चमेरेमा पहिरो पन्छाएपछि बेनी जोमसोम सडक खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २९ असार ।
रघुगंगा गाउँपालीका ३ मा पर्ने चमेरेमा पहिरोले भत्काएको सडक मर्मत गरेपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेको हो । पहिरोले सडक भत्काएपछि बुधबार दिउँसोदेखि ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको थियो ।beni muatang sadakदुई वटा डोजर परिचालन गरेर सडक खुलाईएको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको अवरोध हटाउन दुई वटा डोजर तयारी अवस्थामा राखिएको छ ।

कच्चि अवस्थामा रहेको बेनी जोमसोम सडक ठाँउ ठाउँमा पटक पटक अवरुद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङका बासीन्दाका साथै तिर्थयात्री र पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।