ताजा समाचार:
Search

लडेर दृष्टिविहीन छात्राको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ फागुन । म्याग्दीको पिप्ले ९ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालीत दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ ।

विद्यालयमा निर्माणाधिन भवनबाट आईतबार साँझ लडेर रडमा ठोक्कीदाँ घाइते भएकी ८ वर्षिया यममाया बिकको उपचारका लागि बेनी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।bikalpa news

लुलाङ ७ लमसुङ घर भएकी उनी दृष्टिविहीन स्रोत कक्षामा कक्षा २ मा अध्ययन गर्थीन् । मृतकको शव परिक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र आफन्तको जिम्मा लगाइने प्रहरी निरिक्षक दिवाकर घिमीरेले बताउनुभयो ।