काठमाडौँ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले जानकारी दिइन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन् ।
झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्दारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।