विकल्प न्यूज/बेनी
फागुन १४ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठेमा इको भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् । बा ६ च ४६४४ नम्बरको भ्यान सडक देखि करिब तीनसय मिटर तल कालिगण्डकी नदीमा खसेर दुर्घटना हुँदा गाडी चालक नारच्याङको घराप बस्ने वर्ष ४० की गाडी चालक सुनदेबी गौचनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार मध्यन्ह १२ बजेको समयमा दानाको सुकेबगर देखि वडा नम्बर ४ नारच्याङको मन्दिर दर्शनका लागि हिडेको इको भ्यान गुईठेमा सडक देखि तल कालिगण्डकी नदीमा खसेर दुर्घटनामा परेको थियो ।

प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले दिएको जानकारी अनुसार दुर्घटनामा अन्नपूर्ण गाउँपालिका ४ घराप निवासी वर्ष ४० की नमिता चोचाङ्गी,वर्ष ५२ की विष्णु बुढाथोकी र वर्ष ५० की रुपा पुन गम्भिर घाइते हुनुभएको छ ।
दुर्घटनाको खबर पाए लगत्तै प्रहरी र स्थानीयवासीहरुले घाइतेलाई उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको उद्धारमा खटिनुभएका स्थानीयवासी इन्द्रशिंह शेरचनले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।