसायिकरणको लागि उन्नत जातको विउहरुको प्रयोग गर्दै, विउ उत्पादन पकेट क्षेत्र धाईरिङ, आलुको लागि बनौ, वेमौसमी तरकारी पकेट क्षेत्र,फर्से मिलनचोक अल्लाको लागि सालिजा, सुन्तलाको लागि बासखर्क लगायतका उत्पादनमूलक क्षेत्रको पहिचान तथा विस्तार जस्ता कार्य,साथै एक गाउँ एक उत्पादन जस्ता कार्यक्रम सञ्चालन गरिने छ साथै कृषि योग्य जमिनमा सिचाई सुविधाको अवधारणा अगाडी सारिने छ ।

कृषकलाई अगाडी वढाउनको लागि अनुदान, अनुसन्धान, कृषकलाई सम्मान, प्रोत्साहन, आधुनिक प्रविधि हस्तान्तरण गर्ने नीति अवलम्वन गरिने छ ।
यस क्षेत्रभित्र रहेका प्रहरी चौकी मर्मत सम्भार, राहत सामाग्री वितरण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।

साथै यस क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको सेवाको अनुगमन गर्ने र कर्मचारीहरुको कार्य आधारमा पुरुस्कार, सम्मान र दण्डको व्यवस्था सूचकहरु निर्माण गरी कामहरु गरिने छ । महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई प्रोत्साहन र राम्रो सेवा गरीरहनुभएको हुदा उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत गरिनेछ ।

विभिन्न स्वास्थ्य संस्थाहरुको सहकार्यमा विभिन्न शिविरहरु सञ्चालन गर्ने काम अगाडी वढाईनेछ । खेलकुद विकासको लागी प्रत्येक वडाहरुको सम्भाव्य ठाउँहरुमा खेल मैदान र खेलकुदको आधारवाट यूवाहरुलाई स्वास्थ्य वनाउने र खेलकुद मार्फत स्वास्थ्य जनशक्ती उत्पादन गर्ने र गाउँपालिका भित्र एक राष्ट्रिय स्तरको खेलकुद मैदानको सम्भाव्यता अध्ययन गर्ने काम हुनेछ । विभिन्न खेलकुदहरुको आयोजना गरिएको ठाँउमा उत्कृट काम गर्ने यूवा समुह र यूवा क्लवहरुलाई पुरस्कृत गरिनेछ ।
असहाय, एकलमहिला, वालवालिका, अपाङ्ग, विपन्न, दलित, आदीवासी, जनजातिहरु एवं आर्थिक सामाजिक रुपले पछि परेको वर्ग समूदायका लागी गाउँपालिकामा एक कोषको स्थापना गरी सो सम्वन्धी काम अगाडी वढाइने छ । सामुदायिक विद्यालय गुणस्तर क्रमश खस्कदै जानुको कारण सरकारी विद्यालयमा पढाउने शिक्षकले निजि विद्यालयमा आफ्ना छोराछोरी पढाउने,जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीहरु सामुदायिक विद्यालयमा नपढाउने जस्ता कार्यहरुले गर्दा भएकोले सोको अन्त्यको लागी गाउँपालिकावाट अनुगमन मूल्याङ्कनका कामहरुलाई निरन्तर गरिने छ ।

शिक्षा वारे छुटै नीति तयार गरि सोको लागु गरिनेछ । एक प्रविधिक शिक्षालय स्थापनाको लागी पहल शुरु गरिनेछ । सामुदायिक विद्यालयलाई अंग्रेजी भिडियमबाट समेत सुचार गरिने नीति लिईनेछ । यस गाउँपालिका भित्र शुद्ध पिउने पानी नपुगेको ठाँउहरुको पहिचान गरी पिउनेपानीको आपूर्ति सञ्चालनमा रहेका योजनाहरुको मर्मत संम्भार आदी काम गर्नका लागी जल उपयोग गुरुयोजना तयारी गरिनेछ ।

