बेनी नगरपालिका
स्थापना भएको ४ महिनासम्म पनि बेनी अस्पतालको आईसीयू सञ्चालन हुनसकेन किन ?
ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक १८ गते । म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष(आईसीयू) दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न कठिनाई भएको छ । चार महिना अघि २ वटा भेण्टिलेटर सहित पाँच शैयाको आईसीयू कक्ष स्थापना गरिएको थियो । तर जनशक्ति अभावमा आईसीयू कक्ष उपयोगविहिन बनेको हो । आईसीयू कक्ष सञ्चालन नहुँदा गम्भिर प्रकृतिका कोरोना […]
बेनीका थप ५ जनामा कोरोना संक्रमण
विकल्प न्यूज/बेनी कार्तिक १६ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरू बेनीमा विभिन्न पेशा व्यवसाय गरेर बस्ने व्यक्तिहरू हुन । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । संक्रमित सबै कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन । पछिल्लाे समय […]
कोरोना संक्रमणको उच्च जोखिममा बेनी
विकल्प डेस्क\बेनी कार्तिक१५गते। विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ६ महिना सुरक्षित रहेको बेनी कार्तिक लागे लगत्तै असुरक्षित हुन थालेको छ । कोरोना भाइरस समुदायमा फैलिन थालेपछि कोरोनाबाट सदरमुकाम बेनी असुरक्षित हुन थालेको हो । पछिल्लो समय लक्षणसहितका कोरोना पोजेटिभ बेनीमै भेटिन थालेका छन् । लक्षणसहितका कोरोना संक्रमित भेटिनु र मृत्यु समेत हुन […]
जलजलामा एक घर एक पिसिआर परिक्षण अभियान
जलजला। कार्तिक ११ गते । पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाउन भएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । ‘आजैबाट अभियानको सुरुवात गदैछौ, ‘पालिका भित्रका सबैलाई यो सुविधा लिन अपिल […]
बेनी नगरपालिकामा भेटिए थप ३ जना काेराेना संक्रमित
विकल्प न्युज/ बेनी कार्तिक ७ गते । म्याग्दीको बेनि नगरपालिकामा थप ३ जनामा काेराेना पुष्टि भएकाे छ । स्वास्थ निर्देशनालय पाेखराले शुक्रबार विहान निकालेकाे विज्ञप्ति अनुसार पाेखरामा गरिएको परिक्षण मा काेराेना पुष्टि भएकाे जनाएकाे छ । संक्रमित सबैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन । काेराेना पुष्टि हुनेहरूमा बेनी ७ का ४४ वर्षिय पुरूष,७ का ३९ […]
पोखरामा उपचारत धनबहादुर पाठकद्धारा सहयोगको अपिल
म्याग्दी, ६ कात्तिक । गण्डकी मेडिकल कलेज पोखरामा उपचारत बेनी नगरपालिका– २ खवरका धनबहादुर पाठकद्धारा सहयोग अपिल गरेका छन् । मृगौला कलेजो र रगतमा समस्या देखिएपछि असोज ३० गतेदेखि पोखरा आइसीयुमा रहेर उपचार गरिरहेका पाठकले आर्थिक सहयोग लागि अपिल गरेका हुन् । शिक्षक पेशा गरेर जिविकोपार्जन गरेका पाठकको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले […]
बेनी नगरपालिका २ का एक पुरुषमा कोरोना पुष्टि
विकल्प न्यूज/बेनी कार्तिक ५ गते । म्याग्दीको बेनी नगरपालिका २ का ३१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको जनाएको छ ।
बाढीपहिरोबाट पीडित बनेकाहरुको पुनस्र्थापना हुन्छ ः मन्त्री गुरुङ
विकल्प न्यूज/बेनी कार्तिक४गते। बाढीपहिरो पीडित तथा प्रभावित क्षेत्रका स्थानीयको पुनसर््थापना हुने गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताएका छन् । प्रेस सङ्गठन नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न पत्रकार सम्मेलनमा उनले बाढीपहिरो पीडितको पुनसर््थापना गरिने बताएका हुन् । मन्त्री गुरुङले यसवर्ष परेको भारी वर्षाका कारणले गर्दा गण्डकी प्रदेशमा ठूलो […]
बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँधलाई स्थानान्तरण गर्न माग
विकल्प न्युज/ बेनी म्याग्दी ४ कात्तिक । म्याग्दी र पर्वतको सिमानामा पर्ने ठुलो पहिरोमा बाँध राख्ने गरि निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि बाँध यथास्थितीमा रहने गरि सहमती नदिन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाको प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म निर्माणको लागि […]
बेनी अस्पतालमा कार्यरत एकजना डाक्टरमा कोरोना संक्रमण
विकल्प न्यूज/बेनी कार्तिक ३ गते । बेनी अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोरोना पुष्टि भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएको यो पहिलो केस हो । केही दिन अघि कोरोनाको लक्षण देखिएका विरामी अस्पतालमा सेवा लिन आएका थिए । असोज २९ गते कोरोना संक्रमण पुष्टि भएका दुईजनाको उपचारमा संलग्न रहेका अस्पतालका डाक्टरको कोरोना परिक्षण […]
अबैध भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
विकल्प / बेनी म्याग्दी ३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाबाट प्रहरीले अवैध एकनाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घोडेपानीबाट प्रहरी सहायक निरिक्षक रवि आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले ग्रामीण गस्तीका क्रममा अबैध भरुवा बन्दुक लुकाई हिँडेको अबस्थामा काफलडाँडाका ३१ बर्षका अम्बर गर्बुजालाई नियन्त्रणमा लिएको छ । निजको […]
बेनीमा लागूऔषध सहित एक युवा पक्राउ
म्याग्दी ३ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा एक युवा लागूऔषध सहित पक्राउ परेका छन् । प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बेनी नगरपालिका–८ गणेशटोल बस्ने २९ बर्षका बलम भण्डारीलाई लागू औषध सहित पक्राउ गरेको हो । लागूऔषधको सेवन र विक्रि वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले भण्डारीको कोठामा खानतलासी गरेको र उनले कोट राख्ने […]
बेनी अस्पतालमा आँखाको उपचार सेवा सुरू
विकल्प न्युज / बेनी कार्तिक २ गते । बेनी अस्पतालले आँखाको उपचार सेवा सुरू गरेको छ। अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणलाई आँखाको समान्य र जटिल समस्याको उपचार गर्ने गरी आइतबारदेखि सेवा सुरु गरेको हो । बिरामीको चाप बढ्दै जान थालेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखा उपचार शाखाको स्थापना गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष […]
बेनीका संक्रमित पाेखराकाे हाेटल आइसोलेसनमा भेटिए
विकल्प न्युज/ बेनी कार्तिक १ गते । म्याग्दी बेनी नगरपालिका ७ ठेगाना भएका कोरोना सक्रमित पोखराकाे होटलमा आइसोलेसनमा भेटिएकाेे जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । सक्रमित पुरुष इन्डियन आर्मी रहेको ५ दिन अगाडि भारत बाट पोखरा आएर स्वायब दिई होटेलमा क्वारेन्टिन बसेको जनाईएको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
बेनीका काेराेना संक्रमित सम्पर्क विहिन
विकल्प न्युज/ बेनी कार्तिक १ गते । शनिबार काेराेना संक्रमण पुष्टि भएका बेनीका ४४ वर्षिय पुरूष सम्पर्क विहिन भएका छन । बेनी नगरपालिका ७ का ती पुरूषले गण्डकी अस्पताल पाेखरामा काेराेना परिक्षणका लागि स्वाव दिएका थिए । काेराेना पाेजेटिभ देखिए पछि उनलाई सम्पर्क गर्न खाेज्दा माेवाईल अफ रहेकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे […]