बेनी नगरपालिका

म्याग्दी क्याम्पसले मनायो खुसियाली (फोटो सहित)

विकल्प न्यूज/बेनी माघ २१ गते । विश्वविद्यालय अनुदान आयोग, नेपालबाट म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको खुसियालीमा आज क्युएएउत्सव मनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा मङ्गलबार एक समारोहबीच ¥याली, झाँकीसहित विभिन्न कार्यक्रम गरेर क्युएएउत्सव मनाएको हो । क्याम्पसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र पाएको खुसियालीमा म्याग्दी जिल्लास्थित […]

म्याग्दी क्याम्पसले मनायो क्युएए उत्सव (फोटो /भिडियो)

विकल्प न्यूज\बेनी माघ २१ गते ।म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको खुसियालीको अवसरमा उत्सव मनाएको छ । मंगलबार बेनीबजारमा विभिन्न बाजागाजा,झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेर खुसियाली मनाएको हो । ¥यालीमा विभिन्न जातजातिका भेषभुषा र झाँकी प्रदर्शन गरिएको छ । बाजामा विद्यार्थीहरु खुसियाली मनाउँदै नाचगान समेत गरेका छन् । विश्व विद्यालय […]

तोरीले पहेँलपुर रत्नेचौर (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ २० गते । बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा फुलेको पहेलपुर तोरी । रत्नेचौरवासीहरुले परम्परागत रुपमा तोरी वाली लगाउँदै आएका छन् । पहेँलपुर फुलेको तोरीमा फोटो खिचाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य

लभ्लीहिलमा फरफरायो पर्यटन वर्ष अंकित झण्डा (फोटो /भिडियो सहित)

विकल्प न्यूज/बेनी माघ १८ गते ।     म्याग्दी जेसिजले पर्यटन २०२० लाई सफल पार्नका लागि बेनी नगरपालिका २ स्थित पर्यटकीय स्थल लभ्लीहिलमा पर्यटन वर्षको लोगो अंकित झण्डा र राष्ट्रिय झण्डा राखेको छ । शाखा अध्यक्ष सुजन बरुवाल सहितको जेसिजका नवनिर्वाचित पदाधिकारीहरु शनिबार लभ्लीहिलमा पुगेर झण्डा राखेका हुन । बरुवाल निर्वाचित भएपछिको यो जेसिजको पहिलो कार्यक्रम हो […]

म्याग्दी जेसिजको पदस्थापना

विकल्प न्यूज/बेनी माघ १९ गते । म्याग्दी जेसिजको २१ औं शाखा अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको शनिबार पदस्थापना गरिएको छ । पहिलो पटक निर्वाचन मार्फत चयन भएका अध्यक्ष सुजन बरुवाल सहित जेसिज पदाधिकारीहरुको बेनीमा एक कार्यक्रमको आयोजना गरेर पुरानो समितिले नयाँ निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो । जेसिजको कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, हरि भण्डारी, कानुनी सल्लाकारमा विरेन्द्र […]

नमुना पशु फार्म स्थापनाका लागि म्याग्दी र मुस्ताङका ४५ फार्म छनौंट

विकल्प न्यूज/बेनी माघ १५ गते ।   भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षका लागि म्याग्दी र मुस्ताङमा नमुना मोडल पशु फार्म स्थापनाका लागि ४५ वटा फार्मलाई छनौंट गरेको छ । पशुपंछी तथा मत्स्य विकासको नमुना मोडल फार्म सञ्चालन सम्बन्धी निर्देशिका अनुसार गठित मूल्याङ्कन समितिले उक्त फार्महरु छनौट गरेको हो ।  म्याग्दी र मुस्ताङका […]

बेनपा १ सारेमारेका एकेन्द्र थापाको रहर लाग्दो बंगुरपालन (भिडियो)

विकल्प न्यूज/बेनी माघ १४ गते ।  बेनी नगरपालिका १ सारेमारेमा एकेन्द्र थापामगरले व्यवसायीक रुपमा बंगुर पालन गर्नुभएको छ । रोजगारीको शिलशिलामा विदेश जानुभएको थापामगर गाउँफर्किएर व्यवसायीक रुपमा बंगुरपालन व्यवसाय सुरु गर्नुभएको हो । उत्पादीत बंगुर पोखरा,म्याग्दीको बेनी,बागलुङ र पर्वत सम्म विक्री हुने उहाँ बताउनुहुन्छ । बंगुरपालनबाट मनग्गे आम्दानी हुने उहाँले बताउनुभयो । बंगुर पालन गर्न […]

हेर्नुहोस् परिश्रमी नरबहादुर थापाको बाख्रापालन व्यवसाय (भिडियो)

