राष्ट्रिय समाचार

म्याग्दीमा कांग्रेसको सुरुवाती अग्रता

विकल्प न्यूज\बेनी मंसिर छ गते । म्याग्दीमा प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । मतगणनाको सुरुवाती चरणमा वाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) ले सुरुवाती अग्रता लिनुभएको छ । धौलागिरि गाउँपालिका १ गुर्जाको ४ सय ८ मत गणना गर्दा नेपाली काँग्रेसले ३०८ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]

२६ घण्टामा गुर्जाका मतपेटिका आइपुग्यो,९ बजेबाट मतगणना

ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाको मतपेटिका २६ घण्टामा बेनी आइपुगेको छ । मतदान सम्पन्न भएको २६ घण्टापछि सोमबार साँझ मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो । वडा नम्बर ४ मुदी बगराको मतपेटिका पनि सोमबार साँझ बेनी आइपुगेको हो । यातायातको पहुँच नभएको गुर्जा र बगराका मतपेटिका […]

विजयी सुरुआतसँगै चर्चामा योगेश

मङ्सिर ५ गते ।  यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ […]

मुस्ताङमा एमालेका तुलाचनलाई पराजित गर्दै कांग्रेसका युवा नेता गौचन विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ५ गते ।  मुस्ताङको प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका योगेश गौचन विजयी हुनुभएको छ । गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेतको समर्थनमा उम्मेदवार बन्नुभएका २९ वर्षीय युवा नेता गौचन थकालीले ३ हजार ९ सय ९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार […]

मुस्ताङमा कांग्रेस जित नजिक, ६३५ मतको अग्रता

५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायम राखेका छन् । थकालीले ३ हजार १५६ मत पाएका छन् । ५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ […]

दुर्गम गुर्जाको मतपेटिका बोकेर हिड्यो टोली

ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ५ गते । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु हुने भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । गुर्जा र बगराको मतपेटिका […]

म्याग्दीमा १०७ वर्षीय वृद्धद्वारा मतदान

विकल्प न्युज/ बेनी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो । म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । […]

म्याग्दीका मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ३ गते । भोली आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण धमाधम भइरहेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितको टोलीले निर्वाचनलाई सफल बनाउन सर्वदलीय वैठक र बुथ निर्माण गरेका छन् । जिल्लाका सबै मतदान स्थलमा मतदान केन्द्रको संरचना निर्माण लगायतको […]

म्याग्दीमा तयार भयो तारजाली सहितको मतगणनास्थल

ठाकुरप्रसाद आचार्य/बेनी मङ्सिर ३ गते । म्याग्दीमा मतगणना स्थल तयार पारिएको छ । आइतबार सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणनास्थल व्यवस्थापन गर्नेकाम सम्पन्न भएको हो । मतगणनालाई व्यवस्थित र छिटो सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारीका सवै काम सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना […]

मतदानबाट बञ्चित हुँदा निराश भए गलेश्वर आश्रमका ज्येष्ठ नागरिक

ठाकुरप्रसाद आचार्य/ म्याग्दी मंङ्सिर २ गते । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रममा वस्ने ज्येष्ठ नागरिकहरु । फाइल तस्विर ठाकुरप्रसाद आचार्य  भोली आइतबार प्रतिनिधि सभा र प्रदेशस सभा सदस्यका लागि मतदान हुँदै छ । मत खसाल्न मतदाताहरु उत्साहित बनेका छन् । तर बेनी नगरपालिका ९ मा रहेको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा वस्ने वृद्धवृद्धाहरुलाई निर्वाचनको माहोलले छोएको […]

मंसिर ४ पछि म्याग्दीमा गठबन्धन दुला पस्छन् ः एमाले उम्मेदवार

विकल्प न्यूज\बेनी मंसिर १ गते । नेकपा एमालेबाट आसन्न प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले अब राजनीतिक आन्दोलन नभई विकासे आन्दोलनको थालनी गर्नुपर्ने बताउनुभएको छ । एमाले चुनाव प्रचारप्रसार मूल कमिटी म्याग्दीको आयोजनामा आज (बिहीबार) बेनी नगरपालिका–४, तातोपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य […]

पश्चिम म्याग्दीमा एमाले बलियो भएकाले जित सुनिश्चित छ ः उम्मेदवार गर्वुजा

विकल्प न्यूज\बेनी मंसिर १ गते । २०२६ साल साउन २८ गते म्याग्दीको धवलागिरी गाउँपाकिला ६ मराङमा जन्मिुन भएका याम बहादुर गर्वुजा म्याग्दीको परिवर्तनका आन्दोलनका एक अग्रणी व्यक्ति हुनुहुन्छ ।जनप्रीय मावि दरबाङबाट माध्यामिक शिक्षा हासिल गर्नुभएका गर्वुजाले पोखराको पृथ्वी नारायण क्याम्पसबाट शिक्षा शास्त्र संकायमा प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । २०४१ सालमा तत्कालिन […]

म्याग्दीका मतदाताको साथ सहयोग र माया मलाई छ ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज\बेनी मंसिर १ गते । आगामी आइतबार सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीले निवर्तमान जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेका श्रेष्ठले बितेका चार दशकमा म्याग्दीको राजनीति, समाजसेवा र विकास निर्माणको काममा आफुलाई समर्पित गर्दै आएका छन् । सबैसँग […]

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

विकल्प न्यूज\बेनी कात्तिक ३० गते । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ […]

उम्मेदवार कटुवाल ः भद्र, शालिन, बौद्धिक र इमान्दार नेताको पहिचान

विकल्प न्यूज\बेनी कात्तिक ३० गते । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२, राखुभगवतीमा २०२१ सालमा जन्मिनुभएका देवेन्द्रबहादुर कटुवालले स्नातक तहसम्मको अध्ययन हासिल गर्नुभएको छ । वि.सं. २०३७ सालदेखि २०३८ सम्म श्रीकृष्ण प्राथमिक विद्यालय बाँदुकमा प्रधानाध्यापक भई शिक्षण गर्नुभएका कटुवालले ३०३८ सालमा अनेरास्ववियु पाँचौंको सदस्यता प्राप्त गरी सङ्गठित भई राजनीतिको यात्रा सुरु गर्नुभएको थियो । कटुवालले वि.सं. २०४२ […]