ताजा समाचार:
Search

Breaking News

यहाँ देखिन्छ बेनीको एक चित्र !

विकल्प न्यूज/बेनी मंसिर २१ गते । साघुरो सडक । हिउदमा धुलो र वर्षातमा हिलाम्मे । नजिकै विद्यालय । दिनको सयौं सवारीसाधन आवातजावत। यो हो, बेनीको विरेन्द्रचोक नजिकै रहेको अव्यवस्थित चोक । एकछिन बसेर यो चोकको दृश्य अवलोकन गर्ने हो भने समग्र बेनीको चित्र आउँछ । यो चोकको दृश्यले यहाँका सरोकारवालाहरुलाई गिज्याई रहेको छ । यो […]

रघुगंगाको चिमखोला बहुआयामिक नमुना ग्राम कार्यक्रमका लागि छनौंट

विकल्प न्यूज/बेनी मंसिर १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको ७ चिमखोला बहुआयामिक नमुना ग्राम कार्यक्रम सञ्चालन गर्नका लागि छनौंटमा परेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बहुआयामिक नमुना ग्राम कार्यक्रम सञ्चालन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विज्ञ सहितको टोलीले गाउँपालिकाको समन्वयमा स्थलगत रुपमा अध्ययन गरेर चिमखोलालाई छनौंट गरेको हो । महिला बालबालिका […]

म्याग्दीमा थप ९ जनामा काेराेना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनी मंसिर १९ गते । म्याग्दीमा थप ९ जनामा काेराेना पुष्टि भएकाे छ । कन्त्याक्ट ट्रेसिङमा परेका र शकास्पद बिरामीहरुको मिति २०७७।८।१६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र रुपन्देही स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ३४, ३२ र ३४ का ३ जना पुरुष, बाग्लुङ ठेगाना […]

सांसद थापाले बाडे ४० योजनामा ४ करोड बजेट

विकल्प न्यूज/बेनी मंसिर १९ गते ।  संघिय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत म्याग्दीमा ४ करोड बजेटलाई विभिन्न ४० योजनामा विनियोजन गरिएको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि ४० वटा योजनालाई सो बजेट बाँडफाँड गर्नुभएको हो । स्थानीय तहहरु मार्फत कार्यान्वयन हुने कार्यक्रमका लागि सडक, नदी नियन्त्रण, विद्यालय […]

विदेशमा रहेका युवायुवतीलाई लक्षित ‘गाउँ फर्क प्याराप्यारी अभियान’ शुरु

विकल्प न्यूज/पर्वत मंसिर १९ गते । सांकेतिक तस्विर  पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट […]

जलजलाको माझफाँटमा औद्योगिक ग्राम स्थापनाको प्रक्रिया सुरु

विकल्प न्यूज/जलजला मंसिर १८ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले वडा नम्बर २ माझफाँटमा औद्योगिक ग्राम बनाउन तयारी थालेको छ । संघिय सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेसँगै जलजलाले औद्योगिक ग्राम स्थापनाका लागि तयारी शुरु गरेको हो । गाउँपालिकाले माझफाँटमा २५० रोपनी सार्वजनिक जग्गा व्यवस्थापन गरी औद्योगिक ग्राम बनाउनका लागि बोलपत्र आह्वान गरेको प्रमुख […]

यसरी हुँदैछ रत्नेचौरमा सडक कालोपत्रे (फोटोफिचर/भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज मंसिर १७ गते । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौ देखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् । सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन । सडकको ट्रयाक […]

यसरी हुँदै छ अजिङ्गर भीरमा सडक निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर१७  गते । म्याग्दीको दुर्गम गाउँमा सडक पु¥याउन कहालीलाग्दो भिर फुटाएर ट्याक खोल्न थालिएको छ । रघुगंगा गाउँपालिकाका वडाहरु ४ दर्मिजा,७ चिमखोला र ८ कुइनेमंगलेका वस्तीहरुलाई सडक सञ्जाल सँग जोडन डरलाग्दो अजिंगर भिर फुटाउन थालिएको हो । सवैभन्दा कठिन र जोखिमयुक्त रहेको भिरमा यतिखेर सडक निर्माणको काम भइरहेको छ । यो गाउँपालिका केन्द्र हुँदै […]

आहा! सुन्तला बगैचा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /म्याग्दी मंसिर १७ गते । प्रत्येक घरमा व्यवस्थित सुन्तला बगैचा । बोटमा पाकेका सुन्तलाले बगैचा नै पहेलपुर । यो हो बेनी नगरपालिका ४ बास्कुना जसलाई सुन्तला गाउँ भनेर चिनिन्छ । वास्कुनावासीहरुले धानखेत छाडेर सुन्तला खेती गरेका छन् । वास्कुनामा रहेका २५ घरधुरीले व्यवसायिक रुपमा सुन्तला खेती गरेका छन् । प्रत्येक घरले कम्तिमा पनि वार्षीक […]

स्मृतिद्धारा बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा मुद्धा दायर

विकल्प न्युज/ बेनी म्याग्दी १६ मंसिर । बेनी बजारकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान धु्रव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा मुद्धा दर्ता गराएकी छिन् । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गरेकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दुई वटा कसुरमा जाहेरी दिएकी हुन् । मंसिर […]

कोरला नाकामा सुख्खा बन्दगाह बनाउन अध्ययन सुरु

१६ मंसिर, काठमाडौं । मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारले अध्ययन थालेको छ । चीनसँगको तेस्रो नाकाबाट दुई देशीय व्यापार अभिवृद्धि गर्न बन्दरगाह निर्माणको अध्ययन सुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । कोरला पासको भौगोलिक अवस्था र उपयुक्त भूमि पहिचान गरी सुख्खा बन्दरगाहको काम अघि बढाउन परामर्शदातासँग करार सम्झौता गरिएको विकास समितिका […]

न्यायको खोजीमा स्मृति…….

विकल्प न्यूज / बेनी मंसिर १५ गते ।  विवाह भएको केही महिनामा नै पारिवारिक खटपट भएसँगै अन्यायमा परेको भन्दै न्याय दिलाउन माग गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरी निरिक्षक सँग प्रेम सम्बन्ध गासिएपछि केही महिना अघि विवाह गरेका थिए । प्रहरीमै पुगेर न्याय माग्ने युवती भने प्रहरी अधिकृतको श्रीमती नै हुन् […]

म्याग्दीमा सोमबार थपिए ११ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी मंसिर १५ गते ।  म्याग्दीमा आजै मात्र थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिकामा ९ र बेनी नगरपालिकामा २ जना गरी थप ११ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाको लक्षण देखिएका र कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको नमुना स्वाव संकलन गरी पिसिआर पिसिआर परिक्षणका लागि पोखरा पठाएकोमा सोमबार उक्त संख्यामा […]

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको सोमाबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले निकाले को विज्ञप्तीमा उल्लेख गरिएको छ । 

म्याग्दीका तिन स्थानीय तहमा अस्पताल शिलान्यास प्रभावित

विकल्प न्यूज/बेनी मंसिर १५ गते । आज गर्ने भनिएको अस्पताल शिलान्यास कार्यक्रम म्याग्दीका तिन स्थानीय तहमा प्रभावित भएको छ । धौलागिरी र रघुगंगामा जग्गा विवाद र अन्नपूर्णमा जग्गाको लालपूर्जा नभएकाले शिलान्यास कार्यक्रम हुन नसकेको गाउँपालिकाहरुले जनाएका छन् । धौलागिरि र रघुगंगा गाउँपालिकामा अस्पताल बनाउनका लागि स्थान छनौंट गर्न नसक्दा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रम प्रभावित […]