ताजा समाचार:
Search

गरिमा विकास बैंक बेनी शाखामा एटिएम सेवा सुरु

विकल्प न्यूज/बेनी
फागुन ८ गते ।
बेनीको न्यूरोडमा रहेको गरिमा विकास बैंक बेनी शाखाले एटिएम सेवा सुरु गरेको छ ।
आइतबार बैंक सञ्चालक समितिका सदस्य हरिकुमार श्रेष्ठ र बैकका कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले एटिएम सेवाको उद्घाटन गर्नुभएको हो ।

बैकका सेवाग्राहीले २४ सै घण्टा पैसाको आवश्यकता बाट बञ्चित हुन नपरोस भनेर यो सेवा संचालनमा ल्याएको कार्यकारी अधिकृत ढकालले बताउनुभयो । बेनी शाखाले सुरु गरेपछि गरिमा बैंकको एटिएम सेवा सञ्चालन गर्ने ७ वटा शाखाहरु पुगेका छन् । atm1कार्यक्रमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन वहादुर विश्वकर्माले एटिएम सेवाले उद्योग व्यवसायीहरुलाई बैंकसँग कारोवार गर्न सहज र सुलभ हुने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालक समितिका सदस्य श्रेष्ठको अध्यक्षता र सञ्चालन वैंकका अधिकृत अनुमान श्रेष्ठले गर्नुभएको थियो ।