ताजा समाचार:
Search

प्रनाउ खड्कालाई उवासंघको स्वागत

विकल्प न्यूज/बेनी
फागुन ८ गते ।
प्रहरी प्रधान कार्यालय काठमाडौंबाट सरुवा भई म्याग्दीको प्रहरी प्रमुखका रुपमा आएकी प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्कालाई आइतबार म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

IMG_0035म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्य, मानार्थ सदस्य नैनकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिका केन्द्रीय सदस्य सृजना श्रेष्ठ र जिल्ला सभापति अमृता भण्डारीलगायतले डिएसपी खड्कालाई फुलमाला लगाएर स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष जीवन विश्वकर्माले उद्योगी र प्रहरीको पहलमा यसअघि सदरमुकाम बेनीको विभिन्न ठाउँमा १६ ओटा सिसी क्यामेरा जडान गरिएको जानकारी गराएका थिए । उनले उद्योगी, व्यापारी र प्रहरीका बिचमा नङ मासुको सम्बन्ध हुनुपर्ने बताउँदै बजारमा हुने ट्राफिक जाम, बसपार्क व्यवस्थापन, चोरी डकैतीलगायतका गतिविधिलाई न्युनीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

स्वागत ग्रहणपछि बोल्दै प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले जिल्लाका उद्योगी व्यापारीहरुसँग आफु सहकार्य गरी अगाडि बढ्ने बताएकी छिन् । उनले जिल्लामा शान्तिसुरक्षा कायम गर्नका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिँदै जिल्लालाई सुरक्षित राख्न आफूले सक्दो पहल गर्ने बताइन् ।

उवासंघका महासचिव राजेश शाक्यको सञ्चालन र वरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यको समापनमा सम्पन्न कार्यक्रममा उवासंघ र महिला उद्यम विकास समितिका पदाधिकारी, कार्यसमिति सदस्यलगायतको सहभागीता रहेको थियो ।