Breaking News

म्याग्दी मिडिया सोसाईटी अध्यक्षमा विश्वकर्मा चयन

विकल्प न्यूज/बेनीपुस,२० गते । म्याग्दीमा क्रियाशिल पत्रकारहरुद्वारा संचालित संचारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको अध्यक्षमा अमित विश्वकर्मा चयन हुनुभएको छ ।सोसाईटीको शुक्रबार साँझ बेनी नगरपालिका –४, सिंगा स्थित हरियाली ग्रुपको सभाहलमा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट विश्वकर्मा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा साधन राम्जाली,सचिव राकेश शर्मा,कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य ,सदस्यहरूमा […]

प्रयोगबिहिन बन्यो अन्नपूर्णको पालिकास्तरीय अस्पताल भवन

ठाकुरप्रसाद आचार्यम्याग्दी,पुस १८ गते । करोडौं रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगबिहिन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा निर्माण भएको पालिकास्तीय अस्पताल भवन मेडिकल उपकरण,स्वास्थ्य जनशक्ति र अन्य पूर्वाधारको व्यवस्थापन नहुँदा दुईवर्ष देखि प्रयोगविहिन बनेको हो । उसो त यो अस्पताल भवन बनाउने भौगोलिक हिसाबले पनि उपयुक्त थिएन । अस्पताल बनाउने […]

आठौं म्याग्दी महोत्सवको तयारी तिव्र

विकल्प न्यूज\बेनीपुस १७ गते । म्याग्दीको बेनीमा आयोजना हुने आठौं म्याग्दी महोत्सवको तयारी तिव्र पारिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुने महोत्सवको तयारीमा निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ जुटेको छ ।पुस २८ देखि माघ ८ गते सम्म बेनीमा म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको आयोजना गरिएको […]

बसाइँसराइलाई रोक्दै सुन्तलाखेती

म्याग्दी, पुस १६  गते ।  बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो ।  सदरमुकाम बेनीमा घर बनाइसकेका उहाँलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख […]

अनेमसंघ बेनी नगरमा शाही चयन

विकल्प न्यूज/बेनीपुस १६ गते । नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको दोस्रो सम्मेलन सोमबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनले कृष्णकुसुम चन्द शाहीको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघको बेनी नगरपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । सम्मेलनबाट कमिटीको उपाध्यक्षमा सुन्तली जिसी खड्का, सचिवमा शारदा राना, सहसचिवमा पुष्पा थापा र कोषाध्यक्षमा साधना […]

घतानमा नसर्ने रोगको स्क्रिनिङ शिविर सुरु

विकल्प न्यूज/बेनीम्याग्दी,पुस १६ गते । म्याग्दीको बेनी नगरपालिका ९,घतानमा गरिएको नसर्ने रोगको स्क्रिनिङ शिविरमा ३ सय ४५ जना लाभान्वित भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजना, बेनी नगरपालिका र बेनी अस्पताल म्याग्दीको समन्वयमा नसर्ने रोगहरुको दुईदिने बृहत स्क्रिनिङ शिविर संचालन गरिएको हो । दुई दिनसम्म संचालन हुने शिविरमा सुगर, प्रेसर, रगत, पिसाब, खकारलगायत […]

मालिकामा पौने तीन करोड थप बजेट बिनियोजन

विकल्प न्यूज\बेनीपुस १५ गते । म्याग्दीको मालिका गाउँपालिकाको आइतबार सम्पन्न १६औ गाउँसभाले चालु आर्थिक वर्ष २०८१ ०८२ को लागि थप पौने तीन करोड बजेट बिनियोजन भएको छ ।छ्यारछ्यारे स्थित गाउपालिकाको सभाहलमा बसेको सभाले थप रु दुई करोड ७२ लाख बजेट बिनियोजन गरेको हो । आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट रु। दुई करोड १२ लाख […]

म्याग्दीका गौतमको नेतृत्वमा नेपालमा सौर्य गतिबिधी र वर्षाको बारेमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक

बेनी, १५ पुष ः अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिबिधी र बर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । गौतमको नेतृत्वमा अनुसन्धानकर्ताहरु अशोक शिल्वाल, बासु बराल र डा। बिनोद अधिकारीको टोलीले “द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटि अन रेनफल इन नेपाल ः अ केस स्टडी” शिर्षकमा गर्नुभएको अध्ययनको […]

