Breaking News

बेलिब्रिजले जोड्यो झिँ र पाखापानीलाई गाउँपालिका केन्द्र सँग

विकल्प न्यूज/बेनी मंसिर ११ गते । जलविद्युत आयोजनाले निर्माण गरेको पुलले यहाँका दुई वस्तीलाई सडक सञ्जाल सँग जोडेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राघुघाट जलविद्युत आयोजनाले रघुगंगा नदीमाथि निर्माण गरेको मोटरेबल पुलले दुर्गमका दुई वस्तीलाई सडक सञ्जाल सँग जोडेको हो । रघुगंगाको वडा नम्बर ४ दग्नामको बुग्ल र वडा नम्बर ५ […]

ढोलठानाबाट नियहाल्दा (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १० गते । म्याग्दीको बेनी नगरपालिकाको पुला र घतानको साँधमा रहेको ढोलठानाबाट बाट रमणीय दृश्यहरु देख्न सकिन्छ । यहाँबाट अन्नपूर्ण र धौलागिरि हिमश्रृङ्खलाका साथै कालिगण्डकी र म्याग्दी नदीको दृश्यका साथै बेनी बजार,पर्वतको जलजला गाउँपालिकाका वस्तीहरुको अवलोकन गर्न सकिन्छ । यो समुन्द्र सतह देखि १७५० मिटरको उचाईमा पर्दछ । मध्यकालमा पर्वत राज्यको राजधानीको […]

आशा जाग्दै छ , पुसदेखि सुरुङ खनिँदै

काठमाडौँ, मङ्सिर १० गते ।  कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यले भन्नुभयो, “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको […]

मुख्यमन्त्री गुरुङले गाउँपालिका अध्यक्ष सँग लगाए मीत

विकल्प न्यूज/बेनी मंसिर ९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म्याग्दीको अन्‍नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनसँग मितेरी साइनो जोडेका छन् । मुस्ताङका प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनका पिताको निधनमा श्रद्धाञ्जली दिन पुगेका मुख्यमन्त्री गुरुङ फर्किने क्रममा म्याग्दी बसेका थिए । सोही क्रममा उनले काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षसँग मितेरी साइनो गाँसेका हुन् । ‘‘पहिलादेखिको योजना होइन, […]

बेवारिसे शव जलाउने म्याग्दीकी सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा

 विकल्प न्यूज/काठमाण्डौै मंसिर ९ गते । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको […]

म्याग्दीमा मृत्यु पछि एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी मंसिर ८ गते । म्याग्दीमा मृत्यु पछि एकजनामा काेराेना पुष्टि भएको छ । रघुगंगा गाउँपालिका १ ठेगना भई पर्वतको जलजला गाउँपालिका २ बौरमा वस्ने वर्ष ८४ का एक वृद्धमा मृत्यु पछि काेराेना पुष्टि भएकाे हाे ।  काेराेनाकाे लक्षण सहित ४ दिन अगाडि   बेनी  अस्पतालमा मा उपचारका लागि अाएका उक्त पुरूषकाे पिसिअार परिक्षण […]

म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी मंसिर ८ गतेे । म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा बेनी नगरपालिकाका ५ ठेगना भएकि  एक महिला, वडा नम्बर ७ मा १ पुरूष  र १ महिलामा काेराेना पुष्टि भएकाे बेनी अस्पताल श्राेतले जानकारि दिएकाे छ । अन्नपूर्ण गाउँपालिका १ मा   १ जना र रघुगंगा गाउँपालिका […]

डाक्टर र मन्दिर

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज मंसिर७गते।  केही दिन अगाडि ग्राफिक्स कम्युटरको ढोकैमा डाक्टर डि.पी. भूसालसँग जम्का भेट भयो । अभिवादनको लेनदेन सँगै डा. साहेबले ‘सञ्चो बिसञ्चो के छ ?’ भनेर पनि सोध्नु भो । बिरामी नै भैहालेको भए त अन्त कहाँ गईन्थ्यो र ? टाढाको आरन भन्दा नजिकको उलिन बेस ! जति नै जटिल रोग लागेको […]

