Breaking News
पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको अधिवेशन सम्पन्न (फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको पाँचौं साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रकार टोड्के स्थित टोड्के हिल रिसोर्टमा सम्पन्न संस्थाको अधिवेशनले पुन कमल खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिकृष्ण गौतम,सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य,सहसचिव राकेश शर्मा र सदस्यहरुमा सन्तोष […]
जलजलाका किसानले खोलेको कृषि बजार प्रभावकारी
विकल्प न्यूज/बेनी मंसिर २२ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाका किसानहरुले खोलेको कृषि बजार प्रभावकारी भएको छ । कृषिजन्य उत्पादनले मूल्य नपाएपछि किसानहरुले एकवर्ष अघि सामुहिक रुपमा कृषि बजार खोलेका हुन । कृषकले उत्पादन गरेका ताजा तरकारी र फलफुललाई सिधै उपभोक्ता समक्ष पु¥याउन जलजलाको ४ मोहनचोक र म्याग्दीको सदरमुकाम बेनीबजारमा कृषि बजार सञ्चालित छ । […]
भूरुङ तातोपानीमा २५ करोड लगानीमा होटल सञ्चालनको तयारी (भिडियो)
विकल्प न्यूज\बेनी मंसिर २२ गते । कालिगण्डकी कोरिडोरमा अहिले सम्मकै ठूलो होटल सञ्चालनको तयारी गरिएको छ । बेनीमा विगत २५ वर्ष देखि व्यवसाय गर्दै आउनुभएका राजु हामलले करिब २५ करोड रुपियाँ भन्दा बढी लगानी गरेर अन्नपूर्ण गाउँपालिका ४ भूरुङ् तातोपानीमा न्यूचुरल होटल स्प्रिङ सञ्चालनको तयारी गर्नुभएको हो । यतिखेर होटलका लागि ७ तले भवन निर्माण […]
बेनीमा जेसीज कप फुटबल प्रतियोगिताको १९ औं संस्करण सुरु (फोटो)
विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीमा बुधबार देखि १९ औं जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगितामा जिल्लाभरबाट २१ विद्यालयको सहभागिता रहेको जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता मंगलबार उद्घाटन गरिएको थियो । प्रतियोगिता मंसिर २५ गतेसम्म संचालन हुने छ । […]
नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि
काठमाडौँ — नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यसका बारे जानकारी दिन मन्त्रालयलले अहिले पत्रकार सम्मेलन गरिरहेको छ । ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।
काँग्रेस गण्डकी कार्यसमितिमा म्याग्दीबाट अनोद र विमला विजयी
विकल्प न्यूज/बेनी मंसिर १९ गते । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी हुनुभएको छ । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले ५३४ र बानियाँले ५२९ […]
कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी
विकल्प न्युज/ पाेखरा मंसिर १९ गते । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् । केही मतगणना गर्नु अगावै उनी निर्वाचित भएका हुन् । मत गन्न बाँकी छ । तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि उनको जित सुनिश्चित भएको हो । शर्मा पौडेल कोइराला समूहका […]
गण्डकीमा काँग्रेस अधिवेशन : सकियो मतदान, आजै मतगणना हुने
विकल्प न्यूज/पोखरा मंसिर १८ गते । गण्डकी प्रदेशमा नेपाली काँग्रेस अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान सुरु भएको मतदान साँझ सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । गण्डकीमा काँग्रेसका एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन […]
गलेश्वरमा शतवीज छर्ने भक्तजनको चहलपहल (फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर १७ गते । म्याग्दीको प्रशिद्ध गलेश्वरधाममा बालाचतुदर्शीका दिन (आज) सदवीज छर्ने भक्तजनहरुको चहलपहल देखिएको छ । कोरोना महामारीका लामो समय देखि सुनसान बनेको मन्दिरमा आज भने भक्तजनको चहलपहल भएको हो । सतवीज छर्न म्याग्दीका साथै बागलुङ,पर्वत लगायतका जिल्लाहरुबाट भक्तजनहरु आएका छन् । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका […]
जलजलाको गौशालामा हुर्किदै छन गाईहरु (भिडियो/फोटो)
विकल्प न्यूज/बेनी मंसिर १६ गते । स्थानीय जातका गाईको सरक्षण गर्न पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा गौशाला स्थापना गरिएको छ । लोपहुँदै गएको स्थानीय जातका गाईको संरक्षण गौशाला स्थापना गरिएको हो । गौशालामा हाल स्थानीय जातका ३२ वटा गाईहरु छन् । गण्डकी गोपाल गौशालाले दुईवर्ष अघि नेपालमै पहिलो पटक गौ महोत्सव आयोजना गरेको थियो । […]
सभापति खम्बिरको अङ्गालोले दिन खोजेको सन्देश
विकल्प न्यूज /बेनी मंसिर १५ गते । बुधवार विहान नेपाली कांग्रेसको बेनी स्थित पार्टी कार्यालयमा भिन्न दृश्यहरु देखिएका थिए । काँग्रेसको आसन्न १४ औं महाधिवेशन र प्रदेश अधिवेशनका लागि म्याग्दीबाट उम्मेदवार घोषणा कार्यक्रम राखिएको थियो । संविधानसभा सदस्य तथा पूर्व पार्टी सभापति रेशमबहादुर बानियाँले केन्द्रिय सदस्यका लागि र पूर्व जिल्ला सहसभापति नेत्रबहादुर महतले गण्डकी प्रदेशको […]
म्याग्दीका नेता बानियाँ र महतद्धारा कांग्रेसको केन्द्रिय सदस्य र प्रदेश उपसभापतिमा उम्मेदवारी घोषणा
विकल्प न्यूज/बेनी मंसिर १५ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा म्याग्दीका नेता रेशमबहादुर बानियाँ र गण्डकी प्रदेश कार्यसमितिको उपसभापतिमा नेत्रबहादुर महतले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधबार काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर नेता द्धायले जिल्ला पार्टी सभापति र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई साक्षी राखेर उम्मेदवारी घोषणा गर्नुभएको हो । […]
माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा हरि भण्डारी चयन
विकल्प न्युज/ बेनी म्याग्दी ११ मंसिर । नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित भएका हुन् । कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिबमा भविन्द्र शेरपुञ्जा,सह–सचिबमा कर्ण राना निर्वाचित […]
माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा शेरबहादुर केसी
विकल्प न्युज/ बेनी बेनी, ११ मंसिर । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिबमा किसान […]
म्याग्दीका स्थानीय तहमा आज माओवादी केन्द्रको सम्मेलन हुँदै
विकल्प न्यूज/बेनी मंसिर ११ गते । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) आज शनिबार एकसाथ स्थानीय तहको अधिवेशन गरेर नेतृत्व चयन गर्दैछ् । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको नेकपा माओवादी केन्द्रको निर्बाचन समितिका म्याग्दी जिल्ला संयोजक चन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो । “सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको नेतृत्व चुनिन्छ,” उहाँले […]