राष्ट्रिय समाचार

बागलुङ सँग सीमाना जोडिएको मालिकाको रुममा उच्च सर्तकता

भुपेन्द्र दर्जी/रुम भदौं १९ गते । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको छिमेकी जिल्ला बागलुङ सँग सीमा जोडिएको म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा उच्च सर्तकता अपनाइएको छ । गाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन वडा कार्यालयले ६ बुँदे सूचना जारी गरी सर्वसाधरणहरुलाई साबधानी अपनाउन र सर्तक हुन अनुरोध गरेको छ । कोरोना फैलिन नदिन गाउँमा […]

काेराेनाकाे कारण पछिल्लो २४ घण्टमा १४ जनाको मृत्यु

काठमाडौँ, भदौ १९ गते ।  नेपालमा कोरोना भाइरसका कारणले मृत्यु दर बढ्दाे छ । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएकाे छ । चारजना महिलासहित १४ जनाकाे कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएकाे हाे । काठमाडाैंमा ८२, ६७ र २२ वर्षीया महिला र चितवनमा […]

शुक्रबार १३५९ जनामा संक्रमण पुष्टि

१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेेस विर्फिङमा जानकारि दिईएकाे हाे । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै १३५४ जना डिस्चार्ज भएका छन् । यससँगै कोरोनामुक्त हुनेको […]

रुपन्देहीमा थप तीनजना कोरोना सङ्क्रमितको मृत्यु्

बुटवल,भदौ १९ गते । रुपन्देहीमा कोरोना सङ्क्रमित थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी दिए अनुसार होम आईसोलेसनमा रहेका सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर ८ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । मृगौलाले काम नगरेपछि चितवनमा डाईलासिस गरेर फर्केका उहाँको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदारनाथ […]

खुर्पाले हानेर वृद्धको हत्या, टाउको झोलामा लिएर प्रहरीसामु आत्मसमर्पण

 भदौं १९ गते । धादिङ/ बिहीबार राती धादिङको नीलकण्ठ नगरपालिका ३ खल्चेतमा एक वृद्धको खुर्पाले हानेर हत्या भएको छ । नीलकण्ठ १३ स्थित खल्चेतका २३ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् । हत्यापछि मृतकको टाउको छिनालेर झोलामा हाली राजुले डेढ घण्टा पैदल यात्रा गरेर जिल्ला प्रहरी कार्यालयमा […]

गृहमन्त्री थापाको टोलि बागलुङको पहिरो स्थलमा

विकल्प न्यूज/बेनी भदौं १९ गते । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा शुक्रबार बागलुङको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आउनुभएको छ । बुधबार राती आएको भिषण बाढीपहिरोले प्रभावित ढोरपाटन नगरपालिका–९ बोबाङ आउनुभएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार बिहान १०ः ४५ बजे प्रहिरो प्रभावित क्षेत्रमा अवतरण गरेको प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो । थापासँगै प्रतिनिधिसभा […]

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टी

विकल्प न्यूज/बेनी भदौं १९ गते । गण्डकी प्रदेशमा शुक्रबार विहान ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । क्षयरोग केन्द्र र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा जनाए अनुसार ७ जना संक्रमित बाहेक अरु सबै कन्ट्याक टे«सिङबाट पहिचान भएका हुन ।  यो […]

राष्ट्रियसभामा बामदेवलाई पठाउने नेकपाको निर्णय

१८ भदौ, काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

विहिबार थपिए १२२८ जना कोरोना संक्रमित

१८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

बेनीको विरेन्द्रचोकमा भेटिएन नगरपालिका !

विकल्प न्यूज/बेनी भदौं १८ गते । सडक मिचेर पक्की संरचना बनाउँदा बेनी नगरपालिकालाई कुनै जानकारी छैन । नगरपालिकासँगको सम्झौता बेगर भाडावालाले पक्की संरचना बनाउँदा टुलुटुलु हेरेर जनप्रतिनिधिहरु दैनिकजसो ओहोरदोहोर गर्दछन् । बेनी बजारको मुटु भनेर चिनिने विरेन्द्रचोकको सडक छेवैमा सामान्य ट्याङ्की राखेर व्यवसाय गर्न दिइएको जमिनमा भाडावालाहरुले धमाधम पक्की संरचना बनाउन थालेका हुन । पाँचजना […]

कोरोनाका कारण पछिल्लो पटक चारजनाकाे मृत्यु

भदौ १८, २०७७ काठमाडौं : नेपालमा कोरोनाका कारण  पछिल्लोपटक थप ४ जनाको मृत्यु भएको छ।  रुपन्देहीमा २, ललितपुर र चितवनमा एक÷एक जनाको मृत्यु भएको हो। ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  भक्तपुर ठिमीकी ४० वर्षकी महिलाको उपचारको क्रममा आज विहान २ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जनाकारी […]

कञ्चनपुरमा भेटियो विश्वमै दुर्लभ सुन गिद्धको गुँड

१८ भदौ, काठमाडौं । लोपोन्मुख पन्छी सुन गिद्धको गुँड पछिल्लो पटक कञ्चनपुर जिल्लामा फेला परेको छ । सुन गिद्धको गुँड समुद्री सतहबाट १ हजार १९ मिटरदेखि १ हजार ५ सय १९ मिटरसम्मको उचाइमा देखिने गरेकोमा हालै कञ्चनपुर जिल्लामा भेटिएको गुँड १ सय ७६ मिटरमै रहेको नेपाल पन्छी संरक्षण संघका गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए […]

भारतमा एकैदिन झण्डै ८३ हजार सङ्क्रमित थपिए

भदौ १८, २०७७ कोरोना सङ्क्रमण फैलने क्रम तीव्र रहेको भारतमा २४ घण्टामै ८२ हजार आठ सय ६० जनामा कोरोना पुष्टि हुनुको साथै एक हजार २६ जनाको ज्यान गएको हो । कोरोनाबाट विश्वकै तेश्रो प्रभावित देशमध्ये रहेको भारतमा अहिलेसम्म ३८ लाख ४८ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण भएको छ भने ६७ हजार चार सय ८६ जनाको […]

आजको मौसम : यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा

भदौ १८, २०७७ हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रहेको छ भने प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र […]

नेकपा बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने

१८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए । नेकपाको आजको बैठकमा राष्ट्रिय सभामा मनोनित गर्ने सदस्यबारे छलफल गर्ने तयारी छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा […]