विकल्प न्यूज/बेनी
कार्तिक २ गते ।
पर्वतको जलजला गाउँपालिका ७ धाइरिङबाट विभिन्न पेशा व्यवसाय र रोजगारीका शिलशिलामा म्याग्दीमा वासोबास गर्नेहरुको भेलाले धाइरिङ – बेनी सम्पर्क समाजको गठन गरेको छ । आपसी सदभाव र सम्बन्ध विस्तारका लागि सम्पर्क समाज गठन गरिएको हो ।
शनिबार बेनीको होटल शिखरमा भएको भेलाले शेरबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय धाइरिङ– बेनी सम्पर्क समाज गठन गरेको हो ।
समाजको उपाध्यक्षमा तुलसी आचार्य,सचिव मुकुन्द प्रसाद आचार्य,कोषाध्यक्ष भिमकुमारी स्ुवेदी आचार्य,सहसचिव भेषनाथ आचार्य र सदस्यहरुमा तारानाथ आचार्य,बमबहादुर केसी,चित्रनाथ शर्मा,बालकृष्ण शर्मा,गंगाधर आचार्य,युबराज आचार्य,कृष्ण केसी र रुपा दर्जी रहेका छन् ।
यसै गरी भेलाले समाजको सल्लाहकारहरुमा क्षेत्रबहादुर केसी,डण्डपाणी रिजाल र कृष्णप्रसाद आचार्यलाई चयन गरेको सचिव आचार्यले जानकारी दिनुभयो ।
यसै गरी भेलामा आगमी मंसिर १९ देखि २६ सम्म आयोजना गर्ने श्रीगण्डकी गोपाल गोरक्ष धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवम् गौमहोत्सवलाई सफल पार्नका लागि आ–आफ्नो क्षेत्रबाट क्रियाशिल भई सहयोग प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
भेलामा गण्डकी गोपाल गौशालाका अध्यक्ष राजुप्रसाद आचार्य र महासचिव जगन्नाथ आचार्यले ज्ञान महायज्ञलाई सफल पार्नका लागि सम्पर्क समाजले सहयोग गर्नुपर्ने धाराणा व्यक्त गर्नुभएको थियो । भेलामा २९ जनाको उपस्थिति रहेको थियो ।