राष्ट्रिय समाचार
तरुण दल म्याग्दीद्धारा दृष्टिविहिनलाई सहयोग

अनिल पौडेल /बेनी कार्तिक १० गते । नेपाल तरुण दल म्याग्दीले ६६ औँ स्थापना दिवसको अवसरमा दृष्टिविहिनलाई नगद सहित खाद्यन्न सहयोग गरेको छ । गिटी कुटेर परिवारको गुजरा चलाउँदै आएका दृष्टिविहिन बेनी नगरपालिका–२ फाँपरखेतका आईतबहादुर नेपाली र नर प्रसाद विकलाई २५ हजार बराबरको खाद्यान्न र नगद सहयोग गरेको हो । भकुण्डेमा नै पुगेर दुई […]
गन्तव्य कोरला

ठाकुरप्रसाद आचार्य /मुस्ताङ कार्तिक ९ गते । नेपालको उत्तरी मुस्ताङ स्थित कोरला पुग्ने र तस्विर खिचाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने इच्छा प्रायजसो नेपालीहरुको छ । अहिलेको दशैं – तिहार विदालाई सदुपयोग गर्दै चीन र नेपालको सीमाना कोरला पुग्ने नेपालीहरुको संख्यामा निकै वृद्धि भएको छ । दुई देश विच कोरला नाका खुलाउन चर्चा भएसँगै कोरला पर्यटकीय […]
छापमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु

विकल्प न्यूज/बेनी कार्तिक ७ गते । छाप युवा क्लब बेनी नगरपालिका–६, छाप म्याग्दीको आयोजनामा बुधबारदेखि चौथो छाप मेला–२०७६ अन्तर्गत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसर पारेर आउँदो शनिबारसम्म विविध कार्यक्रमहरु सञ्चालन गरिएको हो । विविध कला, संस्कृति र खेलकुदको स्थानीयस्तरमा प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यसहित […]
बेनीमा म्याद नाघेका बस्तु जफत गरि नष्ट

विकल्प न्यूज/बेनी कार्तिक ६ गते । तिहारलाई लक्षित गरि बेनीमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवालाहरुको टोलीले बुधवार बेनीमा बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु भेटिएको टोलीले जनाएको छ । किराना, फलफुल र डेरी पसलहरुको अनुगमनको क्रममा म्याद नाघेका, स्पष्ट लेबल नभएका सामाग्रीहरु भेटिएको र […]
मराङमा मोटर पुग्यो

विकल्प न्यूज/बेनी कार्तिक ५ गते । धवलागिरी गाउँपालिका–६ मराङ जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । मालिका गाउँपालिकाको अर्गला देखि मराङ जोड्ने सडकको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो । वि.स २०६९ मा मालिका गाउँपालिकाको बिममा पर्ने लुरवाङ देखि मराङ जोड्ने सडक निर्माण सुरु भएको थियो । लुरवाङ देखि अर्गला बेशी हुदै मराङको कुम्रि […]
दरखोला दोस्रो लघुजलविद्युत परियोजना उद्घाटन

विकल्प न्यूज/बेनी कार्तिक ३ गते । धवलागिरी गाउँपालिका–२ लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतबार उद्घाटन गरिएको छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख, गाउँपालिकाको पचास लाख र स्थानीयबासीको बीस लाख रुपैयाँ बराबरको श्रमदानमा निर्माण भएको परियोजनाबाट ३६५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताउनुभयो । परियोजना उद्घाटन […]
ताकममा नेकपाको कार्यकर्ता प्रशिक्षण

विकल्प न्यूज/बेनी कार्तिक ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धवलागिरी गाउँपालिका स्तरीय संगठित पार्टी सदस्यहरुका लागि शनिबार ताकममा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघका नेता गिरिप्रसाद छन्त्याल नेकपा सम्बद्ध नेपाल शिक्षक संगठनमा प्रवेश गर्नुभएको थियो । छन्त्याललाई नेकपाका जिल्ला इञ्चार्ज […]
धाइरिङ – बेनी सम्पर्क समाज गठन

विकल्प न्यूज/बेनी कार्तिक २ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङबाट विभिन्न पेशा व्यवसाय र रोजगारीका शिलशिलामा म्याग्दीमा वासोबास गर्नेहरुको भेलाले धाइरिङ – बेनी सम्पर्क समाजको गठन गरेको छ । आपसी सदभाव र सम्बन्ध विस्तारका लागि सम्पर्क समाज गठन गरिएको हो । शनिबार बेनीको होटल शिखरमा भएको भेलाले शेरबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय धाइरिङ– बेनी […]
राष्ट्रिय महिला भलिबलको कप्तानमा म्याग्दीकी अरुणा चयन

विकल्प न्युज बागलुङ,असोज ३० गते । नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा म्याग्दीकी अरुणा शाही चयन भएकी छिन् । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएकी शाहीलाई नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो । […]
एनआरएनएको नयाँ नेतृत्वको लागि मतदान सुरु

विकल्प न्युज /काठमाण्डौं असोज ३० गते । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान सुरु भएको हो । बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो । संघका उपाध्यक्ष कुमार पन्त […]
पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

विकल्प न्युज काठमाडौँ, असोज ३० गते । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४।८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको […]
चिनियाँ राष्ट्रपति भ्रमण : कोरला कार्यसूचीले धौलागिरीबासी उत्साहित

विकल्प न्यूज/बेनी असोज २४ गते । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नति सहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको छ । यो खबरले मुस्ताङ र आसपासका जिल्लावासी उत्साहित भएका छन् । मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मात्र […]
घोरेपानीमा सम्पन्न मोनाको तेस्रो अधिवेशनबाट अध्यक्षमा जुग्जाली मगर चयन

सुरेन गुरुङ्ग /बिकल्प न्युज घोरेपानी , असोज १६ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितीको नयाँ अध्यक्षमा ओमनारायण जुग्जाली मगर चयन हुनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो महाधिवेशन तथा पाँचौ वाषर््िाक साधारणसभाबाट जुग्जाली मगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिम पुर्जा ,उपाध्यक्षमा अमर […]
फोरजी विस्तारको तयारी पूरा

विश्वास रेग्मी काठमाडौँ, असोज १५ गते । नेपाल टेलिकमको महìवाकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ । फोरजी विस्तार परियोजना सम्झौता भएको करिब आठ महिनापछि बुधबार देशका विभिन्न दुई दर्जन बढी स्थानमा यसको पहुँच विस्तार हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न […]
घोडेपानीमा प्रवासी म्याग्देलीहरुको अधिवेशन सुरु

साधन राम्जाली /विकल्प न्यूज घोडेपानी, असोज १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । रोजगारी र पेशाको शिलसिलामा संसारका विभिन्न मुलुकहरुमा पुगेका म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको प्रमुख पर्यटकीय स्थल घोडेपानीमा सुरु भएको छ । तीन दिन सम्म संचालन हुने महाधिवेशनको संघिय सरकार […]