ताजा समाचार:
Search

शिखमा सार्वजनीक सुनुवाइ सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
शिख १० फागुन ।
म्याग्दीको शिखमा मंगलबार सार्वजनीक सेवा प्रवाह र विकास निर्माण सम्बन्धि सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

शिख गाविस कार्यालयको आयोजनामा भएको सार्वजनीक सुनुवाईमा स्थानीय बासिन्दाले गाविस लगायत विषयगत कार्यालय मार्फत प्रवाह हुने सेवा प्राप्त गर्दा भोगेका समस्या, विकास निर्माणको अवस्था र समाधानका उपायका विषयमा अन्तरक्रिया भएको थियो ।

स्थानीय बासिन्दाहरुले सामाजिक सुरक्षा भत्ता, योजनाको रकम भुक्तानी, प्राबिधिक र गाविसले प्रवाह गर्ने सेवालाई सहज बनाउन सुझाव दिएका थिए । यसैगरी प्रहरीलाई उपस्थिती बढाउन, मासिक रुपमा विद्युतको मिटर रिडीङको व्यवस्था मिलाउन, सडकको स्तरवृद्धिका लागि पहल गर्न पनि माग गरेका थिए ।

कार्यक्रमका अध्यक्ष शिख गाविसका सचिव खेमराज पौडेलले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम कार्यान्वयन अवस्थाको विवरण सार्वजनीक गर्दै विकास निर्माणको कामलाई तिब्रता दिने र सेवा प्रवाहलाई थप सहज बनाउने प्रतिवद्धता जनाउनुभयो ।

पत्रकार सन्तोष गौतमले सहजिकरण गर्नुभएको कार्यक्रममा घार प्रहरी चौकीका निमित्त प्रमुख सुवास बेल्बासेले विकृती र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गर्नुभएको थियो ।IMG_3057संगम म्याग्दीद्धारा सञ्चालित स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था कार्यक्रमको सुशासन अधिकृत सन्तोष ढुङ्गानाले सार्वजनीक सुनुवाईको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक भगवती पुर्जाले गर्नुभएको थियो ।
स्वास्थ्य चौकी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), विभिन्न सञ्जाल, उपभोक्ता समिति, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका प्रतिनिधिका साथै स्थानीयबासीन्दा सहभागि कार्यक्रममा शिख माविका प्रअ जगदीश आचार्यले विद्यालय भवन निर्माणको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।