Breaking News

गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरकाे तयारी

विकल्प न्युज/ पाेखरा असाेज ९ गते ।  गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरकाे तयारी भएको छ । संघीय सरकारभन्दा पहिले गण्डकी प्रदेश सरकारले प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी गरेको थियो । तर, नेकपाको आन्तरिक विवादको कारण गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको काम रोकिएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । मुख्यमन्त्री गुरुङले मन्त्रीमण्डल हेरफेरको काम अन्तिम चरणमा […]

गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/पोखरा असोज ९ गते । गण्डकी प्रदेशमा शुक्रबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा ४ जिल्लाका गरी उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । यो सँगै प्रदेशमा अहिले सम्म ३६४५ जनामा कोरोना पुष्टि भएको […]

कोरोनामुक्त हुनेको सङ्ख्या ५० हजार नाघ्यो

विकल्प न्यूज/बेनी असोज ९ गते । हाल सम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या ५० हजार नाघेको छ । विहिवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको प्रेस विफ्रिङका क्रममा सो जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म ५० हजार ४११ जना […]

बुधवार संक्रमण पुष्टि भएका युवा समुदाय सँग घुलमिल

विकल्प न्यूज/बेनी असोज७गते। बुधबार संक्रमण पुष्टि भएका युवा समुदाय सँग घुलमिल भएको तथ्य बाहिरीएको छ । भारतबाट म्याग्दी आएका ति युवाले नमुना स्वाव दिएर घर फर्किएको खुलेको हो । बेनी नगरपालिका–३ भकिम्लीका ३० वर्षीय युवाको बुधवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनीसँगको सम्पर्कमा आएकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । […]

‘उदयमान नेतृत्व’ तर कमजोर प्रस्तुती !

विकल्प डेस्क /बेनी २०७७ असोज ५ गते । तथ्य १.गत असार २६ गते म्याग्दीमा भिषण पहिरो गयो । बाढी र पहिरोका कारण ठूलो मानविय क्षति भयो । संघीय सरकार वा प्रदेश सरकारकारका प्रतिनिधिहरु पीडितहरुलाई साहनुभूति दिन तत्काल घटनास्थलमा पुगेनन् । तथ्य २. जलविद्युत विकासमा ठूलो महत्व राख्ने राहुघाट जलविद्युत आयोजना निर्माणमा ढिलाई । तथ्य ३. […]

देशैभर ‘पर्यटन गाउँ’

काठमाडौँ, असोज ५ गते ।  देशभरका सम्भावित पर्यटकीय क्षेत्रलाई समेट्ने गरी सरकारले पर्यटन गाउँको विकास गर्ने योजना अगाडि सारेको छ । पर्यटनको लाभ स्थानीय तहसम्म पु¥याउने उद्देश्यसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन गाउँ छनोट, विकास तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७७ समेत जारी गरेको छ । यही कार्यविधिका आधारमा मापदण्ड पूरा भएका क्षेत्रलाई पर्यटन गाउँका रूपमा […]

मदन पुरस्कार विजेता ‘महारानी’मा बाइसे-चौबिसे राज्यको कथा

विकल्प न्यूज/बेनी असोज ४ गते ।  लेखक तथा पूर्व सांसदले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजीलगायत ऐतिहासिक विषयवस्तु समेटिएको छ । लेखक चन्द्रप्रकाश बानियाँको ऐतिहासिक राजनीतिक विषयवस्तुको उपन्यासले नै गत वर्षको मदन पुरस्कार जितेको आइतबार घोषणा गरिएको हो । म्याग्दी जिल्लाबाट निर्वाचित […]

लेखक बानियाँद्धारा लिखित ‘महारानीलाई’ मदन पुरस्कार

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीका पूर्व सांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास) ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ । आइतबार वसेको मदन पुरस्कार गुठी समितिको वैठकले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदनपुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । पुरस्कार छनौंटका लागि गुठीमा प्राप्त भएका एकसय ५१ पुस्तकहरु मध्येबाट […]

यस्तो अवस्थामा भेटियो बेनपा, म्याग्दी र कालिको दोभानमा

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दी र कालिगण्डकीको दोभानमा निर्माण गरिएको उपयोगहिन हेलिप्याड /तस्विर विकल्प न्यूज  दुई वर्ष अघि म्याग्दी र कालिको दोभानमा निर्माण गरिएको हेलिप्याड प्रयोग विहिन भएको छ । आकष्मीक विरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धारमा सहयोग पु¥याउन बेनी नगरपालिकाले करिब ८ लाख रुपैयाँ खर्चिएर हेलिप्याड निर्माण गरेको थियो । तर अहिले […]

ठाउँगाउँको नाम “अर्थुङ्गे” रहनुको कारण के थियो ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असोज ४ गते । म आफू केटाकेटी हुँदाताका अर्थुङ्गेका भद्र भलादमीहरु हरिदत्त, बलदेव, हरिप्रसाद, श्रुदत्त आदिको हाम्रो घरमा बाक्लो आउजाउ हुन्थ्यो । आफू पनि उनीहरुको घरमा गइन्थ्यो । जिम्माल कान्छो भनेर निकै माया पाइन्थ्यो । १०÷१२ वर्षको उमेरको कुरा हो । एकदिन कुनै काम विशेषले म श्रुदत्त प्रधानपञ्चको घरमा पुगेछु । उनी […]

शनिबार थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४०० नाघ्यो

विकल्प न्यूज/काठमाण्डौं असोज ३ गते । शनिबार थप १२०४ जनामा कोरोना भाइरस (कोभिड –१९०) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा जानकारी दिइएको हो । मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ […]

म्याग्दीका सुरत केसी राष्ट्रपतिबाट विभूषित

विकल्प न्यूज/बेनी असोज ३ गते ।  संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट म्याग्दीका सुरत केसी सम्मानित हुनुभएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै केसीलाई संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अलङ्कार (यशोवर्दक) पदकले विभूषित गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणमा केसी विगत ६ महिना देखि म्याग्दीमा निरन्तर रुपमा […]

अहिले सम्मकै धेरै २०२० जनामा कोरोना पुष्टि

२ असोज, काठमाडौं । शुक्रबार  नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । याे अहिले सम्मकै धेरै हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० जनामा काेराेना पुष्टि भएकाे हाे ।

पोखरामा थप १५ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित संख्या ३३३६ पुग्यो

विकल्प न्यूज/पोखरा असोज २ गते । गण्डकी प्रदेशको कास्कीमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।  कोरोना समुदाय स्तरमा फैलिएको कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन । संक्रमित सवै कन्ट्याक टे«सिङबाट पहिचान भएको स्वास्थ्य […]

गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/पोखरा असोज २ गते ।  शुक्रबार गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा प्रदेशका ४ जिल्लामा गरी सो संख्यामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । सवै भन्दा धेरै नवलपुरमा ३४ जनामा […]