विकल्प न्यूज/बेनी माघ १३ गते । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले बोयर जातको बाख्रापालन गर्नुभएको छ । निसान बोयर बाख्रा फार्म दर्ता गरी थापाले व्यवस्थित रुपमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । ३९ वर्षीय थापा इराकमा पाँचवर्ष विताई नेपाल फर्किएर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । पहिला खरिजातका बाख्रा पाल्नुभएका थापाले दुइवर्ष अगाडिबाट […]

एककरोड लगानीमा रत्नेचौरमा पशुपालन (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज माघ १३ गते । रत्नेचौर,भुगाने / बेनी नगरपालिका १ रत्नेचौर स्थित पशुपालन फार्ममा पुग्दा सुनिल श्रेष्ठ भैंसीलाई घाँस खुवाउन व्यस्त हुुनुहुन्थ्यो । व्यवस्थित रुपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दहुना भैंसी र जर्सी जातका ७ गाई छन् । सुनिल बागलुङ बजारका स्थायी वासिन्दा हुनुहुन्छ । रोजगारीको शिलशिलामा दुईवर्ष जापानमा विताउनुभएका […]

म्याग्दी जेसीजको अध्यक्षमा सुजन बरुवाल निर्वाचित

विकल्प न्यूज/बेनी माघ ११ गते ।  म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष बेनीका सुजन बरुवाल निर्वाचित हुनुभएको छ । अध्यक्ष चयनका लागि शनिबार जेसिज सचिवालयमा भएको मतदानमा बरुवालले ४१  मत प्राप्त गरी बिजयी भएको निर्वाचन समितिका आयुक्त कमल विश्वकर्माले जानकारी दिनुभयो । बरुवालका प्रतिस्पर्धी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको छ । एक मत बदर भएकाे […]

म्याग्दी जेसीजको अध्यक्ष चयनका लागि भएको मतदान सम्पन्न (भिडियो \फोटो सहित)

विकल्प न्यूज/बेनी माघ ११ गते ।    म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । शनिबार जेसिज सचिवालय बेनीमा मतदान सम्पन्न भएको हो । ६० सदस्य रहेको जेसिजमा ५५ जनाले मतदान गरेको निर्वाचन आयुक्त कमल विश्वकर्माले बताउनुभयो । सर्वसम्मत रुपमा थालिएका प्रयासहरु विफल भएपछि पहिलोपटक मतदानद्धारा अध्यक्ष चयनको प्रक्रिया […]

म्याग्दी जेसीजको इतिहासमा अध्यक्ष चयनका लागि पहिलोपटक आज मतदान हुँदै

विकल्प न्यूज/बेनी माघ ११ गते ।   म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष चयनका लागि सर्वसम्मत रुपमा थालिएका प्रयासहरु विफल भएपछि पहिलोपटक मतदानद्धारा अध्यक्ष चयनको प्रक्रिया थालिएको छ । अध्यक्षका दुई प्रतिस्पर्धी सुजन बरुवाल र शैलेश श्रेष्ठका विच आज मतदान हुन लागेको हो । गत पुस २६ गते आयोजना गरिएको २१ औं वार्षिक साधारणसभा तथा […]

जापानबाट फर्केर करोड लगानीमा रत्नेचौरमा पशुपालन (भिडियो)

विकल्प न्यूज/बेनी माघ ८ गते । बागलुङ बजारवासी सुनिल श्रेष्ठले बेनी नगरपालिका १ रत्नेचौरमा एककरोड रुपैयाँ भन्दा वढी लगानी गरेर व्यवस्थित रुपमा पशुपालन फार्म सञ्चालनमा ल्याउनुभएको छ । रोजगारीको शिलशिलामा जापान पुग्नुभएका श्रेष्ठ भिषा नसकिँदै दुइवर्षमा स्वदेश फर्किएर पशुपालन व्यवसाय सुरु गर्नुभएको हो । जापानमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने सोचले स्वदेश फर्किएको उहाँले बताउनुभएको […]

बेनीको मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ

विकल्प न्यूज/बेनी माघ ७ गते । बेनी नगरपालिका ७ मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मगलाघाट बस्ने वर्ष २५ का मनोज खत्री र वर्ष २२ का आशिष खत्री रहेको प्रहरीले जनाएको छ । उनीहरुले लागूऔषधको बेचविखन […]

गलेश्वरमा निर्माण हुने सामुदायिक भवनको सांसद थापाद्धारा शिलान्यास

विकल्प न्यूज/बेनी माघ ४ गते ।   जिल्लाको पवित्र धार्मिक स्थल गलेश्वरधाममा सामुदायिक भवन निर्माण सुरु गरिएको छ । शनिबार प्रतिनिधिसभाका सांसद भुपेन्द्र वहादुर थापाले भवनको शिलान्यास गर्नुभएको छ । चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट नयाँ सामुदायिक भवन निर्माण गर्न लागिएको हो । बेनी नगरपालिका मार्फत कार्यान्वयन […]