Breaking News

बिद्युत सेवा बन्द भएपछि लुलाङ गाउँको जनजीवन प्रभावित

ठाकुरप्रसाद आचार्य/बेनी पुस ६ गते । म्याग्दीको पश्चिम धवलागिरि गाउँपालिका २ दुर्गम लुलाङ गाउँ चारमहिना देखि अन्धारमय बनेको छ । गत भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको हो । वाढीका कारण परियोजनाको मरेनी स्थित विद्युत गृहको भवन, जेनेटर, एलसी बोर्ड […]

बेनीमा एकतर्फी यातायात कार्यान्वयनमा सहज कि असहज !

विकल्प न्यूज/बेनी पुस ६ गते । सदरमुकाम बेनीमा ट्राफिक व्यवस्थापन गर्न एकतर्फी यातायात सञ्चालन गरिएको छ । एकहप्ता अघि बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइपछि पौष १ गते देखि बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागू गरिएको हो । बजारलाई सुन्दर र व्यवस्थित बनाउन ति कदमहरु चालिएको […]

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल चयन

विकल्प न्यूज/बेनी पुस ४ गते । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा लेखबहादुर हमाल चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनले हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा रमेश सिं ठकुरी र बिरमाया विश्वकर्मा, सचिव भिमबहादुर घर्ती , कोषाध्यक्ष मनबहादुर रोका , सहसचिब […]

वरीपरी हिउँले घेरिएको मुस्ताङको ढुम्बा ताल(फोटो कथा)

ठाकुरप्रसाद आचार्य/मुस्ताङ पुस ४ गते ।   वरीपरि रहेका निलगिरि हिमाल,धौलागिरि,मानापाथी लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल पुग्छन् । जोमसोमबजारबाट १५ मिनेटमा यहाँ पुग्न सकिन्छ । ताल सम्म पुग्नका लागि सडक निर्माण गरिएको छ । ढुम्बा तालमा पुग्ने पर्यटकले […]

जोमसोममा सूचना बिभागको घुम्ति शिबिर

जोमसोम, १ पुष ।  मुस्ताङको सदरमुकाम जोमसोममा बिहिबारदेखि सूचना तथा प्रशारण बिभागको आयोजनामा घुम्ति शिबिर शुरु भएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई दिनसम्म सञ्चालन हुनेछ् । शिबिरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चार माध्यमको दर्ता प्रमाणपत्र बितरण र नबिकरण सेवा दिइने सूचना बिभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । हिमाली […]

पत्रकार गौतमलाई बागलुङको सृजनशील पत्रकारिता पुरस्कार

विकल्प न्युज/ बेनी मंसिर २७ गते । सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार सहित […]

माओवादी केन्द्रकाे गण्डकी प्रदेश समितीमा म्याग्दीबाट ११ जना

पोखरा, २७ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यीय समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदेश समिती चयन गरेको हो । समितिमा […]

धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

मुना, २७ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गरेको प्रस्ताब सभाका सदस्यहरुले छलफल पछि पारित भएको […]

जेसिज कप फुटबल प्रतियाेगिताकाे फाईनलमा बुद्ध र वेष्ट प्वाइन्ट

विकल्प न्युज/ बेनी मंसिर २५ गते ।  बेनी मा जारी जेसिज कप फुटबल प्रतियाेगिताकाे १९ आै संस्करणकाे फाईनलमा बेनीकाे बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाइन्ट मावि पुगेका छन । शनिबार भएको सेमिफाइनल खेलमा केभि एकेडेमीलाई ० का विरूद्द २ गाेल गर्दै वेष्ट प्वाइन्ट फाईनलमा पुगेकाे हाे । यसै गरि किसानी मावि धारापानीलाई ० का विरूद्द […]

म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा खत्री चयन

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।  म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा कमल खत्री सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । शुक्रवार म्याग्दीको पर्यटकीय स्थल टोड्केमा आयोजित संस्थाको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट खत्रीको अध्यक्षतामा नेतृत्व चयन भएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिकको प्रकाशक/सम्पादक हुनुहुन्छ । समितिको उपाध्यक्षमा हरिकृष्ण गौतम, […]

मिडिया अवार्डबाट पत्रकार गौतम सम्मानित

विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार मिडिया सोसाइटी अवार्ड–२०७८ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा सात हजार ८६५ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले […]

पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको अधिवेशन सम्पन्न (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको पाँचौं साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रकार टोड्के स्थित टोड्के हिल रिसोर्टमा सम्पन्न संस्थाको अधिवेशनले पुन कमल खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिकृष्ण गौतम,सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य,सहसचिव राकेश शर्मा र सदस्यहरुमा सन्तोष […]

जलजलाका किसानले खोलेको कृषि बजार प्रभावकारी

विकल्प न्यूज/बेनी मंसिर २२ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाका किसानहरुले खोलेको कृषि बजार प्रभावकारी भएको छ । कृषिजन्य उत्पादनले मूल्य नपाएपछि किसानहरुले एकवर्ष अघि सामुहिक रुपमा कृषि बजार खोलेका हुन । कृषकले उत्पादन गरेका ताजा तरकारी र फलफुललाई सिधै उपभोक्ता समक्ष पु¥याउन जलजलाको ४ मोहनचोक र म्याग्दीको सदरमुकाम बेनीबजारमा कृषि बजार सञ्चालित छ । […]

भूरुङ तातोपानीमा २५ करोड लगानीमा होटल सञ्चालनको तयारी (भिडियो)

विकल्प न्यूज\बेनी मंसिर २२ गते । कालिगण्डकी कोरिडोरमा अहिले सम्मकै ठूलो होटल सञ्चालनको तयारी गरिएको छ । बेनीमा विगत २५ वर्ष देखि व्यवसाय गर्दै आउनुभएका राजु हामलले करिब २५ करोड रुपियाँ भन्दा बढी लगानी गरेर अन्नपूर्ण गाउँपालिका ४ भूरुङ् तातोपानीमा न्यूचुरल होटल स्प्रिङ सञ्चालनको तयारी गर्नुभएको हो । यतिखेर होटलका लागि ७ तले भवन निर्माण […]

बेनीमा जेसीज कप फुटबल प्रतियोगिताको १९ औं संस्करण सुरु (फोटो)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीमा बुधबार देखि १९ औं जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगितामा जिल्लाभरबाट २१ विद्यालयको सहभागिता रहेको  जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता मंगलबार उद्घाटन गरिएको थियो । प्रतियोगिता मंसिर २५ गतेसम्म संचालन हुने छ । […]