३९४ अस्पताल शिलान्यास गरिँदै

काठमाडौँ, मङ्सिर ७ गते ।  सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित […]

ट्राफिक प्रहरी सहित बेनीमा थप २ जनामा कोरोना संक्रमण

विकल्प न्यूज/बेनी मंसिर ६ गते । म्याग्दीको बेनीमा शनिबार थप २ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कोरोना पुष्टि हुनेमा एकजना जिल्ला ट्राफिक कार्यालयमा कार्यरत ट्राफिक प्रहरी हुनुहुन्छ । अर्को संक्रमित बेनी नगरपालिका ७ मंगलाघाटकी ४५ वर्षीय महिला हुनुहुन्छ […]

‘पशुपालन गर्ने सोच सानै देखिको हो, लकडाउनले जुरायो’ (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर ६ गते ।  लकडाउन हाम्रो लागि अवसर बन्यो । सानै देखिको रुची र रोजाईको पेशा पशुपालन थियो । तर विभिन्न कारणले पशुपालन व्यवसाय गर्न पाएको थिइँन । लकडाउनले मलाई यो अवसर दिलायो । बेनी नगरपालिका १ रत्नेचौरका युवा दिनेश रावलले सुनाउनुभयो । पशुपालन गर्ने सोच सानै देखिको हो रावलले भन्नुभयो ‘लकडाउनले जुरायो […]

कोरोना संक्रमणको उच्च जोखिममा पर्वत बेनी

विकल्प न्यूज/जलजला मंसिर ५ गते । म्याग्दीको सदरमुकाम बेनी सँग सीमाना जोडिएको पर्वत बेनी(वारीवेनी) पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । सर्वसाधरणहरुको लापरबाही र स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरेका कारण पर्वत बेनीको समुदायमा कोरोना फैलिन सक्ने उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् । एकहप्ता अघि जलजलामा थपिएका १६ जना कोरोना संक्रमितहरु पर्वत बेनीका […]

बेनी बजारका थप ३ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी मंसिर ३ गते । म्याग्दीको सदरमुकाम बेनी बजारका ३ जनामा काेराेना पुष्टि भएकाे छ । बुधबार विहान स्वास्थ्य निर्देशनालय पाेखराले जारि गरेकाे विज्ञप्ति अनुसार बेनि नगरपालिका ८ का २६ र ३७ वर्षका दुई महिला र ४९ वर्षका एक पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

अल्ट्रालाइटबाट पोखराको सुन्दर दृश्य

विकल्प न्यूज/बेनी मंसिर २ गते ।  अल्ट्रालाइटबाट पोखराको सुन्दर दृश्य हेर्नका लागि अव धेरै पैसा खर्चिनु पर्दैन । लामो समय देखि बन्द रहेको अल्ट्रालाइट कार्तिकको अन्तिम हप्ताबाट सुरु भएको छ । पोखराको सुन्दरता र हिमालको दृश्य हेर्नका लागि अल्ट्रालाइट पर्यटकको रोजाईमा छ । साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेहरुका […]

विदेशमै बन्यो युवाको कृषि सपना, गाउँमा भयो साकार(फोटोफिचर सहित)

ठाकुरप्रसाद आचार्य म्याग्दी, मङ्सिर २ गते । ‘धेरै पैसा कमाउने सपना बोकेर इराक पुगेको थिएँ । सोचे जस्तो रोजगारी पाउन र पैसा कमाउन सकिँन । गाउँ फर्किएर बाख्रा पाल्ने योजना बनाएँ ।’ आफ्नो जन्मभूमिमा परिवारसँग बसेर व्यवसाय गर्दा सन्तुष्टिसँगै आनन्द पनि । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले अनुभव सुनाउनुभयो । विदेशबाट फर्किएर थापामगरले […]