राष्ट्रिय समाचार

कार्यदल बनाउने निर्णय सचिवालय बैठकले गर्नुपर्ने माग

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको विवाद मिलाउन बनेको कार्यदलको कार्यादेशका लागि सचिवालय बैठक बोलाउनु पर्ने माग उठेको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलको गठन सचिवालय बैठकले गर्नुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा […]

सोलुखुम्बुकाे दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने संभावना छैन : अध्ययन

सोलुखुम्बु – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने संभावना नरहेको निश्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ । साउन २३ गते बिहान दूधकुण्ड पोखरी मुहान भएर बग्ने सोलु खोलामा पानीको बहाव बढ्नुको आधिकारिक कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि तत्काल ताल फुट्ने संभावना नरहेको प्रतिवेदन सार्वजानिक गरिएको हो । साविककै अवस्थामा रहेको […]

आइतबारको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकोले देशभर आँशिकदेखि सामान्य बदली भएको जनाएको छ । आइतबार पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै हाल देशभर हाल देशभर आँशिकदेखि समान्य बदली भइरहेको जानकारी दिएको छ । आइतबार […]

सिन्धुपाल्चोक पहिरो: १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने

जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो। यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रहरी कार्यालयका अनुसार […]

बेनीको मंगलाघाटमा बाढीको वितण्डा (फोटो\भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /बेनी साउन ३१ गते ।  शुक्रबार राती परेको अविरल वर्षा सँगै म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति पु¥याएको छ । राती ११ बजे सत्य साइबावाको भवन माथिबाट बाढी सहितको पहिरो आउँदा मंगलघाटका १० घरमा क्षति पुगेको हो । बेनी पाखापानीसडकमा जम्मा भएको पानी माउन्ट एभरेष्ट मावि र बुद्ध विहारको विचबाट […]

पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँचजनाको ज्यान गयो,संख्या एकसय पुग्यो

साउन ३०,  काठमाण्डाै –  नेपालमा कोरोना भाइरस सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो । जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजाँदा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाउँदा काठमाण्डौ […]

शुक्रबार थपिए ५९४ जना कोरोना संक्रमित

विकल्प न्यूज/काठमाण्डौं साउन ३० गते । पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । उनीहरुमध्ये १०० जनाको मृत्यु भएको छ भने १० हजार ७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा […]

तथ्यांक विश्लेषण : मुटु, रक्तचाप र क्षयरोगका बिरामी कोरोनाको उच्च जोखिममा

३० साउन, काठमाडौैं । वि.सं. २०४२ सालदेखि ४ वर्षसम्म जनकपुरमा मेयर बनेका कृष्ण गिरीको साउन २८ गते कोरोनाबाट मृत्यु भयो । जनकपुरमा आफ्नै निवासमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको थियो । तीन सातादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरीलाई एक सातादेखि भेन्टिलेटरमा उपचार गराउँदै आइएको थियो । उनी मुटु सम्बन्धी […]

बढ्यो सुनको भाउ

३०, साउन, काठमाडौं । साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ […]

नेकपामा विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो । कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले छिट्टै विवाद सुल्झाउने […]

सिन्धुपाल्चोक पहिरो : ३८ जना बेपत्ता, ३७ घर पुरियो (अपडेट)

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले  जानकारी दिइन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्दारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष […]

लकडाउन खुकुलो पारेपछिका दुई महिनामा २० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण

काठमाण्डौ – सरकारले लकडाउन खुकुलो पारेपछिको दुई महिनामा नेपालमा २० हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएको पाइएको छ । सरकारले आर्थिक क्रियाकलाप सञ्चालन गर्नको लागि जेठ २९ गतेदेखि लकडाउन खुकुलो बनाएको थियो । लकडाउनको खुकुलो हुनु अघिल्लो दिन जेठ २८ गते ४ हजार ३ सय ६४ जना कोरोनाका सङ्क्रमित थिए । लकडाउन खुकुलो भएकै दिन जेठ २९ […]

कोरोना महामारीकाबीच ग्लोबल आइएमईले बढायो नाफा

३० साउन, काठमाडौं । कोरोना भाइरसका (कोभिड–१९) का कारण यतिबेला समग्र अर्थतन्त्रमा असर परेको छ । गत आर्थिक वर्षमा कोरोनाकै कारण धेरै बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिएको छ । धेरै बैंककाे नाफा खुम्चिदा ग्लोबल आइएमई बैंककाे नाफामा भने सुधार भएकाे छ। ग्लोबल आइएमईले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको […]

पहिरो प्रभावित गाउँमा हेलिकोप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी

विकल्प न्यूज/बेनी साउन ३० गते । पहिरोबाट प्रभावित गाउँमा हेलिकप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी गरिएको छ । गत असार २६ गते आएको बाढी र पहिरोका कारण प्रभावित गाउँमा विहिवार हेलिकप्टर मार्फत जेनेरेटर र जस्तापाता ढुवानी गरिएको हो । बाढी र पहिरोका कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएकाले सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर दरवाङबाट ढुवानी […]

मास्कमा मनोमानी : सही ढंगले नलगाउँदा उत्तिकै जोखिम

काठमाडौं । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्ने ६० जनालाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार जनही १०० रुपैयाँ जरिवाना गरायो । प्रशासनको तर्फबाट अनुगमनमा गएको टोलीले कतिपय मास्क लगाउन नजान्नेलाई मास्क लगाउने तरिका समेत सिकाएको थियो । सोही टोलीले ७५० वटा पसलहरूमा भौतिक दुरी कायम नभएको भन्दै पहिलो पटकलाई चेतावनी दिएर फर्किएको छ […]