राष्ट्रिय समाचार
घलेम्दी जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारी

विकल्प न्यूज/बेनी असार २० गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए । उनका अनुसार आयोजनाको विद्युत् गृह, पेनस्टक पाइप, ‘सर्ज ट्याङ्क’, बाँध, बालुवा थिग्राउने […]
आकस्मिक अवतरणमा सहयोगी बन्दै हेलिप्याड

विकल्प न्यूज/बेनी असार २० गते । म्याग्दीका ग्रामिण भेगमा निर्माण गरिएका हेलिप्याडहरु आकस्मिक अवतरण पनि सहयोगी बन्न थालेका छन् । शुक्रवार पोखराबाट जोमसोमका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण जोमसोम पुग्न नसकेपछि अन्नपूर्ण २ मान्द्रेढुङ्गामा निर्माण गरिएको हेलिप्याडमा आकस्मिक अवतरण गरिएको हो । हिमाली क्षेत्रमा उड्ने हेलिकप्टर आकष्मीक रुपमा अवतरण गर्नुपर्दा पनि हेलिप्याड सहयोगी हुने रहेछ । […]
असारे विकास ः खेतमै हिड्यो डोजर

असार २० गते । (बझाङ) — खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी […]
मंगलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

विकल्प न्यूज/बेनी असार १८ गते । मंगला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । आयोजनाबाट एक सय जना भन्दा बढीलाई रोजगारी मिलेको छ । बाबियाचौरमा ३१ जनालाई सडक मर्मतको काममा खटाइएको छ । वडा न. ३ र ४ बरंजामा पनि मंगलबारदेखि कार्यक्रम अन्तरगत पखेरदेखि बरंजा जोड्ने पदमार्ग […]
विपन्न विद्यार्थीलाई पोशाक वितरण

बेल विश्वकर्मा /विकल्प न्यूज बाबियाचौर १७ असार । मंगला गाउँपालिकामा दलित समुदायका विपन्न विद्यार्थीहरुलाई मंगलबार पोशाक वितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र मंगला दलित दलित संजालको आयोजनामा भएको कार्यक्रममा पालिकाका ५ वटै वडाका ६० जना बालबालिकालाई प्रतिव्यक्ति आठ सय रुपैयाँ मूल्य बराबरको विद्यालय पोशाक वितरण गरिएको हो । पोशाक नभएर विद्यालय जान छाड्नुपर्ने […]
ज्यान हत्केलामा राखेर भीरमौरीको सिकार

कमल खत्री /बेनी असार १७ गते । गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करिब ५०० मिटर अग्लो पहाडमा एक जना पुरुष डोरीको भर्याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवा छन् । पहाडको टुप्पोबाट भीरतर्फ झर्दै […]
प्रधानमन्त्री रोजगार कार्यक्रम ः धौलागिरिमा पाए १२० जनाले रोजगारी

विकल्प न्यूज/बेनी असार १७ गते । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ र ताकममा ३०/३० जनालाई सडक सुधार, मर्मत र ग्यावीयन पर्खाल निर्माणमा परिचालन गरिएको […]
स्थानीय तहमा कर्मचारी भर्नाको बाटो खुल्यो

सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै स्थानीय तहमा ९ हजार १६१ कर्मचारी छनोट र भर्ना प्रक्रिया सुरु गर्ने बाटो खुलेको छ ।
पैंसा नहुँदा डिस्चार्ज नभएकी जेनीलाई मन्त्री थापाको सहयोग

विकल्प न्यूज/ललितपुर असार १६ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एसिड आक्रमणमा परेकी जेनी खड्कालाई पचास हजार रुपियाँ सहयोग गरेकी छन् । मन्त्री थापाले कीर्तिपुर अस्पतालमा उपचार गराईरहेकी खड्काकी आमा कमला चन्द खड्कालाई शुक्रबार अस्पतालमै पुगेर पचास हजार रुपियाँको चेक हस्तान्तरण गरेकी हुन् । पैंतालिस दिनदेखि सो अस्पतालमा उपचार गराइरहेकी जेनीलाई […]
धौलागिरि पदयात्राका १५ स्थानमा पुलको अभाव

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,असार १६ गते । धौलागिरि गाउँपालिका ४ मुदी बगरका कृष्णबहादुर बुढाथोकी जोखिम मोलेर काठको साघुबाट म्याग्दी खोला वारपार गर्नुहुन्छ । पुर्जा मात्र होइन म्याग्दी खोलाको तिरमा अवस्थीत तातोपानी कुण्डमा स्नान गर्न पुग्ने मुदी बगरका स्थानीयवासी र राउण्ड धौलागिरि पदयात्रामा पुगेका स्वदेशी एवम् विदेशी पर्यटकहरु तातोपानी कुण्डमा पुग्नका लागि ज्याननै जोखिमा पारेर काठको […]
मंगलाको बजेट पारित

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ असार । मंगला गाउँपालिकाको आइतबार बाबियाचौरमा सम्पन्न सातौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड तीन लाख छ सय रुपैयाँको बजेट पारित गरेको छ । असार ९ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ६९२ र पूजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार […]
रुममा दुईवटा झोलुङ्गे पुल निर्माण

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार १५ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, पात्ले र गिठिनी गाउँ जोड्ने सोलीखोलामाथि नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन भएको छ । पात्ले झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको आयोजनामा शनिबार एक समारोहबीच पुलको उद्घाटन तथा सार्वजनिक लेखापरीक्षण गरिएको हो । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट टिबिएसयु पोखराको आर्थिक सहयोग तथा […]
म्याग्दीमा विभिन्न कार्यक्रम गरी १६औं राष्ट्रिय धान दिवस मनाइयो (फाेटो फिचर )

विकल्प न्युज बेनी असार १५ गते । म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरी १६ औं धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र बेनी नगरपालिका ५ मा रहेको महारानी कृषि समुहको संयुक्त आयोजनामा धान दिवस मनाइएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले धान दिवसको शुभकामना दिनुभएको थियो । […]
सहमति जुटेपछि बेनी नगरपालिकाको नगरसभा आज बस्दै

विकल्प न्यूज/बेनी असार १५ गते । राजनीतिक रुपमा सहमति जुटेपछि बेनी नगरपालिकाको नगरसभा आइतवार वस्दै छ । अवको केहीबेरमा नगरपालिकाको सभाहलमा नगरसभा बस्न लागेको हो । नेपाली काँग्रेस र नेकपा विच शनिवार राती भएको सहमति अनुसार विशेष नगरसभालाई बजेट सभाका रुपमा रुपान्तरण गर्न लागिएको हो । नगर कार्यापालिकाको जेठ ३ गतेका निर्णयहरुलाई लिएर विवाद हुँदै आएको […]
सेतो पुतली आँखाका लागि खतरा

चाँदनी हमालकाठमाडौँ, असार १४ गते । कसैको एउटामात्र आँखा एक्कासि रातो भएको छ वा छोटो समयमा नै देख्ने शक्ति कमजोर हुँदैछ भने छिटै अस्पताल पुग्नु जरुरी छ । त्यो आँखामा लाग्ने सापु रोग (सिजनल हाइपर एक्यिुट प्यान युभेइटिस) हुनसक्छ । यो रोग विशेषगरी बालबालिकामा बढी देखिन्छ । रातो हुने गरी सङ्क्रमण भएपछि केही घन्टादेखि केही […]