ताजा समाचार:
Search

राष्ट्रिय समाचार

गलेश्वरका ज्येष्ठ नागरिकलाई भोजन

म्याग्दी, जेठ १४ गते । गणतन्त्र दिवस–२०८१ को अवसरमा पवित्र धार्मिकस्थल बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिक तथा संस्कृत विद्यालयका विद्यार्थीलाई सोमबार बिहानको भोजन गराइएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा गलेश्वर पुलस्त्य पुलहाश्रम अन्न क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थी गरी एक सयभन्दा बढीलाई भोजन गराइएको गणतन्त्र […]

कालीगण्डकीको सभ्यता जोगाउने अभियान

विकल्प न्यूज/बेनी जेठ १४ गते ।    कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन्।  श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर हालै यहाँ कालीगण्डकी नदीका शिलामा भगवान्का विभिन्न नाम अङ्कित गरे । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवान्का रूपमा पुज्ने गर्छन्। अवैज्ञानिक उत्खननले एकातिर नदीको […]

गण्डकी प्रदेशमा वनक्षेत्रको २० वर्षे रणनीतिक योजना बन्दै

विकल्प न्यूज/बेनी जेठ १३ गते । गण्डकी प्रदेशमा वन क्षेत्रको रणनीतिक योजना बनाउन लागिएको छ । प्रदेशको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशमा वन क्षेत्रको विकास र संरक्षणका लागि २० वर्षे रणनीतिक योजना तयार पार्न थालेको हो । रणनीतिक योजना बनाउनका लागि मन्त्रालयले आइतबार बेनीमा सरोकारवालाहरु सँग सुझाव संकलन गरेको छ । मन्त्रालयले रिकफ्ट नेपालसँगको […]

जेसिजको स्वास्थ्य सचेतना कार्यक्रम

विकल्प न्यूज/बेनी जेठ १३ गते ।  म्याग्दी जेसिजको २६ औं स्थापना दिवसका अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । यसै क्रममा पाँचौ दिन आइतबार नगरपालिका ५, भिरमुनी स्थित पौलस्त्य माविमा स्वास्थ्य जनचेतनामुलक कार्यक्रम गरेको छ । शाखा अध्यक्ष दिनेश बानियाँ को अध्यक्षता,नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीकाका सभापति अमर बानियाँ को प्रमुख आतिथ्यता, […]

जलजलामा बजार अनुगमन

विकल्प न्यूज/बेनी जेठ १३ गते । बेनी नगरपालिकाको सिमाना सँग जोडिएको पर्वतको जलजला गाउँपालिकाले आइतबार २ र ३ वडाको बगरफाँट र पर्वत बेनी क्षेत्रका पसलहरुको अनुगमन गरेको छ । गाउँपालिकाका व्यवसाय दर्ता तथा राजश्व शाखाका प्रमुख कृष्णप्रसाद रिजालको नेतृत्वमा स्थानीय प्रहरी,पालिकाका कर्मचारी र पत्रकार सहितको टोलीले बगरफाँट र पर्वत बेनी क्षेत्रमा रहेका पसल तथा होटलहरुको […]

सोमबार देखि बेनीमा ‘‘प्रथम म्याग्दी यूवा कप’’ सुरु हुने

विकल्प न्यूज/बेनी जेठ १३ गते । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ । आइतबार नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोमबार विहान ११ बजेदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको […]

विपन्न परिवारलाई खाद्यन्न सहयोग र स्वास्थ्य परिक्षण गरेर स्थापना दिवस मनाइयो

विकल्प न्यूज/बेनी जेठ १३ गते । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संघका अध्यक्ष […]

पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज

विकल्प न्यूज/बेनी जेठ १३ गते । मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ मा रु २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो । उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले छ सय ५३ […]

म्याग्दीमा ४३ सय ६२ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

विकल्प न्यूज/बेनी जेठ १२ गते । म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो । शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्लास्तरीय खोप […]

नयाँ नेतृत्व चयन गर्दै सकियो अनेम संघ म्याग्दीको नवौं जिल्ला सम्मेलन

विकल्प न्यूज/बेनी जेठ १२ गते । नेकपा (एमाले) निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको नवौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार र शनिबार बेनीमा सम्पन्न भएको सम्मेलनले यशोदा रोकाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पशुपति शाही र हेककुमारी पुन चयन हुनुभएको छ । यसैगरी […]

बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली शुरु

विकल्प न्यूज /बेनी म्याग्दी, १२ जेठ ।  म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली शुरु गरेको छ । सबै नगरबासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, शुसासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर […]

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी, जेठ गते । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न वि।स। २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले […]

९७ वर्षमा स्तन क्यान्सरको शल्यक्रिया

विकल्प न्यूज/बेनी जेठ ८ गते ।  चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुनमगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । अस्पतालका कार्यकारी अध्यक्षसमेत रहेका सर्जन डा. भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सक समूहले उनको शल्यक्रिया गरेको थियो । ९७ वर्षको उमेरमा भएको यो शल्यक्रिया […]

बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प

म्याग्दी, जेठ ७ गते ।   म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको एक करोड ३८ लाख भुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो । सङ्घीय खानेपानी तथा […]

डा.पुनद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

 विकल्प न्यूज/बेनी जेठ ७ गते ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका–५,कुवापानी घर भई हाल चितवन भरतपुरमा बस्दै आउनुभएका डा. पुनले म्याग्दीसँग सिमाना जोडिएको कुवापानीस्थित गिद्धेश्वर आधारभूत विद्यालयलाई एक लाख ५५ हजार रुपियाँ मूल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नुभएको हो । […]