ताजा समाचार:
Search

राष्ट्रिय समाचार

अर्मनको कुरसिम्लामा सामुदायिक भवन निर्माण

विकल्प न्यूज/बेनी साउन २९ गते । मंगला गाउँपालिकाको ५ नम्बर वडा अर्मनको कुरसिम्लामा एकिकृत भवन निर्माण गरिएको छ । वडाको सिफारिसमा गाउँपालिकाको गत आर्थिक वर्षमा विनियोजित बजेटबाट एकिकृत भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५ /०७६ मा गाउँपालिकाबाट विनियोजित चार लाख र जनश्रमदान एकलाख गरी पाँचलाख रुपैयामा भवन निर्माण गरिएको उपभोक्ता समितिको अध्यक्ष मनमाया […]

घलेम्दी जलविद्युत आयोजनाको परीक्षण सफल

विकल्प न्यूज/बेनी साउन २८ गते ।  म्याग्दीमा निजी क्षेत्रबाट सञ्चालित ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको परिक्षण सफल भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको आयोजनाले परिक्षण सफल भएको जनाएको छ । आयोजनाको सवै काम सम्पन्न भई सोमबार र मंगलबार गरिएको परिक्षण सफल भएको कम्पनी सचिव बिमल रिजालले बताउनुभयो । एकमहिना अगाडि नै परीक्षण गर्ने […]

म्याग्दीका स्थानीय तहमा सवा ५ करोड राजश्व संकलन

साधन राम्जाली /विकल्प न्यूज साउन २८ गते । म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् । एक बर्षको अवधिमा एक नगरपालिका सहित ६ स्थानीय तहले करिब सवाँ पाँच करोड रुपैयाँ राजश्व संकलन गरेका हुन । स्थानीय तहले दिएको रिपोर्ट अनुसार गत आर्थिक बर्षमा स्थानीय तहको आन्तरिक आम्दानी उत्साहजनक […]

जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लाग्यो

विकल्प न्युज काठमाडौं ,साउन २८ गते् । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् । भाषा र सीप […]

मंगलाले थाल्यो हरित सडक निर्माण अभियान

विकल्प न्यूज/बेनी साउन २८ गते । यहाँको एक स्थानीय तहले ग्रामिण सडकलाई हरित सडक बनाउने अभियान थालनी गरेको छ । मंगला गाउँपालिकाले ग्रामिण सडकहरुलाई हरित सडक बनाउन वृक्षारोपण गर्न थालेको हो । सडकलाई वातावरण मैत्री, दिगो,व्यवस्थित र हराभरा बनाउन हरित सडक निर्माणको अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र बावियाचौर देखि प्रत्येक वडातह सम्म […]

  ऐन संशोधन  :  अब मेयरलाई पनि सांसदकै हैसियतका पिए

विकल्प न्युज  पोखरा,  साउन  २८ गते ।  स्थानीय  तहका मेयर र उपमेयरले पाउने स्वकीय सचिवको सुविधा एक तह घटुवा भएको छ । गण्डकी सरकारले महानगरका मेयर र उपमेयरलाई क्रमश ः अधिकृत र नासु सरहको स्वकीय सचिवको सुविधा दिनको लागि ऐन संशोधन गर्न स्विकृती दिएको थियो । तर, बरियताक्रममा तल रहेका मेयरलाई सांसदको भन्दा उपल्लो तहको […]

स्थानीय तहमा दिगो विकासको खाका आवश्यक

काठमाडौँ, साउन २८ गते ।प्रदेश र स्थानीय तहले दिगो विकासका लक्ष्य हासिल गर्न अझै स्पष्ट खाका बनाउन सकेका छैनन् । राष्ट्रिय योजना आयोगले दिगो विकासका लक्ष्य हासिल गर्न प्रदेश र स्थानीय तहले स्पष्ट खाका नबनाएको जनाएको हो । दिगो विकासको लक्ष्य हासिल गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग विविध बुँदामा प्रतिबद्धता जनाएको छ । संविधानले सातवटै प्रदेश […]

