राष्ट्रिय समाचार

खुकुरी प्रहारबाट घाइते भएकी शिक्षिका पुनको उपचारमा ९० हजार सहयोग

विकल्प न्यूज/बेनी पुस ४ गते । गत कार्तिक २७ गते विद्यालय जाने क्रममा खुकुरी प्रहारबाट गम्भिर घाइते हुनुभएकी मालिका गाउँपालिका २ विलबाङकी शिक्षिका इन्द्रा कुमारी पुनको उपचारमा नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिले  ९० हजार ९ सय ६५ रुपैयाँ सहयोग गरेको छ । महासंघको पहलमा   गाउँपालिका भित्रका ३६ वटा विद्यालयमा कार्यरत शिक्षिक तथा कर्मचारीबाट संकलन गरिएको […]

मजदुरको माग सम्बोधन गर्न अनेरास्ववियू म्याग्दीको माग

सन्दिप शर्मा/म्याग्दी पुस ४ गते । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियू म्याग्दीले मजदुरको आवाजको सुनुवाई गर्नु पर्ने बताएको छ । बेनी नगरपालिकाको कार्यलयमा शुक्रबार जिल्ला अध्यक्ष सुबाश विश्वकर्माको नेतृत्वमा गएको टोलिले सदरमुकाम बेनी बजारमा फोहोर व्यवस्थापनको काम गर्ने कर्मचारीले तलव नपाएको गुनासो मिडियामा सुन्नमा आएको भन्दै तत्काल मजदुरको पक्षमा निर्णय गर्न नगरपालिकाका प्रमुख […]

इमान्दारिताको नमुना ः जसले सडकमा भेटाएको झोला र पैसा फिर्ता गरे

विकल्प न्यूज /बेनी पुस ३ गते । समाजमा इमान्दारिताको नमुना प्रदर्शन गर्ने व्यक्तीहरु पनि छन् भन्ने कुरा विहिवारको एउटा घटनाबाट फेरी पुष्टी भएको छ । सडकमा भेटीएको झोला सहितको पैसा सम्बन्धित व्यक्तीको खोजी गरी फिर्ता गरेर एक युवाले उदाहरणीय कार्य गर्नुभएको छ । रघुगंगा गाउँपािलका २ भगवती पञ्चासेका झलक शर्मा आचार्यले बेनी गलेश्वर सडकको जलेश्वरमा फेला […]

म्याग्दीको गलेश्वरबाट टेलिकमको फाइबर सेवा सुरु (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस २ गते । नेपाल टेलिकमले म्याग्दीको गलेश्वरबाट जिल्लामै पहिलोपटक फाइबर प्रविधिबाट आफ्नो सेवा सुरु गरेको छ । टेलिकम गलेश्वरमा फाइबर तार बिछ्याउने काम सम्पन्न गरेर सेवाग्राहीको घरघरसम्म तार टाँग्ने र डिभाइस वितरण गरी सेवाको शुभारम्भ गरेको हो । बुधबार टेलिकमका बागलुङ र म्याग्दीका कार्यालय प्रमुखले पुरानो तामाको प्रविधिको स्वीचलाई अफ गरेर फाइबर […]

सिद्धार्थ माविका विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/नारायण राई पुस १ गते  म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीहरुलाइ सम्मान ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो । विद्यालयको […]

ताकममा आयोजित स्वास्थ्य शिविरबाट १२ सयभन्दा बढी लाभान्वित (भिडियो /तस्विरसहित)

विकल्प न्यूज/बेनी मंसिर २९ गते ।              लायन्स क्लब अफ बेनी पिस सिटीले धौलागिरि गाउँपालिका ७ ताकममा आयोजना गरेको दुइदिने वृहत स्वास्थ्य शिविरबाट १२ सयभन्दा बढी सर्वसाधारणहरुले स्वास्थ्य सेवा लिएका छन् । धौलागिरिका दुर्गमभेगका सर्वसाधारणहरुलाई निशुल्क स्वास्थ्य सेवाप्रदान गर्ने उद्देश्यले क्लबले विशेषज्ञ सेवा सहितको वृहत स्वाथ्य शिविर सञ्चालन गरेको हो । शिविरमा मेडिकल कलेज […]

