राष्ट्रिय समाचार

गलेश्वरमा एकै महिनामा १३ लाख भेटि संकलन

सन्तोष गौतम /विकल्प म्याग्दी २९ साउन । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा साउन महिनामा तेह् लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । साउन महिनामा परेका चार वटा सोमबारमा पुजा गर्न आएका भक्तजनहरुले १३ लाख २७ हजार ४५२ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, अन्तिम […]

बेनी–जोमसोम सडक अवरुद्ध

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ साउन । दर्जनौ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार बिहानदेखि अवरुद्ध बनेको छ । ७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागतम अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बाटोमै अलपत्र […]

क्याम्पसका विद्यार्थीलाई ट्राफिक सम्बन्धि प्रशिक्षण

विकल्प न्यूज/बेनी साउन २८ गते । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई सोमबार ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको छ । जिल्ला युवा समितिको कार्यालयले १८ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक शिवप्रसाद पाठकले सहजिकरण गर्नुभएको थियो । ६० जना विद्यार्थीहरु सहभागी कार्यक्रममा सवारी दुर्घटनाका कारण, […]

बाढी पहिरो पीडितको सहयोगका लागि अन्तराष्ट्रिय पर्वत समाजको चासो

विकल्प न्यूज/जलजला साउन २८ गते । बाढिले उठिवास भएका जलजला गाउँपालिकाका परिवारलाई सुरक्षित आवासको व्यवस्था गराउन अन्तराष्ट्रिय पर्वत समाजले चासो देखाएको छ ।समाजको एक टोलीले आईतबार जलजला ७ र ८ को वाढि प्रभावित क्षेत्रमा पुगेर बस्तीलाई सुरक्षित बनाउन र पीडितलाई राहात दिलाउन के गर्न सकिन्छ भनेर जनप्रतिनिधी र पीडित सँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ । […]

ज्येष्ठ नागरिकहरुलाई सहकारीद्वारा फलफुल वितरण

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, साउन २५ ।महिलाहरुको आफ्नै सक्रियता र व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार फलफुल वितरण गरेको छ । सहकारीको सामाजिक कार्य अन्तर्गत सञ्चालनमा रहेको मुठ्ठीदान कार्यक्रममार्फत गलेश्वरस्थित वृद्ध आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गरिएको हो । सहकारीले मौसम अनुकुल हुनेगरी ज्येष्ठनागरिकलाई स्याउ, केरा, फ्रुटी, […]

सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’

विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् । बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ । अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएकी […]

रघुगंगा हाईड्रोलाई समयमै सक्न मुख्यमन्त्रीको निर्देशन

विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माधिन अवस्थामा रहेको  ४० मेगावाट क्षमताको रघुगंगा हाईड्रोपावर (जलविद्युत आयोजना)को शुक्रबार विहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थलगत अवलोकन गर्नुभएको छ । मुख्य मन्त्री गुरुङ,संघिय सांसद भुपेन्द्र वहादुर थापा,गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन,सांसद विनोद केसी, जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर केसी,प्रमुख जिल्ला […]

बेनीमा गठेमंगल पर्व मनाइयो

सन्तोष गौतम/ विकल्प न्युज म्याग्दी २४ साउन । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार गठेमंगल पर्व मनाइएको छ । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शीका दिन गठेमंगल पर्व मनाउने चलन रहेको छ । परम्परागत समाजमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मक बुख्याँचालाई बजार घुमाएर बध गरी कालीगण्डकी नदीमा सेलाएर पर्व मनाइएको हो । बेनीमा नेपाल भाषा […]

बेनी नगरपालिकाद्धारा प्रदेश सरकारसंग साझेदारीका योजना प्रस्ताव

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ साउन । बेनी नगरपालिकाले प्रदेश सरकारसंग साझेदारीमा योजना सञ्चालन गर्न प्रस्ताव गरेको छ । नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा चार वटा पूर्वाधार आयोजना साझेदारीमा सञ्चालन गर्न प्रस्ताव गरेको हो । मुख्यमन्त्री गुरुङलाई नगरप्रमुख हरिकुमार श्रेष्ठले ९२ करोडका योजना प्रस्ताव गर्नुभएको थियो । १४ करोडको बेनी बसपार्क, सात करोडको खुल्ला मञ्च खेलमैदान […]

ढिलासुस्तीप्रति मुख्यमन्त्री गुरुङको आक्रोश

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वाधार योजना र सार्वजनिक सेवा प्रवाहमा भएको ढिलासुस्तीप्रति कडा रुपमा प्रस्तुत हुनुभएको छ । म्याग्दीको बेनीमा जिल्ला समन्वय समितिले बिहीबार आयोजना गरेको दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नितीगत र नियतबस हुने ढिलासुस्तीका कारण पूर्वाधार विकासको काम प्रभावीत भएको बताउनुभयो । “प्रक्रियागत […]

बेनी नगरपालिकाले नगरप्रहरी भर्ना गर्ने

विकल्प न्यूज/बेनी बेनी २३ साउन । म्याग्दीको बेनी नगरपालिकाले नगरप्रहरी भर्ना गर्ने भएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगर प्रहरी भर्ना प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । नगरपालिकाको गतिबिधिलाई सहज बनाउनका लागि चार जना सम्म नगर प्रहरी भर्ना गर्ने निर्णय भएको कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले बताउनुभयो । सोही […]

म्याग्दीमा रु एकलाखको मीडियाकर्मी हित कोष स्थापना

विकल्प न्यूज/बेनी बेनी २३ साउन । म्याग्दीमा सञ्चारकर्मीहरुको सहयोगका लागि मीडियाकर्मी हित कोष स्थापना भएको छ । म्याग्दी मीडिया सोसाईटीको बुधबार बेनीमा बसेको बैठकले एक लाख रुपैयाँको हितकोष स्थापना गर्ने निर्णय गरेको हो । कोषको ब्याजबाट बिरामी र दुर्घटनामा परेका सञ्चारकर्मीहरुलाई सहयोग उपलब्ध गराउने सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालले बताउनुभयो । कोष सञ्चालनको कार्यबिधी तयार पार्नका […]

प्रशासनद्धारा ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमन सुरु

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, २३ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमन सुरु गरेको छ । बुधबार बेनी नगरपालिका २ बगरफाँट र दुधेकोलाका ८ ओटा किराना पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा धरै मात्रामा उपभोग्य मिति समाप्त भएका पेय पर्दाथ भेटीएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादवी अर्यालले बताउनुभयो । सहायक प्रजिअ […]

सुर्केमेलाका सत्र घर पहिरोको जोखिममा

विकल्प न्यूज/बेनी साउन २३ गते ।बस्ती माथीको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका ४ सुर्केमेला गाउँ जोखिममा परेको छ । बेनी नगरपालिका ३ को पहाडबाट खसेको पहिरोले खोल्सामा बाढी आउन थालेपछि फेदीमा अवस्थित सुर्केमेला जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएर छेउछाउको बस्तीतर्फ कटान गरेको छ । पहिरोका कारण १७ घर जोखिममा परेका स्थानीयबासी टिकाबहादुर […]

गलेश्वर मन्दिरमा साउनको तेस्रो हप्तासम्म नौ लाख बढी भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैयाँ भेटि संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबार मध्य पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो सोमबार तिन […]