Breaking News

दरबाङमा १५ शैयाको अस्पताल सञ्चालनको तयारी

ठाकुरप्रसाद आचार्य /म्याग्दी बेनी(म्याग्दी) चैत १२ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाख देखि १५ शैयाको अस्पताल सञ्चालनको तयारी गरिएको छ । मालिका गाउँपालिका र निक साइमन इन्स्टिच्युटको संयुक्त साझेदारीमा दरबाङ प्राथमिक स्वस्थ्य केन्द्रलाई स्तरोन्नति गरि अस्पताल बनाउन लागिएको हो । अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र चिकित्सकको व्यवस्थापन निकसाइमन र गाउँपालिकाले […]

कोरोनाको जोखिम बढेको भन्दै साबधानी अपनाउन प्रशासनको अनुरोध

विकल्प न्यूज/बेनी चैत ११ गते ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीले पछिल्लो समय पुनःकोरोना संक्रमणको जोखिम बढेको भन्दै साबधानी अपनाउन सवैमा अनुरोध गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको वैठकले छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक सर्तकता अपनाउन सर्वसाधरणहरुमा अनुरोध गरेको हो । कोरोनाको जोखिम बढेको भन्दै आवश्यक […]

कोरोनाको दोस्रो लहरको त्रास : ७७ वटै जिल्लामा क्वारेन्टिन तयार राख्न निर्देशन

विकल्प न्यूज/बेनी चैत ११ गते ।  सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको […]

बेनीको मंगलाघाटबाट ठूलो परिमाणमा लागूऔषध सहित युवा पक्राउ

विकल्प न्यूज/बेनी चैत १० गते ।  प्रहरीले बेनीको मंगलाघाटबाट ठूलो परिमाणमा लागू औषध सहित एक युवालाई पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका ६ कोट गाउँ स्थायी घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा भाडामा वस्ने साजन शेरपुञ्जालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको हो । लागू औषध लुकाई छिपाई राखेको प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा […]

पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी बिजयी

विकल्प न्यूज/पर्वत चैत १० गते ।  पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी फराकिलो मत अन्तरले बिजयी हुनुभएको छ । सोमबार सम्पन्न मतगणना अनुसार अधिकारीले एकहजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँको प्रतिस्पर्धी शिव पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी शिव पौडेल त्यसैगरी महिला सदस्यमा देवी […]

बेनी-जोमसोम सडक चैत्र १४ देखि १७ गतेसम्म बन्द हुने

विकल्प न्युज ९ गते ।  जोमसोम : उत्तरी/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी/जोमसोम ७६ किमी सडक ४ दिनक लागि बन्द हुने भएको छ । कालिगण्डकी करिडोरअन्र्तगत बेनी/जोमसोम सडकखण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले यही चैत्र १४ गते देखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला सडक सुरक्षा […]

‘स्विमिङ र डाइभिङ’कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ’

घोडेपानी, चैत ८ गते । एक्काइस वर्ष नौ महिना भारतीय सेनाको जागिरबाट अवकाश पाएर स्वदेश फर्किंदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको मनमा खेल प्रशिक्षक बन्ने सपना थियो । उहाँ गोर्खा सैनिकमा रहँदा ‘स्विमिङ’ र ‘डाइभिङ’ खेलमा भारतका राष्ट्रिय प्रतियोगितामा विजेता बन्नुभएको थियो । बैसठ्ठी वर्षीय उहाँले सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमन वेल्थ, […]

प्रहरीको कार्ययोजना सार्वजनिक

विकल्प न्यूज/बेनी चैत ७ गते । जिल्लाको शान्ति सुरक्षाको लागि प्रभाकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले कार्ययोजना बनाएको छ। जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रणनीति सहित अघि बढ्न प्रहरीले कार्ययोजना बनाएको हो । दुई महिना अघि आउनुभएका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले जिल्लाका सरोकारवालाहरुको छलफल तथा अन्तरक्रियापछि आफुले कार्ययोजना […]

मालढुंगा–बेनी सडक खण्ड चौडा तथा स्तरोन्नति हुँदै

ठाकुरप्रसाद आचार्य /म्याग्दी म्याग्दी, चैत ६ गते ।  उत्तर दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर अन्तर्गत मालढुङ्गा–बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्रे गर्ने योजना अगाडि बढाइएको छ । बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण गर्न लागिएको हो । म्याग्दीको सदरमुकाम बेनी जोड्ने छोटो दूरीको यो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । यस सडकलाई कालिगण्डकी कोरिडोर […]

नयाँ वर्षका अवसरमा बेनीमा लोक साँस्कृतिक उत्सव

विकल्प न्यूज/बेन चैत ६ गते । नयाँ वर्ष २०७८ का अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन ’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मञ्चमा […]

विरुवा उपलब्ध गराउने बाहनामा जलजलाका किसानबाट जथाभवी पैसा संकलन

विकल्प न्यूज/जलजला चैत ६ गते । पर्वतको जलजला गाउँपालिकाका किसानलाई विरुवा बेच्ने बहानामा एक कम्पनीले ठगी गरेको आरोप लागेको छ । चितवनको भरतपुरमा कार्यालय रहेको धनलक्ष्मी बायोटेक्नोलोजो प्रालिका प्रतिनिधिहरुले विरुवा उपलब्ध गराउने बाहनामा किसानबाट जथाभावी पैसा उठाएका हुन् । ३ महिना अघिदेखि पर्वतको धाइरिङ, नाग्लीबाङ, फट्केढुंगा, बेनी नगरपालिकाको सारेमारे क्षेत्रका किसानबाट पैसा संकलन गरिरहे पनि […]

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुला

विकल्प न्यूज/बेनी चैत ६ गते ।   सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले आज (चैत ६ गते) शुक्रबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको […]

सत्ताको भागबण्डा नमिलेका कारण कम्युनिष्टमा विघटन आयो ः नेता पौडेल

ठाकुरप्रसाद आचार्य / म्याग्दी चैत १ गते ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ताका लागि मरिहत्ते गर्न नहुने बताउनुभएको छ । लोकतन्त्र र प्रजातन्त्रका लागि लडेको काँग्रेसको पहिलो प्राथमिकता भनेको सत्ता नभएर संविधान र व्यवस्था बचाउनु भएको उहाँले बताउनुभयो । सत्ताका लागि मरिहत्ते गर्ने होइन उहाँले भन्नुभयो ‘संविधान र व्यवस्था बचाउने काँग्रेसको पहिलो […]

पुनर्जिवित नेकपा(एमाले)को चुनौतीः एकताकी विभाजन ?

कृष्ण पौडेल/विकल्प न्यूज चैत १ गते । गत आमनिर्वाचनमा नेकपा (एमाले)को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहितको कम्यूुनिष्टगठबन्धनले संसदको दुईतिहाई निकटको स्थानहासिल ग¥यौं । एमालेका अध्यक्ष माननीय खड्गप्रसाद ओली गठबन्धन सरकारको प्रधानमन्त्री नियूक्त भए । साथै उनको सरकारलाई चुनावी गठबन्धन बाहिरका मधेशवादी भनिने दलहरुको समेत समर्थन प्राप्तभएको थियो, तत्कालिन संघीय समाजवादीका नेता उपेन्द्र यादव सकारमा समेत […]

सर्वोच्चको न्यायाधीशमा म्याग्दीका नहकुल सिफारिस

विकल्प न्यूज/बेनी फागुन २८ गते ।   सर्वोच्च अदालतको न्यायाधीशमा म्याग्दीका नहकुल सुवेदी सिफारिस हुनुभएको छ । रघुगंगा गाउँपालिका २ भगवतिका सुवेदी यसअघि उच्च अदालत सुर्खेतमा कार्यरत हुनुहुन्थ्यो । सुवेदीका साथै न्यायाधिशमा कुमार चुडाल सिफारिस हुनुभएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उहाँहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । यस्तै उच्च अदालतको न्यायाधीशमा १८ जना […]