राष्ट्रिय समाचार
योजना कार्यान्वयनमा जुट्दै जलजला गाउँपालिका

विकल्प न्यूज/बेनी माघ २८ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वयनलाई तिव्रता दिएको छ । सडक,सिँचाई,कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य लगायतका पूर्वाधार तर्फका योजना कार्यान्वयनमा गाउँपालिका जुटेको हो । उपभोक्ता समिति मार्फत कार्यान्यन गरिने योजनाहरुको उपभोक्ता समिति गठन र सम्झौता गरी धमाधम कार्यान्यनको चरणमा प्रवेश गरेका छन् । गाउँसभाबाट विनियोजन भएका […]
दिपक मावि पात्लेखेतलाई ५० हजार रुपैयाँ सँगै कम्प्य्ुटर सहयोग

विकल्प न्यूज/बेनी माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई ५० हजार रुपैयाँका सँगै कम्प्युटर सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल युकेमा बसोबास गर्नुहुने खिम बहादुर गर्बुजाले नगद सहित २ थान कम्पयुटर, २ थान भलिबल र एउटा पम्प सहयोग गर्नुभएको हो । गर्बुजाको […]
काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने

काठमाडौँ, माघ २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने भएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा अभियोग पत्र दायर गरिएको आरोप लगाउँदै पार्टीले सदन अवरुद्ध गर्दै आएको थियो । काँग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले सो निर्णय गरेको सांसद दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । बैठकले प्रचलित […]
अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स

काठमाडौं, माघ २७ गते । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको […]
स्ववियु निर्वाचन एक महिना सर्ने

काठमाडौँ, माघ २८ गते । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ । निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी पूरा गर्न नसकेको जनाएपछि पूर्वनिर्धारित कार्यतालिकामा निर्वाचनको […]
कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता हुने योजना कार्यान्वयनमा

२८ माघ, काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले आजबाट १० प्रतिशत कर फिर्ता पाउने भएका छन् । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेसँगै यो कार्यक्रम औपचारिक रूपमै कार्यान्वयनमा आएको हो । उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु […]
प्रधानमन्त्री रोजगार कार्यक्रम : यो वर्ष पनि सडकतिरै बढी खर्च !

२८ पुस, काठमाडौं । आयोजनाको सूची पेश नगर्ने स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट नपाउने भएका छन् । सरकारले यो वर्ष पनि स्थानीय तहलाई २ अर्ब २० करोड रुपैयाँ कार्यक्रमका लागि स्थानीय तहमा सशर्त पठाउने तयारी गरिरहेको छ । तर, हालसम्म ६२३ स्थानीय तहले संघ सरकारलाई आफ्ना तहमा सञ्चालन हुने आयोजनाका विवरण पेश गरेका छन् […]
बेनी नगरपालिकाको छैँठौ नगरसभा सम्पन्न

विकल्प न्यूज/बेनी माघ २७ गते ।बेनी नगरपालिको छैँठौ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको वित्तीय तथा भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा अन्तरक्रिया गर्दै सम्पन्न भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका र वडा सदस्यहरुको उपस्थितमा संघिय सरकारबाट […]
जलजला गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न

विकल्प न्यूज/जलजला माघ २७ गते । जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार सम्पन्न भएको छ । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई अघि बढाएको जानकारी दिँदै योजनाहरूलाई जनमैत्री र पारदर्शी ढंगले कार्यान्वयन गराउन सबै जनप्रतिनिधि तथा सेवाग्राहीहरूलाई अनुरोध गरे । अध्यक्ष मल्लले गाउँपालिकाको भवन […]
नेपाल फर्काइने विद्यार्थीको हेरचाहमा ६० स्वास्थ्यकर्मी खटाइँदै

माघ २७, २०७६ काठमाडौं : यसै हप्ता चीनको कोरोना भाइरसको उच्च संक्रमण रहेका वुहानबाट १८० जना नेपाली विद्यार्थी लीन जाने चिकित्सक, पाइलट तथा अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ओरिन्टेसन तालिम दिने भएको छ। यस्तै, नेपाल फर्काइने नेपालीको स्वास्थ्य जाँच तथा हेरचाहका लागि ६० बढी स्वास्थ्यकर्मी खटिने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई […]
नेपालीलाई ल्याउन फागुन ३ गते वाइड बडी चीन जाने

२७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका […]
अख्तियारले काँग्रेस नेतालाई फसाएको भन्दै बेनीमा विरोध कार्यक्रम

विकल्प न्यूज/बेनी माघ २६ गते । बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै नेपाली काँग्रेसकांको भातृ संस्था नेपाल विद्यार्थि संघ म्याग्दी र नेपाल तरुण दल म्याग्दीले विरोध प्रर्दशन गरेका छन् । अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका केही […]
कुश्माको शिवालय चोकमा बसको ठक्करबाट एक युवकको मृत्यु

२६ माघ, पर्वत । पर्बतको सदरमुकाम कुश्माको शिवालयचोकमा आज दिउँसो बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । ग १ ख ७००३ नम्बरको बसले मोदी गाउँपालिका वडा नम्बर ४ लेस्पारका ३४ बर्षिय डिल बहादुर फगामी पुनलाई ठक्कर दिदाँ उनको उपचारको क्रममा ज्यान गएको हो । मुस्ताङबाट पोखरा जाँदै गरेको बसले दिउँसो १२ बजेर ४५ मिनेट […]
चीनबाट ल्याइने नेपालीलाई काठमाडौंमा राख्नुहुन्न : बिजुक्छे

२६ माघ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट उद्दार गरिने नेपालीलाई काठमाडौं उपत्यकामा राख्न नहुने बताएका छन् । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भएकाले उपचार गराएर निको पार्नुपर्ने सुझाव दिएका हुन् । ‘काठमाडौं उपत्यकाका चार ठाउँ र […]
अख्तियारले कम्युनिष्ट नेतालाई जोगाएको भन्दै सडकमा गर्जियो कांग्रेस

माघ २६, २०७६ काठमाडौं : बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै कांग्रेसले सडक र संसदमा विरोध थालेको छ। अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका केही कम्युनिष्ट नेताहरूलाई बचाउ गरेको भन्दै सरकारको चर्को विरोध गरेको हो। कांग्रेसले आइतबार […]