राष्ट्रिय समाचार

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

विकल्प न्यूज/बेनीसाउन २७ गते । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।  स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको […]

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

विकल्प न्यूज/पर्वतसाउन २८ गते । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन्। विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन् ।  तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ  बागलुङ, म्याग्दी र  कुश्माबजारमा खपत हुने गरेको उनी बताउछिन् । “च्याउखेतीबाट […]

घारमा सार्वजनिक सुनुवाई, पालिका र वडाको गतिबिधी सार्वजनिक

घार, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिका, वडा कार्यालय र घारमा रहेका संघ संस्थाहरुको गतिबिधी सहितको प्रतिवेदन सार्वजनिक र अन्र्तक्रिया भएको थियो । कार्यक्रममा अन्नपूूर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले गत […]

पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी, साउन २६ गते ।  सडकमा खसेको पहिरो । तस्विर सूर्यकिरण न्यौपाने सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका–२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो  ।  शुक्रवार साँझ पहिरो खसेको र अहिले सडक खुलाउने […]

आर्थिक मन्दीको असर : म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो

म्याग्दी, साउन २५ गते ।  म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर  बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।  आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ […]

आज नागपञ्चमी, नाग पूजा गरिँदै

काठमाडौँ, साउन २५ गते । बेनीको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नागको थानमा नाग पूजा गर्दै स्थानीयवासी । तस्विर ठाकुरप्रसाद आचार्य  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, […]

बिउ आलु उत्पादन गरेर जलजलाले कमायो २९ लाख ७१ हजार

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २५ गते । बिउ आलु उत्पादन गरेका कृषकलाई रकम हस्तान्तरण गरिँदै । जलजला गाउँपालिकाले बिउ आलु उत्पादन गरेर गत आर्थिक वर्षमा २९ लाख ७१ हजार ६ सय ४९ रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।गाउँपालिकाले सञ्चालन गरेको आलु विकास कार्यक्रम मार्फत बिउ आलु उत्पादन गरेर पालिकाले गत आर्थिक वर्ष २०८०÷८१ मा उक्त आम्दानी गरेको […]

जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

विकल्प न्यूज/बेनीसाउन २४ गते । नुवाकोटमा बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो ।  पछिल्लो पटक गत चैतमा भगवती आउनु भएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाउनु भएको थियो । “रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न […]

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दी,  साउन २३ गते । यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध  छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक […]

गलेश्वर शिवालयमा साढे चार करोड भेटी संकलन

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २४ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा भत्तजनहरुले चढाएको भेटीको रकम करिब साढे चारकरोड नाघेको छ । गत असार मसान्त सम्म चार करोड ४१ लाख २५ हजार दुईसय २२ रुपियाँ बचत भएको छ । पछिल्ला एक दशक यता गलेश्वरधाममा भक्तजनहरुको आगमन बढेकाले भेटीको रकम वृद्धि हुँदै गएको […]

काँक्राको बिउ बिक्री गरेर दशलाख कमाउने धाइरिङका नवराज

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २२ गते । जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका कृषकले काँक्राको बिउ उत्पादन गरेर गाउँमा दुईकरोड रुपियाँ भन्दा बढी भिœयाएका छन् । यहाँका करिब ७० घरधुरीले बिउ उत्पादनका लागि भक्तपुर लोक्कल जातको काँक्रो खेती गरेका थिए । यसवर्ष गाउँमा सबै भन्दा धेरै उत्पादन गर्ने कृषकमा नवराज आचार्य हुनुहुन्छ । उहाँले काँक्राको बिउ उत्पादन गरेर […]

जलजलाको निशुल्क एम्बुलेन्स सेवाबाट लक्षितबर्ग खुसी

ठाकुरप्रसाद आचार्यसाउन २२ गते । जलजला गाउँपालिका ७ धाइरिङका ७४ वर्षीय चन्द्रे परियारलाई उपचारका लागि पोखराको अस्पतालमा पुग्ने र फर्किने पैसा जुटाउने चिन्ता थियो । टाउकाको अप्रेशन गर्नुभएका परियारलाई जलजला गाउँपालिकाले संचालन गरेको निशुल्क एम्बुलेन्सले घरबाट पोखरा स्थित अस्पताल लैजाने र ल्याउने सेवा प्रदान ग¥यो । पालिकाले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा पाएपछि परियारको मुहारमा […]

बागलुङमा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

विकल्प न्यूज/बागलुङसाउन २२ गते । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा […]

हिदीमा ‘एक घर, एक धारा’

म्याग्दी,  साउन २२  गते ।  म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।  नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०, मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनामार्फत ६४ घरमा एक–एक र स्थानीय सिद्ध शान्ति माविमा दुईवटा धारा जडान […]

ट्याङ्की हेरेर चित्त बुझाउँछन् ज्यामरुककोटवासी

ठाकुरप्रसाद आचार्य \बेनीसाउन २१ गते । खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका २ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा खुसी थिए । तर प्रयाप्त मात्रामा बजेट नआउँदा अहिले योजना अलपत्र जस्तै परेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा […]