ताजा समाचार:
Search

पन्थी डेरीको बेनी बिक्री केन्द्रको दूध नष्ट गरियो

विकल्प न्यूज/बेनी
फागुन ९ गते ।
पोखरामा रहेको पन्थी डेरीको बेनीको अस्पताल चोक स्थित बिक्री केन्द्रमा राखिएको तिनसय लिटर दूध सोमबार नष्ट गरिएको छ । गत हप्ता आपूर्ती मन्त्रालय र स्थानीय सरोकारवालाहरुको संयुक्त अनुगमनले म्याद नाघेको पोका दूध र दही विक्री गर्न राखेको भन्दै सिलबन्दी गरेको थियो ।milk 1म्याद सकिएको पोका दूध र दही बिक्रीका लागि राखेको र कतिपय पोकामा उत्पादन मिती समेत नरहेकाले सामान बरामद गरि फागुन १ गते आएको अनुगमन टोलीले फ्रिजमै सिलबन्दी गरेको थियो ।milkसिलबन्दीको एकहप्ता पछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्य सरोकारवालाहरुको रोवरमा सिल खोली म्याद नाघेको दूधलाई बेनीको सेतो पहिरोमा लागि नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार पलास्टीकमा प्याक गरीने दूध दहिको उपभोग्य समय ४८ देखि ७२ घण्टा हुन्छ । सो पसलमा बिक्रीका लागि राखिएको दूध, दहिको पोकामा लेखिएको उत्पादन मिती २०७३ माघ २२ गते रहेको थियो । उपभोक्ताहरुलाई म्याद नाघेको दूध विक्री गर्ने व्यवसायीलाई के कस्तो कारवाही भयो भन्ने कुरा खुलाइएको छैन ।