यस गाउँपालिकाको आवधिक योजना तर्जुमा गर्नका लागी एक विज्ञहरुको समुह वनाई जलजला गाउँपालिका भित्र रहेका स्रोत र संम्भावनाहरुको खोजी र त्यसको आधारमा अल्पकालीन मध्यकालिन र दिर्घकालिन आयोजना तथा कार्यक्रमहरुको निर्माण गरी सम्पन्न गर्न प्रदेश संघ, संगै निजी क्षेत्र, राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरु गैरसरकारी संघ संस्थाहरु सँग समन्वय गरी ति कामहरु गर्नका लागी शुरु गरिने छ ।

यस गाउँपालिका भित्र फोहोर व्यवस्थापन गर्ने सो सम्वन्धमा सचेतना अभिवृद्धि जगाउने फोहोर लाई मोहरमा वदल्ने नीति लिने विपद तथा प्राकृतिक प्रकोप समस्या परेका वेला सहयोग गर्न आपतकालिन अवस्थाको लागी कोष स्थापना गरी कार्यक्रम सञ्चालन गरिने छ । यस गाउँपालिका क्षेत्रमा रहेका उद्यम तथा लघु उद्यमीहरुको प्रवर्धन र नया उद्यमीको विकास गर्न सिपमुलक तथा आय मुलक कार्यक्रमहरु सञ्चालन गरिने छ ।

यस क्षेत्रमा पर्यटनको प्रचुर संभावना भएकोले वेनी मल्लाज बासँखर्क मल्कवाङ लेखफाँटको फलामे डाँडा जलजला हुँदै कास्कीको नयाँपुल पुनः फलामे डाँडा नागी राम्चे हुँदै म्याग्दीको शिखघारा हुँदै मुस्ताङ मुक्तिनाथ सम्म पर्यटकीय रुट द्धारा पर्यटक भित्र्याउने नीति लिईनेछ । साथै हल्जुरे हम्पाल जस्ता स्थानहरुमा पर्यटन विकासको लागी पूर्वाधार निर्माण गरी कार्यक्रम गर्नेे नीति लिईने छ ।

गाउँपालिका भित्र मानव संसाधन विकासका लागी प्राविधिक विद्यालय, विभिन्न प्रकारका सिपमूलक तथा क्षमता अभिवृद्धी तालिम र अवसरको खोजी गरिने छ । यस गाउँपालिका प्रत्येक वडामा रहेका काठका विद्युत्तिय पोलहरु र लाईन ज्यादै जोखिमपूर्ण अवस्थामा रहेका छन । पूराना काठका पोलहरु सम्पूर्ण विस्थापित गरी आगमी तिन वर्षभित्र सवै वडाहरुमा फलामे पोलहरुको व्यवस्थापन गर्ने काम अगाडी वढाइने छ ।

जलजला गाउँपालिका भित्र रहेका प्रकृतिक स्रोत र साधनहरुको खोजी, तथ्याङ्क संकलन संरक्षण र उपयोग कार्य योजना तयार पर्ने र व्यवस्थित शहरीकरण र एकिकृत वस्ती विकासका लागी गुरुयोजना तर्जुमा गर्ने काम शुरु गरिने छ ।

केवलकार, जलजला गाउँपालिकालाई समेट्ने गरी रिङरोड निर्माण जस्ता कामहरु अगाडी वढाउन गाउँपालिकाले अध्ययन शुरु गर्नेछ । गाउँपालिका भित्र पर्ने खानीहरु जस्तैे ढुङ्गाखानी खोजी र अनुसन्धान गर्ने काम शुरु गरिनेछ । यस जलजला गाउँपालिका भित्र रहेको वनजंगल भित्र रहेका अमूल्य जडिवुटिहरुको पहिचान, संरक्षण र प्रसोधन गर्ने कार्य अगाडी वढाइने नीति गाउँपालिकाले लिने छ ।

आदरणिय उपस्थित मानुभावहरु,
मर्यादित श्रम र श्रमको सम्मान का साथै समान कामको समान ज्यालाको लागी व्यवस्था गर्ने र वाल श्रमलाई पूर्ण रुपमा अन्त्य गर्ने योजना वनाइने छ ।प्रत्येक नागरिकमा श्रमको सम्मान गर्ने, श्रम र उत्पादनमा जोड दिने कार्य गर्न विभिन्न उत्प्रेरणात्मक तालिमहरु र श्रमीकहरुलाई विभिन्न सिप र प्रविधि हस्तान्तरण गर्ने कार्य गरिनेछ ।