जलजलामा आयोजित गौमहोत्सवको छैटौं दिनसम्म ३ करोड पाँचलाख संकलन

विकल्प न्यूज/जलजला मंसिर २४ गते । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी गौमहोत्सवको छैटौं दिनसम्म करिब ३ करोड पाँचलाख रुपैयाँ संकलन भएको छ । गण्डकी गोपाल गौशालाको आयोजनामा सञ्चालन गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव छैटौ दिन करिब ३० लाख रुपैयाँ दान प्राप्त भएको सचिवालयले जनाएको छ । महोत्सवको छैटौ दिन विहिवार जलजला ७ […]

एनआईसी एशिया वैंकद्धरा गौमहोत्सवलाई एकलाख पाँचहजार सहयोग

विकल्प न्यूज\बेनी मंसिर २६ गते ।  एनआइसी एशिया पर्वत बेनी शाखाले जलजलामा आयोजित गौमहोत्सवलाई एकलाख पाँचहजार पाँचसय ५५ रुपियाँ सहयोग गरेको छ । गण्डकी गोपाल गौशाला धाइरिङले जलजलाको मिलनचोकमा आयोजना गरेको गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको छैटौं दिन बैंकका शाखा प्रबन्धक तुलसीराम आचार्यले गौशालाको विकासका लागि उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । गौशालामा भौतिक पूर्वाधार […]

नेबिसंघ म्याग्दीको अध्यक्षमा खत्री चयन

विकल्प न्यूज/बेनी मंसिर २६ गते ।   नेपाली कांग्रसको भातृ संगठन नेपाल विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री चयन हुनुभएको छ । विहिबार बेनीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा झलक जिसी, दिपेश घिमिरे विक, सचिवमा बिशाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा, कोषाध्यक्षमा सनम […]

गौशालाको विकासमा २० लाख विनियोजन गर्ने सांसद गिरीको प्रतिबद्धता

विकल्प न्यूज/जलजला मंसिर २४ गते ।  प्रतिनिधिसभाका सांसद पदम गिरीले गौशालाको पूर्वाधार विकासका लागि २० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पर्वतको जलजला ७ मिलनचोकमा आयोजित गौमहोत्सवलाई बुधबार सम्बोधन गर्दै सांसद गिरीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आगमी आर्थिक वर्षमा संघिय सांसदले विनियोजन गर्न पाउने स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ६ करोड […]

एक हजारभन्दा बढी शाखा अधिकृतका लागि जागिर खुल्यो

काठमाण्डौ  लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूह अन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको हो । सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान […]

गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुइकरोड भन्दा बढी संकलन

विकल्प न्यूज/जलजला मंसिर २४ गते ।  उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी किनारमा जारी गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुईकरोड रुपैयाँ भन्दा वढी आर्थिक सकलन भएको छ । महोत्सवको पाँचौ दिन मात्रै ५१ लाख ८० हजार ८ सय ८ रुपैयाँ सकंलन भएको हो । सचिवालयले दिएको जानकारी अनुसार महोत्सवको पाँचौ दिन सम्म दुइ करोड […]

गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुन ः केसी चयन

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।  म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर केसी चयन हुनुभएको छ । मंगलबार गलेश्वरमा सम्पन्न कोषको छैटौ अधिवेशन तथा चौधौ कार्यकारी सभाले केसीलाई चौथो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसै गरी उपाध्यक्षमा भिमनाथ पराजुली,सविच माधवप्रसाद रेग्मी र कोषाध्यक्ष […]

ट्याक्सी दुर्घटना हुँदा तातोपानीमा ढुबेर फर्किएका पाँचजना घाइते

विकल्प न्यूज/बेनी मंसिर २३ गते । पर्वतको अर्मादीमा ग १ ज ५२५६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । म्याग्दीको तातोपानीदेखि चितवनको लागि हिडेको ट्याक्सी पर्वतको अर्मादीमा दुर्घटना भएको हो । तातोपानी डुब्नको लागि म्याग्दी आएका उनीहरु घर फर्कने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा पर्वत जलजला–६ सालिजाका ३८ बर्षिय ट्याक्सी चालक […]

आचार्य परिवारबाट गौमहोत्सवलाई १० लाख सहयोग

विकल्प न्यूज/बेनी मंसिर २२ गते ।   पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव मुल आयोजक समितिका अध्यक्ष समेत रहनुभएका राजुप्रसाद आचार्यको परिवारबाट १० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।  स्वर्गीय टंकनाथ आचार्यको स्मृतिमा उहाँको धर्मपत्नी प्रेमकुमारी आचार्य,छोराहरु राजु आचार्य,भिमप्रसाद आचार्य र कलाधार आचार्य र उहाँका परिबारबाट […]