मानविकीमा पनि चारवर्षे पाठ्यक्रम

काठमाडौँ, साउन २८ गते ।त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई तीनवर्षेबाट चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले चारवर्षे बनाउने निर्णय गरेको हो । ब्याचलर इन आर्ट्स (बीए)मा ३१ विषय अध्यापन गरिँदै आएको छ । त्रिविमा स्नातक तहमा अन्य सबै सङ्कायका कार्यक्रम चारवर्षे भइसकेका थिए । त्रिवि मानविकी तथा […]

घिउ दिएर सुत्केरी भेट्छन् जनप्रतिनिधि

  तम्घास, साउन २८ गते ।  गुल्मीका एक वडा अध्यक्ष घिउ लिएर सुत्केरी भेट्न जाने गरेका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लोकप्रताप शाह वडाभित्र कुनै महिला सुत्केरी भएमा सुत्केरी भएको एक साताभित्र एक माना घिउ लिएर सुत्केरी भेट्न जाने गर्नुभएको छ । उहाँले सुत्केरी भएको समयमा जनप्रतिनिधि घरमा […]

म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण

विकल्प न्यूज/बहराइन साउन २८ गते ।  बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनमा रुपान्तरण गरिएको छ । सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी उद्दार समितिलाई अधिवेशनबाट मोनाको राष्ट्रिय कार्यसमिति बनाइएको […]

क्रेडिट एण्ड कमर्स बैंक लि.द्धारा खातावालालाई औषधि उपचार खर्च भूक्तानी

विकल्प न्यूज/बेनी साउन २६ गते । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लि. NCC BANK बेनी शाखाले बैंकमा बचत खाता खोली कारोवार गर्ने बचतकर्तालाई विरामी भएवापत दशहजार रुपैयाँ औषधि उपचार खर्च भुक्तनी गरेको छ । बैकका शाखा प्रबन्धक लक्ष्मण शर्माले खाता खोली कारोबार गर्नुभएका बेनी नगरपालिका २ निवासी भिमबहादुर रिजाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । […]

बङ्गलाचुली गाउँपालिकाको गाडीमा आगजनी

विकल्प न्युज /घोराही साउन २६ गते । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ । सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिनुभयो […]

बेनी–जोमसोम–कोरला सडक ट्र्याक खोल्ने काम अन्तिम चरणमा

विकल्प न्युज /काठमाडौँ साउन २६ गते । उत्तर दक्षिण व्यापार प्रवद्र्धन गर्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । एउटै मार्गले भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोरको निर्माणले त्रिदेशीय व्यापार प्रवद्र्धन हुनुका साथै नेपालको व्यावसायिक साझेदारका विकल्प पनि प्रशस्त बनाउने छन् । बेनी–कोरलाको १८६ किलोमिटर लामो सडकखण्डअन्र्तगत जोमसोम–कोरला खण्डको १४ […]

जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार

विकलप  न्युज  /बेनी साउन २६ गते । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी […]

सर्वोच्च अदालतको फैसला ‘कर्मचारीले सरकारको आलोचना गर्न पाइन्न’

विकल्प न्युज सिड्नी,साउन २६ गते । अस्ट्रेलियाको सर्वोच्च अदालतले सरकारी कर्मचारीले सरकारका नीतिहरूको आलोचना गरी ट्वीट गर्न नपाउने फैसला सुनाएको छ । कर्मचारीले त्यसो गरेको पाइए तत्कालै पदबाट बर्खास्त गर्नु न्यायसंगत हुने ठहरसमेत सर्वोच्चले गरेको छ । बीबीसीका अनुसार अध्यागमन विभागकी कर्मचारी मिसेला बनेर्जीलाई मुलुकको विवादास्पद आप्रवासन कार्यक्रमको विरोधमा ट्वीट गरेपछि विभागले पदमुक्त गरेको निर्णयलाई अदालतले सही […]