गाउँपालिकाका सवै कामहरु पारदर्शी रुपमा राख्न गाउँपालिकामा वेभसाइड नागरिक वडा पत्र र सि.सि. क्यामेरा जडान गर्ने काम गरिनेछ । विगतमा जनप्रतिनिधिविहिन अवस्थामा जनताका माग आवश्यकतालाई सम्मान गर्दै स्थायी सरकारको रुपमा कार्य गरी अनवरत रुपमा सेवा प्रदान गर्नुभएका कर्मचारी बर्गप्रति सम्मान गर्दै उहाँहरुको मनोवललाई उच्च राखि अझ प्रभावकारी ढंगबाट सेवा प्रदान गर्न कर्मचारी वर्गलाई उत्पे्ररित हुन अपिल गर्दछु । प्रत्येक वडाहरु वाट सेवा प्रवाह गर्न वडा कार्यालयलाई व्यवस्थित गरिनेछ ।

गरेका कामलाई वेला वेलामा सार्वजानिक सुनवाई, सामजिक लेखापरिक्षण, वुलेटिन र सञ्चारको माध्यम वाट जानकारी गराईनेछ । साथै उत्कृष्ट कार्य गर्ने राष्ट्रसेवक कर्मचारीहरुलाई पुरुस्कृत गरिनेछ ।

सामाजिक सुरक्षाको अभिलेख व्यवस्थित गर्दै जेष्ठ नागरिक, अपाङ्ग, असहायहरुको सामजिक सुरक्षकोकार्यलाई प्राथमिकिकरण गर्न गाउँपालिकाले जोड दिनेछ । सामाजिक सुरक्षा अन्तर्गत पाँच बर्ष मुनिका दलित बालबालिका, अपांग बालबालिकाको रकम प्रत्येक वस्तीस्तरका पु¥याउने नीति लिईनेछ ।

अभिभावक/जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने, समाजलाई माया गर्ने, समाजसेवाको भावना र देशभक्तिmको भावना परिवार, विद्यालय र समाजको तर्फवाट नै स्थापना गर्न गाउँपालिकाले प्रयास गर्ने छ ।नदिनालहरुको संरक्षण, सरसफाई नदिहरुमा हुने गैरकानुनी कार्यहरु रोक्न पहल गरिने छ ।
वजार व्यवस्थापन गरी उपभोत्ता हित प्रवद्र्धन गर्न पसलहरुमा मूल्य सूची राख्ने मासु, फलफुलपसलहरु र होटलहरुको निरन्तर अनुगमन गरिने छ र मिसावट गर्ने, वासी सडेगलेको सामना विक्रि गर्ने , कालोवजारी गर्ने, कृतिम अभाव सृजना गर्ने कामहरु प्रति गाउँपालिकाले शुन्य सहनशिलता अपनाउने छ ।

समावेशी विकास गर्ने र महिला, दलित, अल्पसंख्यक, अदीवासी, जनजाती अपाङ्गहरुको क्षमता विकास यूवाहरुको क्षमता र सिप विकास, यूवा स्वरोजगार कार्यक्रम, शिक्षा र चेतना को कार्यक्रमहरु संगै गाउँपालिका भित्र एक छात्राहरुको विधालयको स्थापना गर्ने काममा गाउँपालिकाले ध्यान दिनेछ । यसरी जलजला गाउँपालिकालाई आगामी पाँच वर्ष भित्र नमूना गाउँपालिकाको रुपमा विकास गरिनेछ
आदरणीय उपस्थित मानुभावहरु,
अन्त्यमा,
यस गाउँ सभामा प्रस्तुत भएका नीति माथी छलफल गरी यहाँहरुवाट महत्वपूर्ण सुझाव र सल्लाहलाई आत्मसाथ गर्ने वाचा गर्दै यहाँहरु सवै जना सँग यो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदा हुन्छु ।
मिति २०७४/०३/३१ गते

हस्त धन्यवाद ।