राष्ट्रिय समाचार
पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या

विकल्प न्यूज\बेनीजेठ २ गते । चार हजार ६०० को उचाई रहेको नेपाल–चीन सीमास्थित कोरोला नाकाबाट देखिएको नेपालतर्फको दृश्य । तस्बिरः धर्मेन्द्र झा/रासस गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा […]
म्याग्दीमा पुर्व जनमुक्ती सेना नेपाल गठन

बेनी, ३० वैशाख । म्याग्दीमा पुर्व जनमुक्ति सेनाहरु आवद्ध भएर संस्था गठन गरेका छन् । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा वि.स. २०५२ देखि २०६२ सम्म नेपालमा सञ्चालन भएको जनयुद्धमा जनमुक्ती सेनामा रहेकाहरुको मंगलबार बेनीमा भएको भेलाले संस्था र तदर्थ समिति गठन गरेका हुन् । पूर्णबहादुर पुन (अशिम)को अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्षमा भुपेन्द्र बुढाथोकी (मिलन), सचिवमा […]
बिना अक्सिजन धौलागिरिको चुचुरोमा पुगे पाकिस्तानी आरोही

ठाकुरप्रसाद आचार्य /बेनीम्याग्दी,बैशाख ३० गते । पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले बिना अक्सिजन संसारको सातौं हिमाल ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गर्नुभएको छ । धौलागिरि हिमाल म्याग्दीको धबलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ ।हिमाल आरोहणका क्षेत्रमा चर्चित सदपाराले बिना अक्सिजन र सहयोगीको सहायता नलिइकन गत शनिबार धौलागिरिको सफल आरोहण गर्नुभएको सेभेन समिट […]
म्याग्दीका तीन पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान

ठाकुरप्रसाद आचार्यम्याग्दी,बैशाख ३० गते । म्याग्दीका क्रियाशिल तीनजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कारद्धारा सम्मान गरेको हो । जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट जिल्लाका क्रियाशिल पत्रकार प्रताप […]
नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति

म्याग्दी, वैशाख ३० गते । बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ । बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्रयाक खुलेको यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बेनी–पाखापानी म्याग्दीको प्राथमिकताप्राप्त र रणनीतिक महत्वको सडक योजना हो […]
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो

विकल्प न्यूज/बेनीबैशाख ३० गते । सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ । मालिका–७ बिम नागीथला र रघुगङ्गा–६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको हो । समुन्द्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको मालिकामा हरेक […]
म्याग्दीलाई पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

विकल्प न्यूज\बेनीबैशाख २८ गते । म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना कायम भएको जिल्ला घोषणा गरिएको छ । आइतवार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीलाई चालु आर्थिक बर्षमा गण्डकी प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो । स्वास्थ्यकर्मीहरुले गरेको घरधुरी सर्वेक्षणको क्रममा जिल्लामा १५ महिनामुनीका १ हजार २३५ जना बालबालिकाहरुले नियमित रुपमा खोप […]
काठमाण्डौं–बेनी चल्ने माइक्रो बसद्धारा यात्रुमाथि अभद्र व्यवहार

विकल्प न्यूज/बेनीबैशाख २७ गते । यात्रुलाई अभद्र व्यवहार गर्ने माइक्रो बस । काठमाण्डौं देखि बेनी चल्ने एक माइक्रो बसले यात्रुमाथि अभद्र व्यवहार गरेको छ । बागलुङ कालिका भगवति यातयात प्रा.लिद्धारा संचालित बा.३ ख ७३१२ नम्बरको माइक्रो बसका चालकले सो माइक्रोमा सवार यात्रुमाथि अभद्र व्यवहार गरेका हुन ।शनिबार बिहान ६ बजे काठमाण्डौंबाट बेनीका लागि टिकट काटेर […]
रघुगंगामा जलविद्युत आयोजनाहरुको लापरबाही ःप्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

म्याग्दी, वैशाख २६ गते । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् । जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका […]
झिँका वडाबासीलाई सुविधा सम्पन्न वडा कार्यालय

विकल्प न्यूज\बेनीबैशाख २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई करोड साठी लाख रुपैयाँ बढी लगानीनमा निर्माण भएको दुई तले भवनको सोमबार आयोजित एक भव्य समारोहका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीका […]
बेनीको गौश्वारामा पहिलोपटक गोबर्धन महायज्ञ संचालन

विकल्प न्यूज/बेनीबैशाख २२ गते । म्याग्दीको बेनी नगरपालिका २,ज्यामरुककोटको गौश्वरामा पहिलोपटक गोबर्धन महायज्ञ आयोजना गरिएको छ । गौश्वरा गोबर्धन गौं धामको आयोजनामा धार्मिक पर्यटन प्रवर्धन,योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले महायज्ञ संचालन गरिएको हो । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा यही वैशाख १५ देखि […]
शिक्षामा समर्पण: बरुवाल परिवारबाट विद्यालयलाई अक्षय कोष

विकल्प न्यूज/बेनीबैशाख २२ गते । अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली घर भै हाल पोखरामा बसोबास गर्दै आएका ह.कुलबहादुर बरुवालको ८४ वर्ष पुरा गरेको अवसरमा छोरा/वुहारी शिवकुमार÷ज्ञानु वरुवालले मुक्तिमार्ग माध्यामिक विद्यालयमामा स्थापना गरेको अक्षय कोषमा रकम हस्तान्त्रण गरेका छन । #ADD बेल्जियमलाइ कर्मथलो बनाएका बरुवाल दम्पत्तिले पुख्यौली थलो घार स्थित आफैले विद्यालय तहको शिक्षा आर्जन गरेको […]
प्रभुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

विकल्प न्यूज/बेनीबैशाख २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र […]
म्याग्दी मिडिया सोसाईटीलाई मैत्रीपूर्ण फुटसलको उपाधि

विकल्प न्यूज\बेनीबैशाख २१ गते । मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहेको बताउनुभएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दीका […]
म्याग्दीका पत्रकारलाई दश लाखको दुर्घटना बीमा

म्याग्दी २० बैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु १० लाख बराबरको दुर्घटना बीमा गरेको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शाखाले जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको दुर्घटना बिमा गरि बिमालेख हस्तान्तरण गरेको हो । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशील […]