Breaking News
भोली प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने
विकल्प न्यूज/बेनी फागुन २० गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको […]
सरकार र विप्लव विच तिनबुँदे सहमति
विकल्प न्यूज/बेनी फागुन २० गते । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ ।
आहा ! गुर्जा हिमाल
विकल्प न्यूज/बेनी फागुन १८ गते । मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा पर्ने धार्मिक स्थल मालिका धुरीबाट देखिएको गुर्जा हिमालको दृश्य । यहाँबाट एकदर्जन भन्दा धेरै हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । तस्विर ठाकुरप्रसाद आचार्य
प्रहरीद्धारा रुमका दुई गाँजा कारोबारी सार्वजनिक
विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट प्रहरीले ठूलो परिमाणमा गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । घरगोठमा गाँजा लुकाइराखेको गोप्य सूचनाका आधारमा दरबाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेको उनीहरुलाई मंगलबार सार्वजनिक गरेको छ । फागुन १३ गते खटिएको प्रहरी टोलीले […]
विकट वस्तीमा पुग्यो सडक ः बाजागाजा सहित स्थानीयले मनाए खुसियाली (फोटोफिचर)
विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको विकट वस्तीमा सडक पुगेपछि स्थानीयहरुले बाजागाजा सहित खुसियाली मनाएका छन् । गलेश्वर–पिप्ले,मौवाफाँट – दग्नाम–दर्मिजा – चिमखोला हुँदै कुइनेमंगलेको वस्तीलाई सडक सञ्जाल सँग जोडन ३६ किलोमिटर सडको ट्रयाक खुले सँगै विकट वस्तीहरु सडक सञ्जाल सँग जोडिएका हुन । सोमबार बाजागाजा र नाचगान सहित गाउँपालिकाको वडा नम्बर ४ […]
जनगणना कार्यमा महिलाको आकर्षण बढी
काठमाडौँ, फागुन १७ गते । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक पदमा गरेको विज्ञापनमा महिलाको आवेदन बढी परेको छ । विभागले गत माघ ११ गते ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करार सेवामा लिन विज्ञान गरेको थियो । दुवै पदमा पुरुषको तुलनामा महिलाको आकर्षण बढी देखिएको छ । आगामी […]
जनताको काम सँगै च्याउ उत्पादनमा जनप्रतिनिधि
विकल्प न्यूज/बेनी फागुन १६ गते । जलजलाका एकजना जनप्रतिनिधिले व्यवसायिक रुपमा च्याउन खेती सुरु गर्नुभएको छ । पर्वतको जलजला गाउपालिका ७ का वार्ड सदस्य पुर्ण परियारले व्यवसायिक रुपमा च्याउ खेती थाल्नुभएको हो । परियारले वार्षिक रुपमा करिब १० लाख रुपियाँ बराबरको च्याउ विक्री गर्नुहुन्छ । वडा हुने विकास निर्माण लगायतका सामाजिक कार्यबाट बचेको समयलाई सदुपयोग […]
गलेश्वर मन्दिरको छाना पित्तलले छाउने निर्णय
विकल्प न्यूज/बेनी फागुन १५ गते । म्याग्दीको गलेश्वर मन्दिरको छानालाई पित्तलले छाइने भएको छ । शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपियाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको […]
मगर संघको स्थापना दिवसमा बालगृहलाई सहयोग
विकल्प न्यूज/बेनी फागुन १५ गते । नेपाल मगर संघको स्थापना दिवसमा मगर संघ म्याग्दीले बेनी स्थित बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३९ औं स्थापना दिवस तथा एकता दिवसको अवसरमा शनिबार मगर संघ म्याग्दीले नेपाल बाल संगठन म्याग्दीद्धारा संचालित बालगृहमा बस्ने बालबालिकाहरुको लागि ३० हजार रुपैयाँ बराबरको खाद्यान्न […]
मुस्ताङ जिल्ला इन्चार्जलाई बिना सर्त रिहा गर्न विप्लव नेतृत्वको नेकपाको माग
विकल्प न्यूज/बेनी फागुन १५ गते । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले मुस्ताङ जिल्ला इन्चार्ज फिल्टरलाई बिना सर्त रिहा गर्न माग गरेको छ । नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले शुक्रबार वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज ‘फिल्टर’लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धिन पक्ष हुने चेतावनीसमेत दिएका छन् । वक्तव्यमा राजनले पार्टीका कार्यकर्ता फिल्टरलाई […]
सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्पर नियन्त्रणमा
विकल्प न्यूज/बेनी बेनी, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित साहना निर्माण सेवाले नदी उत्खनन्मा प्रयोग गरेको जेसीबी कम्पनीको एक्साभेटर र दुई वटा […]
विप्लव समुहका मुस्ताङ इन्चार्ज म्याग्दीको रुमबाट पक्राउ
विकल्प न्यूज/बेनी फागुन १४ गते । नेकपा (विप्लव) का मुस्ताङ इन्चार्ज पदम पुन (फिल्टर) लाई म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट प्रहरीले पक्राउ गरेको छ । पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुनलाई विहिवारै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न […]
बेनीको फापरखेतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते
विकल्प न्यूज/बेनी फागुन १४ गते । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप गएराति सडकबाट म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका […]
मंगलामा गौरवका योजना ः ‘साख जोगाउँदै, आशा बढाउँदै’
विकल्प न्यूज/बेनी फागुन १३ गते । योजना स–साना हुन्छन् अनि विकास बजेट सक्नेगरी हुने गर्दछ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउछ । सङ्घीयता कार्यान्वयनको शुरुआती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या हुन् यी । अधिकांश स्थानीय तहका यी समस्या अहिले पनि उस्तै छन् । यसमध्ये म्याग्दीको मङ्गला गाउँपालिकाले […]
मापदण्ड विपरित बगर उत्खनन गर्ने कार्य बढ्यो
विकल्प न्यूज/बेनी फागुन १२ गते । म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्न थालेका छन् । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित हेभी इक्युभमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा कटानको जोखिमका साथै जैबिक बिबिधतामा असर परेको […]