राष्ट्रिय समाचार

बाख्रापालनले ल्यायो परिवारको मुहारमा खुसी (भिडियोसहित)

विकल्प न्यूज/बेनी फागुन ३ गते ।   बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरको फार्ममा पुग्दा थापा पाखोबारीमा पाठापाठी चराउन व्यस्त हुनुहुन्थ्यो । उहाँको श्रीमती मनभुजा थापा गोठमा माउ बाख्रालाई घाँसपात राख्दै हुनुहुन्थ्यो । गोठमा बोयर जातका रहर लाग्दा बाख्राहरु खेलिरहेका देखिन्थे । बेनी – बागलुङ सडक खण्ड अन्तर्गत खबरा देखि केही माथि पुगेपछि जंगलको विच […]

पुतली सार्कीलाई विद्यार्थीको सहयोग

साजन परियार /बेनी फागुन ३ गते ।  आर्थिक अभावका कारण गोठमा बस्न बाध्य पुतली सार्कीलाई वेष्ट प्वाइन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका २ फापरखेतकी सार्कीलाई विद्यार्थीहरुले संकलन गरेको रकम र खाद्यन्न  हस्तान्तरण गरेका हुन । कलेजमा गठन भएको इन्फ्ल्युन्सियल ब्याचलर्स क्लब मार्फत नगद पाँचहजार,एकबोरा चालम,दाल र लत्ताकपडा सहयोग गरेका हुन […]

म्याग्दी र कालिको दोभानमा हेलिप्याड

विकल्प न्यूज/बेनी फागुन ३ गते ।बेनी नगरपालिकाले कालिगण्डकी र म्याग्दी खोलाको दोभानमा हेलिप्याड निर्माण गरेको छ । बेनी नगरपालिकाको चालु आर्थिक वर्षको करिब सातलाख बजेटबाट उक्त पक्की हेलिप्याड निर्माण गरिएको हो । आकष्मीक विरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धारमा सहयोग पु¥याउन हेलिप्याड निर्माण गरिएको नगरपालिकाले जनाएको छ । हेलिप्याड बनाउन चारवटा पिल्लर बनाई माथि ढलान […]

सडक विचमा विद्युत पोल राखेर ढलान गरेपछि…..

विकल्प न्यूज/बेनी फागुन ३ गते । विकास योजना सञ्चालन गर्दा सरकारी कार्यालयहरु एकआपसमा समन्वय गर्दैनन् भन्ने एउटा गतिलो उदाहरण यहाँ देखिएको छ । बेनी – अर्थुङ्गे – पाखापानी सडक स्तरउन्नती गर्ने योजना अन्तर्गत बेनी नगरपालिकाको महारानीथान स्थित सडकमा विद्युतको पोल विच भागमै राखेर सडक निर्माण गरिएको छ । सडकको क्षेत्राधिकारलाई मिचेर विद्युत प्राधिकरणले पोल गाडेका कारण […]

जलजला गाउँपालिकाको आफ्नै एम्वुलेन्स सेवा संचालन

विकल्प न्यूज/जलजला फागुन ३ गते ।  पर्वतको जलजला गाउँपालिकाले गाउँलेहरुलाई सेवा दिन एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । विकट गाउँलेहरुलाई विरामी परेको बेला तत्कालै अस्पताल पु¥याउन सहयोग पुगोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो । भारतीय दुतावासको सहयोगमा प्राप्त भएको उक्त एम्बुलेन्स केहि समय अघि सम्म मल्लाज स्वास्थ्य चौकी मातहत संचालन हुँदै आएको थियो […]

बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द

विकल्प न्यूज/बेनी फागनु ३ गते ।  हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक फागुन १० देखि चैत १५ गतेसम्म घुमाउने तालदेखि बेगखोलासम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको घुमाउने तालदेखि बेगखोलासम्मको सडक स्तरोन्नति तथा विस्तार कार्यका लागि दैनिक आठ घण्टा बन्द गरेर कामलाई तीव्रता दिइने […]

नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रताप बानियाँ / बेनी म्याग्दी, फागुन २ गते ।          ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा प्रतियोगिता सञ्चालन गरिएको हो ।प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य विनोद […]

चीनबाट ल्याएकालाई खरिपाटीसम्म लैजान यसरी गरियो अभ्यास

भक्तपुर ।फागुन २, २०७६ कोरोनाभाइरसबाट प्रभावित क्षेत्र चीनको ऊहानबाट ल्याइने नेपालीहरुलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म कसरी पु¥याउने भनेर अभ्यास गरिएको छ ।चीनबाट ल्याउने नेपाली विद्यार्थीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको कार्यलयमा राख्ने निश्चित भएपछि शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका […]

मंगलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी फागुन १ गते ।     म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति कप प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको राष्ट्रपति कपको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको हो । मंगला माविमा भलिबल र कवड्ी र मालिका जनहित […]

दाना सव–स्टेशन निर्माण अन्तिम चरणमा (फोटो र भिडियोसहित)

विकल्प न्यूज/बेनी फागुन १ गते ।     अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माणधिन दाना सवस्टेशन निर्माणको कार्य अन्तिमचरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणले २२० केभीए क्षमताको कालिगण्डकी प्रशारण कोरिडोर आयोजना अन्तर्गत दानामा सवस्टेशन निर्माण गर्न लागेको हो । सवस्टेशनको करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आगमी दुईमहिना भित्र सवस्टेशनमा विद्युत […]

काँग्रेस बैठकको एजेण्डा : सरकारको समीक्षा र छानविन समिति गठन

काठमाडौं । काँग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा सरकारको दुई वर्षे समीक्षा र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विधानका दफा र नियमावलीका नियम सम्बन्धमा निर्णय लिने र सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने […]

अमेरिकामाथि नेपालको शानदार जित, सन्दीपले लिए ६ विकेट

काठमाडौं । स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको छ र, आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पारेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार अमेरिकालाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि […]

सिन्धुपाल्चोकका बिरामीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो, २०० जना बिरामी

माघ २९, २०७६ काठमाडौं :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बामा देखिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली आज त्यसतर्फ जाँदैछ।  छिमेकी गाउँपालिका बलेफीमा रहेको जलविरे स्वास्थ्य केन्द्रबाट एक जना डाक्टर र स्वास्थ्यकर्मीको टोली लिएर प्रभावित क्षेत्र जान लागेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। अहिले विहानसम्म बिरामीको संख्या २ सय १ जना पुगेको […]

योजना कार्यान्वयनमा जुट्दै जलजला गाउँपालिका

विकल्प न्यूज/बेनी माघ २८ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वयनलाई तिव्रता दिएको छ । सडक,सिँचाई,कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य लगायतका पूर्वाधार तर्फका योजना कार्यान्वयनमा गाउँपालिका जुटेको हो । उपभोक्ता समिति मार्फत कार्यान्यन गरिने योजनाहरुको उपभोक्ता समिति गठन र सम्झौता गरी धमाधम कार्यान्यनको चरणमा प्रवेश गरेका छन् । गाउँसभाबाट विनियोजन भएका […]

दिपक मावि पात्लेखेतलाई ५० हजार रुपैयाँ सँगै कम्प्य्ुटर सहयोग

विकल्प न्यूज/बेनी माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई ५० हजार रुपैयाँका सँगै कम्प्युटर सहयोग  प्राप्त भएको छ । बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल युकेमा बसोबास गर्नुहुने खिम बहादुर गर्बुजाले  नगद सहित २ थान कम्पयुटर, २ थान भलिबल र एउटा पम्प सहयोग गर्नुभएको हो । गर्बुजाको […]