Breaking News

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि,संख्या ३११२ पुग्यो

विकल्प न्यूज/बेनी भदौं ३० गते । गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालयले ११ बजेर ३० मिनेटमा जारी गरेको प्रेस विज्ञप्तीमा क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा ७ जिल्लामा गरेर उक्त संख्या थपिएको जनाएको छ । थपिएको संख्या सँगै प्रदेशमा अहिले सम्म कोरोना […]

आकाशबाट बाकसमा नआए…(भिडियो सहित)

काठमाण्डौं भदौ ३० गते । ‘आकाशबाट बाकसमा नआए ढोका खोल भन्नेछु म आए’ (पुरुष) ‘घरै धराप छ पहिरो खसेर बाली खायो सलह पसेर’ (महिला) यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ । श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन् […]

साेमबार ११७० जनामा कोरोना संक्रमण पुष्टि

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रायकाे नियमित प्रेेस वि्र्फिङ मा जानकारी दिईएकाे हाे ।

एक करोड लगानीमा हिदीमा अर्गानिक तरकारी खेती

साधन राम्जाली /विकल्प न्यूज भ्दौं २९ गते । छोटो समयमा धेरै उत्पादन गर्ने र मनग्य मुनाफा कमाउने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधिको प्रयोग बढ्ढो छ । तर ग्राहकको रुची भने अर्गानिक तरकारी तिर छ । स्वास्थ्यका हिसाबले पनि अर्गानिक तरकारी उपयुक्त मानिन्छ । पछिल्लो समय अर्गानिक तरकारीको माग बढेको छ […]

कोरोनाका कारण पछिल्लो पटक थप ७ जनाको मृत्यु

भदौ २९, २०७७ काठमाडौं :  कोरोना भाइरसको संक्रमणका कारण थप सात जनाको मृत्यु भएको छ।  धरान, जनकपुर र रुपन्देहीमा २÷२ तथा चितवनमा एक जनाको मृत्यु भएको हो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङको धनपाल गाउँपालिका ६ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। प्रतिष्ष्ठानमै मोरङ विराटनगर १२ का ७० वर्षीय पुरुषको मृत्यु भएको […]

रुप्सेमा फेरी बाढीपहिरो (फोटो)

विकल्प न्यूज/बेनी भदौं २९ गते । म्याग्दीको  अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा फेरी बाढिपहिरो गएको छ । सोमबार विहानै देखि रुप्से झरनामा बाढी आएको हो ।  रुप्सेको शिरमा ठूलो पानी परेकाले बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । बाढीले बेनी जोमसोम सडक खण्ड अन्तर्गत रुप्से झरनामा बनाइएको अस्थायी डाइभर्सन बगाउनुका साथै काठको पुल […]

पछिल्लो २४ घण्टामा कोरोनाका कारण काठमाण्डौंमा ६ जनाको मृत्यु

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण काठमाण्डौंमा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । काठमाडौंका ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेसव्रिफीङमा जानकारी दिइएका हो । यसै गरी देशभर पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।

१२०१ जनामा कोरोना संक्रमण पुष्टि

२७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार […]

शुक्रबार अहिले सम्मकै धेरै थपिए काेराेना संक्रमित

काठमाडौं । भदौ २६ गते । पछिल्लाे  २४ घण्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ७०१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण […]

हरियालीको कालिज फार्ममा पसेको चितुवा हेर्नेको भीड (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं २६ गते । बेनी नगरपालिका ४ सिंगामा रहेको हरियाली ग्रुपको कालिज फार्म भित्र शुक्रबार राती पसेको चितुवा हेर्ने सर्वसाधरणहरुको भीड लागेको छ । चितुवा पसेर कालिजका चल्ला मारेको छ । वरीपरी तारजालीले घेरिएको कालिज फार्म भित्र चितुवा जम्प गरेर पसेको हुन सक्ने संचालक शेरबहादुर केसीले बताउनुभयो । फार्ममा रहेका करिब ६ सय कालिजका […]

थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५० हजार नाघ्यो

२५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या […]

खुसीको खबर ः कुलमानको कार्यकाल २ वर्ष थप्ने तयारी

काठमाडौं, भदौ २४  नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा पेश हुने भएको छ। ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थपसम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा पेश गर्न लागेका हुन्। ‘ऊर्जा मन्त्रीले उहाँ (कुलमान) को कार्यकाल थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानु हुन्छ’, पुनका प्रेस संयोजक दयानिधी भट्टले भने, ‘सम्भवत् बिहीबारको मन्त्रिपरिषदबाट निर्णय हुन्छ।’ […]

कोरोना रोकथाम तथा व्यवस्थापन खर्चलाई मितव्यायी बनाऔं (सम्पादकीय)

भदौं २४ गते । विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम,व्यवस्थापन तथा नियन्त्रण गर्न जिल्ला स्थित सरकारी कार्यालयहरुले ठूलो रकम खर्चिएका छन् । जिल्लामा कोरोना रोकथामका लागि चार महिनाको अवधिमा झन्डै चार करोड रुपियाँ खर्च भएको देखिन्छ । कतिपय सरकारी कार्यालयले सार्वजनिक गरेको कोरोना खर्च हेर्दा अस्वभाविक देखिन्छ।औषधि खरिद,खाना,क्वारेन्टाइन व्यवस्थापन र स्वयमसेवक परिचालनमा भएको […]

बुधबार १०८१ नयाँ संक्रमित थपिए

विकल्प न्यूज/बेनी भदौं २४ गते । बुधबार देशभर गरेर १०८१ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा देश भरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको […]