Breaking News

म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/ बेनी असार १७ गते ।  विहिवार म्याग्दीमा थप ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । केहि दिन यता काेराेना संक्रमण बढ्न थालेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला गाँउपालिकामा ३ जना गरी १२ जना पिसिआर विधिबाट र मंगला गाउँपालिकामा २७ जना , […]

सिमलचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाईते

म्याग्दी १६ असार । म्याग्दीमा बुधवार साँझ भएको जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नम्बर २ सिमलचौरको नेवारेखोलामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा […]

आगामी तीन दिन भारी वर्षाको सम्भावना

१६ असार, काठमाडौं । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ । ‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले […]

म्याग्दीमा मंगलबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी असार १५ गते ।    म्याग्दीमा मंगलबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १०,मंगलामा ६,रघुगंगामा ४,अन्नपूर्णमा ३ र पर्वतको जलजलामा ३ गरि २६ जना पिसिआर विविधबाट र धौलागिरिमा १ मंगलामा २,रघुगंगामा ४ जना गरी ७ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणबाट उक्त संख्यामा कोरोना संक्रमण […]

मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो

विकल्प न्युज/ बेनी असार १३ गते ।   म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखी मुदीमा बिजुली बालिएको हो । प्राधिकरण म्याग्दी विद्युत वितरण केन्द्रका सुचना अधिकारी रबिन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका दुईसय घरमा विद्युतिकरण […]

बेनी नगरपालिकाको बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता

विकल्प न्यूज\बेनी असार ११ गते ।  ‘कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित म्याग्दीको बेनी नगरपालिकाले ६६ करोडको बजेट ल्याएको छ । नवौं नगर सभामार्फत बिहीबार आगामी आर्थिक वर्ष २०७८\७९ का लागि कुल ६६ करोड पाँचलाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । नगरसभामा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले […]

मंगलामा ४२ करोड बढीको बजेट पारित

विकल्प न्यूज\बेनी बेनी १० असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र बावियाचौरमा आयोजित एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको हो । मंगलामा […]

मालिकाले ल्यायो साढे पचास करोडको बजेट

विकल्प न्यूज\बेनी दरबाङ, १० असार । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ १९ करोड २७ […]

धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

विकल्प न्युज/मुना मुना, ९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ । बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कवाङका जनप्रतिनिधीहरुले […]

रघुगंगामा ५३ करोड बढीको बजेट पारित

विकल्प न्यूज\बेनी असार ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको हो । रघुगंगाले […]

अन्नपुर्ण गाउँपालिकाले ल्यायो ४२ करोड ३० लाखको बजेट

विकल्प न्युज/ पाेखरेबगर असार ७ गते ।  म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आगामी आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगामी आर्थिक बर्षको लागि निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष मगरले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ […]

बेनीको पछैमा रामायण पार्क निर्माणको तयारी

विकल्प न्यूज\बेनी असार ६ गते । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान )निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पार्क निर्माणका […]

बाढीपहिरोका कारण दुःख र पीडाले भरिएको धाइरिङको किराखोर बस्ती(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य\जलजला किराखोर असार ६ गते ।  ‘‘राती ठूलो वर्ष भइरहेको थियो । बाहिर निस्केर हेर्दा पिँडी र घर चर्किसकेको रहेछ । रातको दुई बजेको थियो बच्चा च्यापेर भागेर स्कुलमा पुगें । बारी सबै बगेको छ । म मजदुर हो अव कसरी परिवार पालौं ।’’ साना साना बालबच्चा छन् कहाँ राख्ने के खाने ? यी […]

पहिरो पीडितलाई राहत लिएर धाइरिङ पुग्यो क्रियटिभ ग्रुप

विकल्प न्यूज\जलजला असार ५ गते ।  पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका पहिरो पीडितलाई राहत लिएर जलजला क्रियटिभ ग्रुप गाउँ पुगेको छ । निरन्तरको वर्षाका कारण धाइरिङ किराखोरमा ३१ घरपरिवार विस्थापित भएका छन् । कोरोना नियन्त्रण,रोकथाम तथा व्यवस्थापनमा सक्रिय युवाहरुको समुह जलजला क्रियटिभ ग्रुपले बाढीपहिरो प्रभावितलाई राहत र व्यवस्थापनमा जुटेको छ । ग्रुपले शुक्रबार धाइरिङ पुगेर […]

उत्तरी म्याग्दीमा भारी वर्षाका कारण कालिगण्डकीको बहाव बढ्यो (फोटो/भिडियो)

विकल्प न्यूज\बेनी असार ३ गते । विहिवार साँझबाट कालिगण्डकी नदीमा बहाव बढ्न थालेको छ । विहिवार बर्षा रोकिएपछि नदीमा पानीको सतहमा कमि आएको थियो । तर हिमाली भेगतिर वर्षा कायमै भएकाले साँझबाट नदी बढेको हो । अन्नपूर्ण गाउँपालिकाको हिमाली भेगतिर भारी मात्रामा वर्षा भएकाले नदीको बहाव एक्कासी बढेको प्रहरीले जनाएको छ । तिन दिन यताको […]