प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा

विकल्प न्यूज/बेनीपुस १२ गते । करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा विकास हुन थालेको हो । स्थानीय अगुवा युवा पुर्ख पुर्जा पुनले फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए । […]

म्याग्दीका स्थानीय तह ः सरकारी कोषमा जनप्रतिनिधि र कर्मचारीको दोहन

ठाकुरप्रसाद आचार्य/नवविकल्पपुस ११ गते । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारमा बेथिति र अनियमितताको चाङ चुलिँदो छ । स्थानीय सरकारले गर्ने बजेट खर्चमा नियन्त्रणको विधि प्रभावकारी नहुँदा बेथितिले शिखर चुमेको छ । जनप्रतिनिधि र कर्मचारीहरुले सरकारी कोषको दोहन गरेका छन् । महालेखा परिक्षकक कार्यालयको आर्थिक वर्ष २०७९\०८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनलाई आधार मान्ने हो […]

प्रकाश माविले ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

विकल्प न्यूज/बेनीपुस १० गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले मङ्गलवार ७२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको प्राङ्गणमा एक समारोहबीच विविध कार्यक्रमहरुको आयोजना गरेर प्रकाश माविले ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।स्थापना भएको ७२ वर्ष पुगेको अवसरमा विद्यालयद्वारा प्रकाशित प्रकाशपुञ्जको विमोचन गर्नुका साथै उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, एसइई परीक्षामा उत्कृष्ट […]

बेनी नगरमा पाँचमहिनाको अवधिमा सवा करोड भन्दा बढी आन्तरिक आम्दानी

विकल्प न्यूज/बेनीपुस ९ गते । म्याग्दीको बेनी नगरपालिकाले पछिल्लो पाँचमहिनाको अवधिमा सवा करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिर महिना सम्म एक करोड १९ लाख ९१ हजार रुपियाँ आन्तरिक आम्दानी संकलन गरेको १६ औं नगरसभामा उपप्रमुख ज्योति लामिछानेले जानकारी गराउनुभएको थियो । उहाँका अनुसार चालु आ.व मा नगरले […]

नेपाल जेसिजको केन्द्रीय उपाध्यक्षमा बेनीका खत्री निर्वाचित

विकल्प न्यूज/बेनीपुस ९ गते । नेपाल जेसिजको ५१औं महाधिवेशनबाट केन्द्रिय उपाध्यक्षमा बेनीका सन्दिप खत्री निर्वाचित हुनुभएको छ । इटहरीमा सम्पन्न महाधिवेशनमार्फत वर्ष २०२५ का लागि जेसिजको निर्वाचनमा खत्री उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । खत्री म्याग्दी जेसिजका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । युवा व्यवसायीका रुपमा उदयमान खत्री जेसिजमा संलग्न भएर विभिन्न सामाजिक कार्यमा समेत क्रियाशिल […]

समयमै सम्पन्न नभएका आयोजनाहरूको म्याद थप नभई कालोसूचीमा राखिन्छ ः सांसद गर्बुजा

विकल्प न्यूज\बेनीपुस ९ गते । म्याग्दी जिल्लामा सञ्चालित ठूला विकास आयोजनाको पटक–पटक म्याद थप गरिएको समयमा सम्पन्न हुन नसकेको अवस्थामा अब तोकिएको समयमा सम्पन्न नभए म्याद थप नगर्न सम्बन्धित निकायलाई दवाव दिएको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताउनुभएको छ । पटक–पटक म्याद थप गर्दा ठूला योजनाहरु बषौंदेखि अलपत्र परेको अवस्थामा अब थप नगरी कालोसुचीमा राखेर कारबाही […]

बेनी नगरपालिकाद्धारा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान

विकल्प न्यूज/बेनीपुस ४ गते । बेनी नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । बिहिबार १६ औं नगरसभामा उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरिएको हो ।नगरसभामा नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले सम्मान सम्मान गर्नुभएको थियो । नगरपालिकाले शिक्षा अधिकृत कमल […]