बेनी नगरपालिका
विपन्न परिवारलाई खाद्यन्न सहयोग र स्वास्थ्य परिक्षण गरेर स्थापना दिवस मनाइयो
विकल्प न्यूज/बेनी जेठ १३ गते । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संघका अध्यक्ष […]
ज्यामरुककोटमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम शुरु
भकुण्डे, १२ जेठ ः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर कार्यक्रम शुरु भएको छ । कार्यक्रमको शनिबार भकुण्डे स्थित वडा कार्यालयमा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । कार्यक्रम मार्फत बेनी नगरपालिकाको वडा नम्बर २ मा रहेका १४ वटा आमा समूहका प्रतिनिधीहरुलाई साबुन बनाउने र केराको थामबाट धागो बनाउने तालिम दिइने वडा […]
म्याग्दीमा ४३ सय ६२ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै
विकल्प न्यूज/बेनी जेठ १२ गते । म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो । शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्लास्तरीय खोप […]
नयाँ नेतृत्व चयन गर्दै सकियो अनेम संघ म्याग्दीको नवौं जिल्ला सम्मेलन
विकल्प न्यूज/बेनी जेठ १२ गते । नेकपा (एमाले) निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको नवौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार र शनिबार बेनीमा सम्पन्न भएको सम्मेलनले यशोदा रोकाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पशुपति शाही र हेककुमारी पुन चयन हुनुभएको छ । यसैगरी […]
बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली शुरु
विकल्प न्यूज /बेनी म्याग्दी, १२ जेठ । म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली शुरु गरेको छ । सबै नगरबासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, शुसासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर […]
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
म्याग्दी, जेठ गते । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न वि।स। २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले […]
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
म्याग्दी, जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको एक करोड ३८ लाख भुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो । सङ्घीय खानेपानी तथा […]
निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित
जेठ ६ गते । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो । सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले […]
चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन जनप्रतिनिधिलाई एमालेको निर्देशन
विकल्प न्यूज\बेनी जेठ ४ गते । नेकपा एमाले म्याग्दीले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई चुनावी घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन निर्देशन गरेको छ । शुक्रबार बेनीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेताहरुले नगर तथा गाउँपालिका जितेका पालिकाहरुमा पार्टीको नीति तथा कार्यक्रम अनुसार जनताको पक्षमा काम गर्ने गरी आगमी आर्थिक वर्षमा बजेट ल्याउन निर्देशन […]
बेनीको राउवडामा सडक ढलान भएपछि यात्रा सहज
विकल्प न्यूज/बेनी जेठ ४ गते । बेनी नगरपालिका ६ स्थित राउवडाको वस्ती जोड्ने सडक ढलान सहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । सडक ढलान भएसँगै वर्षातका समयमा हिलाम्मे सडकका कारण राउवडावासीहरुले भोग्नु परेको सास्तीको अन्त्य भएको छ । बेनी नगरपालिका, ८ डल्लेपिपलबाट माथि राउवडा चोक–फोहोटे हुँदै ज्यामुनाखर्क जोड्ने सडक स्तरोन्नति योजना अन्तर्गत रावडामा सडक […]
जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी
विकल्प न्यूज/बेनी जेठ ४ गते । जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा रेजिना भण्डारी चयन हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न दोस्रो जिल्ला बाल भेलाबाट सञ्जालको अध्यक्ष पदमा मुक्तिधाम माविकी भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मङ्गला माविकी प्रजिता खत्री,सचिवमा लिटिल गार्डेनकी मुस्कान भण्डारी ,कोषाध्यक्षमा प्रभा माविकी पद्मा फगामी र सहसचिवमा जनप्रिय माविकी रश्मि […]
भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते
विकल्प न्यूज\बेनी जेठ २ गते । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । स्थानीय युवा दिपक पुन मगरका अनुसार ,बुधबार दिउँसो तीन बजेको समयमा जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ब १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेको छ । […]
बेनीमा मादल बजाउने तालिम सुरु
विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले स्वस्थ […]
म्याग्दी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा
विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दीका छ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिता कुमारी सुन्दासले म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुभएको हो । छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै खोप सुनिश्चितताको […]
म्याग्दी क्याम्पसमा विज्ञान प्रयोगशाला भवन निर्माण
विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दी बहुमुखी क्याम्पसमा रु १ करोड ६२ लाख लागतमा विज्ञान प्रयोगशाला भवन र प्रयोगशाला निर्माण भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आइ नेपालको रु १ करोड ३२ लाख र म्याग्दीमा रहेका लायन्स क्लबहरुको रु ४० लाख बराबरको आर्थिक सहयोगमा पाँच कोठे भवन सहित विज्ञान प्रयोगशाला निर्माण गरिएको […]