Breaking News
गलेश्वरका ज्येष्ठ नागरिकलाई भोजन

म्याग्दी, जेठ १४ गते । गणतन्त्र दिवस–२०८१ को अवसरमा पवित्र धार्मिकस्थल बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिक तथा संस्कृत विद्यालयका विद्यार्थीलाई सोमबार बिहानको भोजन गराइएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा गलेश्वर पुलस्त्य पुलहाश्रम अन्न क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थी गरी एक सयभन्दा बढीलाई भोजन गराइएको गणतन्त्र […]
कालीगण्डकीको सभ्यता जोगाउने अभियान

विकल्प न्यूज/बेनी जेठ १४ गते । कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन्। श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर हालै यहाँ कालीगण्डकी नदीका शिलामा भगवान्का विभिन्न नाम अङ्कित गरे । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवान्का रूपमा पुज्ने गर्छन्। अवैज्ञानिक उत्खननले एकातिर नदीको […]
गण्डकी प्रदेशमा वनक्षेत्रको २० वर्षे रणनीतिक योजना बन्दै

विकल्प न्यूज/बेनी जेठ १३ गते । गण्डकी प्रदेशमा वन क्षेत्रको रणनीतिक योजना बनाउन लागिएको छ । प्रदेशको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशमा वन क्षेत्रको विकास र संरक्षणका लागि २० वर्षे रणनीतिक योजना तयार पार्न थालेको हो । रणनीतिक योजना बनाउनका लागि मन्त्रालयले आइतबार बेनीमा सरोकारवालाहरु सँग सुझाव संकलन गरेको छ । मन्त्रालयले रिकफ्ट नेपालसँगको […]
सोमबार देखि बेनीमा ‘‘प्रथम म्याग्दी यूवा कप’’ सुरु हुने

विकल्प न्यूज/बेनी जेठ १३ गते । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ । आइतबार नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोमबार विहान ११ बजेदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको […]
विपन्न परिवारलाई खाद्यन्न सहयोग र स्वास्थ्य परिक्षण गरेर स्थापना दिवस मनाइयो

विकल्प न्यूज/बेनी जेठ १३ गते । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संघका अध्यक्ष […]
नयाँ नेतृत्व चयन गर्दै सकियो अनेम संघ म्याग्दीको नवौं जिल्ला सम्मेलन

विकल्प न्यूज/बेनी जेठ १२ गते । नेकपा (एमाले) निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको नवौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार र शनिबार बेनीमा सम्पन्न भएको सम्मेलनले यशोदा रोकाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पशुपति शाही र हेककुमारी पुन चयन हुनुभएको छ । यसैगरी […]
बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली शुरु

विकल्प न्यूज /बेनी म्याग्दी, १२ जेठ । म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली शुरु गरेको छ । सबै नगरबासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, शुसासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर […]
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी, जेठ गते । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न वि।स। २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले […]
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प

म्याग्दी, जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको एक करोड ३८ लाख भुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो । सङ्घीय खानेपानी तथा […]
जलजलामा शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक

पर्वत, जेठ ६ गते । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा गुणस्तर बढाउन यस्तो कार्यको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा उनीहरूको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको सुधार र […]
मुस्ताङको एमाले अध्यक्षमा लालचन चयन

म्याग्दी, जेठ ६ गते । नेकपा एमाले मुस्ताङको आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका २ मार्फाका दीपक लालचन सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिवार जोमसोममा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको अधिवेशनको बन्द सत्रले लालचनको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक बिक र उपसचिवमा […]
बेनीको राउवडामा सडक ढलान भएपछि यात्रा सहज

विकल्प न्यूज/बेनी जेठ ४ गते । बेनी नगरपालिका ६ स्थित राउवडाको वस्ती जोड्ने सडक ढलान सहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । सडक ढलान भएसँगै वर्षातका समयमा हिलाम्मे सडकका कारण राउवडावासीहरुले भोग्नु परेको सास्तीको अन्त्य भएको छ । बेनी नगरपालिका, ८ डल्लेपिपलबाट माथि राउवडा चोक–फोहोटे हुँदै ज्यामुनाखर्क जोड्ने सडक स्तरोन्नति योजना अन्तर्गत रावडामा सडक […]
म्याग्दी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा

विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दीका छ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिता कुमारी सुन्दासले म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुभएको हो । छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै खोप सुनिश्चितताको […]
म्याग्दी क्याम्पसमा विज्ञान प्रयोगशाला भवन निर्माण

विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दी बहुमुखी क्याम्पसमा रु १ करोड ६२ लाख लागतमा विज्ञान प्रयोगशाला भवन र प्रयोगशाला निर्माण भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आइ नेपालको रु १ करोड ३२ लाख र म्याग्दीमा रहेका लायन्स क्लबहरुको रु ४० लाख बराबरको आर्थिक सहयोगमा पाँच कोठे भवन सहित विज्ञान प्रयोगशाला निर्माण गरिएको […]
मादल बजाउने सीप सिक्दै सिंगाका महिलाहरु

विकल्प न्यूज\बेनी बैशाख ३० गते । गाउँघरमा पछिल्लो समय मादल बजाउने सीप हराउन थालेपछि संरक्षणका लागि मादल बजाउने सीप सिकाउन थालिएको छ । बेनी नगरपालिकाले मादल बजाउने मौलिक कलाको संरक्षण गर्न महिलाहरुलाई मादल बजाउने तालिम दिन थालेको हो । गाउँघरमा मादल बजाउने सीप हराउदै जान थालेपछि बेनी नगरपालिका ४ सिंगाका महिलाहरुलाई मादल बजाउने तालिम दिन […]