राष्ट्रिय समाचार
सुरक्षा व्यवस्था नहुँदा राममन्दिरमा चोरीका घटना बढे
विकल्प न्यूज/बेनी साउन १९ गते । गलेश्वर स्थित राममन्दिरमा चोरको बिगविगी बढेको छ । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ स्थित गलेश्वर पारिपट्टी पर्ने राममन्दिरमा सुरक्षाको व्यवस्था नहुँदा चोरको बिगविगी बढेको हो । म्याग्दीको सुरक्षा निकायले पर्वतको भू–भाग भन्दै पन्छिने र पर्वत बेनीमा रहेको प्रहरी चौकी देखि भौगोलिक रुपमा टाढा रहेका कारण मन्दिर असुरक्षित भएको […]
कालिगण्डकीको बालुवा चोरहरुको उपकरणमा सिल
विकल्प न्यूज/जलजला साउन १८ गते । कालिगण्डकी नदीको बालुवा अवैध रुपमा उत्खनन गर्ने बालुवा चोरहरुको उपकरणमा सिल गरिएको छ । कालीगण्डकी नदीबाट अवैध नदिजन्य पदार्थको उत्खनन् गर्न प्रयोग गरिएका स्कोभेटर, डोजर र ट्रयाक्टर नियन्त्रणमा लिई सिल गरिएको हो । कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका विभिन्न स्थानमा पर्ने कालीगण्डकी नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् कार्यमा […]
तीनसय वर्ष पुरानो लाखे नाच संरक्षणमा जुटे बेनीका युवा (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य\म्याग्दी साउन १८ गते । करिब तिनसय वर्ष पुरानो बेनीको लाखे नाच संरक्षणमा युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा बेनी बजारमा मंगलबार नागपञ्चमीका दिन लाखे नाच देखाइएको छ । लाखे नाचलाई नेवार समुदायको परानो संस्कृतिको रुपमा लिने गरिन्छ । भक्तपुर र साँखु लगायत विभिन्न स्थानबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति पनि भित्रिएको अगुवाहरु […]
रुम पहिरो अपडेट ः वेपत्ता तीनजनाको शव भेटीयो, एकै परिवारका पाँचजनाको मृत्यु
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमको तामेङ गाउँमा पहिरोमा परी वेपत्ता भएका तीनजनाको सव भेटिएको छ । मंगलबार विहान ३ बजे घरमाथिको पाखोबाट पहिरो खसेर घर परिँदा वेपत्ता भएका एकै परिवारका तीनजनाको सव भेटिएको हो । स्थानीयले यसअघि दुईजनाको सव भेटाएका थिए । पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा उहाँका […]
बेनी– जोमसोम सडक पूर्णरुपमा अवरुद्ध
विकल्प न्यूज/म्याग्दी साउन १७ गते । राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरोला सडकको म्याग्दी र मुस्ताङ खण्डका विभिन्न स्थानमा पहिरो खस्दा आवतजावत पूर्णरुपमा बन्द भएको छ । सोमबार म्याग्दी र मुस्ताङको सीमाना स्थित बादरजुंगे भीरमा सुख्खा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको छ । पहिरो पन्छाएर सडक खुलाउन एकसाता लाग्ने आयोजनाका सुपरभाइजर इन्द्रशिंह शेरचनले बताउनुभयो । उहाँका […]
म्याग्दीको रुमको हल्लेपानीमा पहिरोले घर परिदा दुईको मृत्यु,तिन वेपत्ता
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा २ जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा छोराहरु १३ वर्षको राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो […]
नदी कटानले गलेश्वर स्थित राममन्दिर जोखिममा
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १२ गते । कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेका धार्मिकस्थल नदी कटानका कारण जोखिममा परेका छन् । मुक्तिनाथ मन्दिरको प्रवेशद्धारका रुपमा रहेका गलेश्वर क्षेत्रमा पर्ने गायत्री मन्दिर र राममन्दिर नदी कटानको उच्च जोखिममा परेका हुन । वर्षेनी नदीमा आउने वाढीका कारण मन्दिर परिसर कटान हुँदै जान थालेको छ । नदीको कटानबाट जोगाउन […]
एसईई परिक्षामा बेनीको प्रकाश मावि सामुदायिक तर्फ उत्कृष्ट
विकल्प न्यूज/बेनी साउन १२ गते । बुधबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ सदरमुकाम बेनी स्थित रहेको प्रकाश माविको विद्यार्थीले म्याग्दीमै धेरै जिपिए ल्याएका छन् । प्रकाश माविका प्रेम श्रेष्ठले ३।९०, प्रविन सुवेदीले ३।८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम र दृतीय भएका छन् । यस बर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सार्वजनिक नतिजा […]
एसईई पास भएपछि आमाहरुको मुहारमा खुसियाली
ठाकुरप्रसाद आचार्य /बेनी साउन १२ गते । बेनीमा सञ्चालन भएको उज्यालो वैकल्पिक विद्यालयबाट एसर्ईई परिक्षामा सहभागि हुनुभएका तिनजना आमाहरुले यसपाली एसईई पास गर्नुभयो । ६२ वर्षीय रेणुमल्लले बुधवार सार्वजनिक भएको परिक्षाको नतिजामा १.८५ जिपिए ल्याएर पास हुनुभयो । बुढेसकालमा भएपनि एसईई पास भएकोमा उहाँ निकै खुसी देखिनुहुन्थ्यो । उमेरमा पढ्ने धोका पुरा भएन उहाँले खुसी […]
नेविसंघले माग्याे गण्डकीका मुख्यमन्त्रीको राजीनामा
पोखरा। नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नै पार्टीका मुख्यमन्त्री कार्यालय अगाडि गण्डकी प्रदेश सरकारको विरोध प्रदर्शन गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग्दै उनीहरुले बुधबार प्रदर्शन गरेका हुन् । आर्थिक वर्ष २०७९/८० देखि अत्यधिक बढाइएको सवारी कर र जरिवानाको विरोध गर्दै नेविसंघ विरोधमा उत्रेको हो। साउनदेखि लागू हुने गरि सवारी साधनमा […]
एसईईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं, साउन ११ गते। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ। कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत […]
स्थानीयले अख्तियारमा उजुरी गरेपछि पुल निर्माण रोकियो
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ७ गते । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ वरंजालाई जोड्न म्याग्दी खोलामा निर्माणधिन पक्की पुल । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई […]
पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता
काठमाडौँ, साउन ७ गते । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको […]
आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत
काठमाडौँ, साउन ५ गते । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकको सन्देश अब राष्ट्रिय सभामा जानेछ । प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा विधेयक प्रमाणित […]
कहिले पूरा होला गुर्जावासीको मोटर चढ्ने सपना !
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ४ गते । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जा एक मात्र वडा हो जहाँ अझै सडक पुगेको छैन । जिल्लाका ४५ वडा मध्य ४४ वडामा सडकको पहुँच विस्तार भएको छ । जिल्लाकै विकट र दुर्गम वडा गुर्जामा सडक विस्तार नहुँदा गुर्जावासीको दैनिकी कष्टकर छ । गाउँपालिका केन्द्र मुना आउन १० घण्टा पैदल हिड्नुपर्दछ […]