ताजा समाचार:
Search

भलिबल खेलाडी आमा बालकुमारीको जिवन बचाउँन अपिल

विकल्प न्यूज/बेनी
फागुन ८ गते । बेनी नगरपालिका ९ घतानका राष्ट्रिय भलिबल खेलाडी सुजन चोखालको आमा बालकुमारी चोखालको जिवन रक्षाका लागि अभियान सुरु गरिएको छ ।

एक वर्ष अघि आन्द्राको क्यान्सरबाट पीडित हुनुभएको चोखालको घरपरिवारको आर्थिक अवस्था कमजोर रहेको छ । चोखालको उपचार गर्दा अहिले सम्म ७ खाल भन्दा वढी ऋण परिवारको थाप्लोमा परेको छ । help photoयतिखेर आमा बालकुमारी चोखाल काठमाण्डौ क्यान्सर सेन्टर अस्पताल भक्तपुरबाट जिवन रक्षा गरिदिन अपिल गर्नुभएको छ ।

आइतबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल,प्रहरी नायब उपरिक्षक बशुन्धरा खड्का,ओमकुमारी शान्तीकोषका अध्यक्ष राजेश शाक्य,संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विश्वकर्मा लगायतको उपस्थितिमा काउँले गौडा युवाक्लबले अभियानको थालनी गरेको हो ।

कार्यक्रममा प्रजिअ पौडेल र प्रनाउ खड्काले सवैको सहयोगबाट नै एउटा खेलाडीको आमाको जिवन रक्षा हुने भएकाले सहयोग गर्न सवैमा आग्रह गर्नुभएको छ ।
कार्यक्रममा शान्तीकोषका अध्यक्ष शाक्य र संस्थापक अध्यक्ष केसीले अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनुभयो ।

काउँलेगौडा युवाक्लबले युवा भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको पुरस्कारको रकम मध्यबाट २५ हजार रुपियाँ प्रजिअ राजुप्रसाद पौडेल मार्फत आमा बचाउँ अभियानलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिले ११ हजार १११, बेनीबजार संगमचोकका रमेश कुमार श्रेष्ठबाट पाँचहजार,शान्तिकोषका संस्थापक केसी र अध्यक्ष शाक्यबाट जनही पाँचहजार, काउँले गौडा युवा क्लबका संस्थापक अध्यक्ष तेजिन्द्र बानियाँ पाँचहजार,चिरन्जीवि सुवेदी पाँचहजार,विमल वस्न्यात पाँचहजार,उजाला कन्ट्रक्सन पाँचहजार र गंगाराम बानियाँले पाँचहजार सहयोग गर्नुभएको छ ।

क्लबका अध्यक्ष चिरन्जीवी सुवेदीको अध्यक्षता र संस्थापक अध्यक्ष बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।