Breaking News
धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी

विकल्प न्यूज/बेनी असार २४ गते । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग र तटबन्ध निर्माण तथा सडक मर्मत गरिएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना मार्फत मराङमा नदी कटान नियन्त्रणका लागि तटबन्ध, मुदीमा पदमार्ग निर्माण, मुना र ताकममा सडकमा ढुङ्गा बिछ्याएर सोयलीङ गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । पूर्वाधार विकाससँगै नागरिकलाई […]
बेनी नगरको नीति तथा कार्यक्रम पारित – करिब ५३ करोडको बजेट प्रस्ताव

विकल्प न्यूज/बेनी असार २१ गते । बेनी नगरपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ । संघिय सरकारको समृद्ध नेपाल सुखी नेपाली […]
४९ जनाको एउटै परिवार

धनगढी, असार २१ गते । नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार । ’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ । मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् । कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन् […]
सुविधा थप्दै गण्डकी प्रदेशका सांसद – सुब्बासरहको स्वकीय सचिव

२० असार, पोखरा । गण्डकी प्रदेशका सांसदले अब स्वकीय सचिव राख्न पाउने भएका छन् । संसदबाट शुक्रबार पारित प्रदेश सरकारले ल्याएको बजेटमार्फत सांसदले पनि स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको हो । नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने गरी एकमुष्ट बजेटको व्यवस्था गरिएको छ । मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा […]
आकस्मिक अवतरणमा सहयोगी बन्दै हेलिप्याड

विकल्प न्यूज/बेनी असार २० गते । म्याग्दीका ग्रामिण भेगमा निर्माण गरिएका हेलिप्याडहरु आकस्मिक अवतरण पनि सहयोगी बन्न थालेका छन् । शुक्रवार पोखराबाट जोमसोमका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण जोमसोम पुग्न नसकेपछि अन्नपूर्ण २ मान्द्रेढुङ्गामा निर्माण गरिएको हेलिप्याडमा आकस्मिक अवतरण गरिएको हो । हिमाली क्षेत्रमा उड्ने हेलिकप्टर आकष्मीक रुपमा अवतरण गर्नुपर्दा पनि हेलिप्याड सहयोगी हुने रहेछ । […]
असारे विकास ः खेतमै हिड्यो डोजर

असार २० गते । (बझाङ) — खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी […]
बेनी–दरवाङ सडकको हालत ः सडक हो की पोखरी ?(फोटो)

विकल्प न्यूज/बेनी असार १८ गते । बेनी दरवाङ सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका २ सिमलचौर स्थित सडकको यो अवस्था । सडक हो की पानीको पोखरी भन्ने छुट्याउन कठिन छ । लामो सम्म सडकको यस्तो अवस्था हुँदा पनि सम्बन्धित निकाय वेखबर छ । सडकमा पानी र हिलो जमेर धान रोप्नका लागि ठिक्क पारे जस्तो देखिन्छ । […]
ज्यान हत्केलामा राखेर भीरमौरीको सिकार

कमल खत्री /बेनी असार १७ गते । गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करिब ५०० मिटर अग्लो पहाडमा एक जना पुरुष डोरीको भर्याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवा छन् । पहाडको टुप्पोबाट भीरतर्फ झर्दै […]
धौलागिरि पदयात्राका १५ स्थानमा पुलको अभाव

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,असार १६ गते । धौलागिरि गाउँपालिका ४ मुदी बगरका कृष्णबहादुर बुढाथोकी जोखिम मोलेर काठको साघुबाट म्याग्दी खोला वारपार गर्नुहुन्छ । पुर्जा मात्र होइन म्याग्दी खोलाको तिरमा अवस्थीत तातोपानी कुण्डमा स्नान गर्न पुग्ने मुदी बगरका स्थानीयवासी र राउण्ड धौलागिरि पदयात्रामा पुगेका स्वदेशी एवम् विदेशी पर्यटकहरु तातोपानी कुण्डमा पुग्नका लागि ज्याननै जोखिमा पारेर काठको […]
बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १५ गते । आज आइतवार बसेको बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत भएको छ । नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गर्नुभएको विशेष नगरसभालाई पाँँचौ नगरसभामा परिणत गरियोस भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको हो ।शनिवार डेढ महिना लामो विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका नेताहरु विच भएको […]
सहमति जुटेपछि बेनी नगरपालिकाको नगरसभा आज बस्दै

विकल्प न्यूज/बेनी असार १५ गते । राजनीतिक रुपमा सहमति जुटेपछि बेनी नगरपालिकाको नगरसभा आइतवार वस्दै छ । अवको केहीबेरमा नगरपालिकाको सभाहलमा नगरसभा बस्न लागेको हो । नेपाली काँग्रेस र नेकपा विच शनिवार राती भएको सहमति अनुसार विशेष नगरसभालाई बजेट सभाका रुपमा रुपान्तरण गर्न लागिएको हो । नगर कार्यापालिकाको जेठ ३ गतेका निर्णयहरुलाई लिएर विवाद हुँदै आएको […]
अदालतको आदेश सँगै बेनी नगरकार्यपालिकाको जेठ ३ गतेका निर्णय कार्यान्वयनको बाटो खुला

विकल्प न्युज/बेनी असार १२ गते । बेनी नगर कार्यापालिकाको जेठ ३ गतेको वैठकले गरेका निर्णयहरु कार्यान्वयनको बाटो खुला भएको छ । यस अघि जेठ २९ गते बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न दिएको आदेश उच्च अदालत पोखराको बागलुङ इजलासले उक्त आदेशलाई विहिवार खारेज गरे सँगै निर्णय कार्यान्वयनको बाटो […]
बेनीका प्रशान्तले ल्याए चार जीपीए

विकल्प न्यूज/बेनी असार १२ गते । माध्यमिक शिक्षा परीक्षा (एसईईमा) बेनीका प्रशान्त सुवेदीले चार जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसईईमा सहभागी भएका सुवेदीले ४ मा ४ जीपीए ल्याएका हुन् । उनको एसईई सिम्बोल नं. ०२९६४२२ ‘V’ हो। सुवेदीका अभिभावक र विद्यालयले उनी एसईईमा देशभरबाट बढी […]
तरकारी खेतीमा रमाउँदै युवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १२ गते । तरकारी खेतीमा काम गर्दै पोकका बुद्धी विक । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पोकका एक युवाले गाउँमा व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बन्नुभएको छ । २० वर्षीय युवा बुद्धी विकले गाउँमा बेमौसमी तरकारीको व्यवसायिक उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको हो । गाउँका अधिकांश युवाहरु विदेश जान राहदानी […]
यस्तो छ जलजलाको नीति तथा कार्यक्रम पढ्नु्होस् पूर्णपाठ

विकल्प न्यूज/जलजला असार ११ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) ले असार ११ गते बुधवार आयोजित छैटौं गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भएसँगै […]