बेनी नगरपालिका

म्याग्दीमा एकैदिन ३ जनामा डेङ्गी देखियो

विकल्प न्यूज/बेनी बैशाख २२ गते । म्याग्दीमा एकैदिन तीन जनामा डेङ्गी देखिएको छ । बेनी अस्पतालमा उपचारका लागि पुगेका एक महिला र दुई पुरुषमा डेङ्गी देखिएको हो । एक्कासी टाउको दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि आएका बेनी नगरपालिका ५, ६ र ९ का एकरएक जनामा डेङ्गी देखिएको अस्पतालका क्लिनिकल […]

बेनी अस्पतालको आइसोलेशनमा मापदण्डको अभाव

विकल्प न्यूज/बेनी बैशाख २० गते । बेनी अस्पतालमा निर्माण गरेको आइसोलेशन मापदण्ड अनुसार नभएको पाइएको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि म्याग्दीको बेनी अस्पतालमा निर्माण गरिएको भनिएको ६ बेड क्षमताको आइसोलेन वार्डमा आधारभुत पूर्वाधारको अभाव देखिएको हो । कोरोना भाइरसको लक्षण देखिएका र संक्रमण पुष्टी भएका विरामीहरुलाई उपचार […]

बेनीको क्वारेन्टाइनको फितलो व्यवस्थापन ः हातधुने साबुन समेत छैन (भिडियो सहित)

विकल्प न्यू/बेनी बैशाख १९ गते ।   कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै बाहिरबाट आएका व्यक्तिहरुलाई राख्न बनाइएको क्वारेन्टाइन व्यवस्थापन फितलो भएको छ । क्वारेन्टाइनमा न्यूनतम सेवा समेत उपलब्ध छैन । कोरानो भाइरस संक्रमण हुननदिन नियमित रुपमा साबुन पानीले हात धुनु पर्दछ तर क्वारेन्टाइनमा साबुन समेत छैन । https://www.youtube.com/watch?v=KbzK-SkUIa4 बेनीको न्यू वेष्टप्वाइन्टमा निर्माण गरिएको क्वारेन्टाइनमा शुक्रबार […]

लकडाउनको सदुपयोग ः बेनीका दुर्गाले निकाले हावाबाट विजुली (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख १६ गते । बेनीका एक युवाले हावाबाट विजुली निकाल्नु भएको छ । बेनीको बैंकरोडमा रहेको म्याग्दी उर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक दुर्गा श्रेष्ठले १० वटा बल्भ बाल्न मिल्ने विद्युत हावाबाट निकाल्नुभएको छ । https://youtu.be/GhmZI6WW_B4 लकडाउनका समयमा फुर्सद भएकाले नयाँ प्रविधि सिकौं भनेर प्रयास गरेको उहाँले बताउनुभयो । आफू सँग भएको सीप र सामग्रीको […]

कोरोना भाइरस विरुद्धको अभियानमा खटेका पत्रकारलाई स्वास्थ्य सामग्री

विकल्प न्यूज/बेनी बैशाख १२ गते । कोभिड–१९ (कोरोना) भाइरसको जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहेका धवलागिरी क्षेत्रका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासङ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा र मुस्ताङका पत्रकारका लागि मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरेको हो । समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सदस्य […]

युवा व्यवसायी जिसीद्वारा स्वास्थ्यकर्मीलाई मास्क र स्यानीटाइजर सहयोग

विकल्प न्यूज/बेनी बैशाख ८ गते । म्याग्दीका युवा व्यवसायी नारायण जिसीले जिल्लाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् । उनले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न मास्क र स्यानीटाइजर उपलब्ध गराएका हुन् । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहेका युवा व्यवसायी जिसीले जिल्लाभर कुल २२ सय […]

अलपत्र मजदुरलाई युवाहरुले उद्दार गरे पनि गन्तव्यमा पु¥याउन कठिन (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख ७ गते । मुस्ताङबाट दुई दिन हिडेर बेनी आएका मजदुरहरुलाई जलजला गाउँपालिका पर्वत बेनीका युवाहरुले उद्दार गरेर कास्कीको नयाँ पुल पु¥याएका छन् । नयाँ पुल पु¥याएपनि त्यहाँ रहेको सुरक्षा चेकपोष्टले आदेश नभएको भन्दै उनीहरुलाई त्यही रोकेको हो । https://www.youtube.com/watch?v=RWtOhE4cKhM   मुस्ताङको विभिन्न विकास योजनाहरुमा काम गर्न आएका नेपालगञ्जका १० जना मजदुरहरु आइतबार हिडेर […]

बेनी नगरले कोरोना रोकथाम कोषमा एककरोड पु¥यो, १० बेडको आइसोलेसन वार्ड बनाउने (भिडियो)

विकल्प न्यूज/बनी बैशाख ७ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम,नियन्त्रण तथा राहत कोषमा एक करोड रुपैयाँ पु¥याउने भएको छ । आइतबार बेनीमा बसेको  नगर कार्यपालिकाको  ५७ औं वैठकले कोषमा पचास लाख थप्दै एककरोड पु¥याउने निर्णय गरेको प्रवक्त रामकृष्ण बराइलीले बताउनुभयो । यस अघि नगरले पचास लाख रुपैयाँको कोष बनाएको थियो । बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार […]

 कृषिमा लकडाउनको प्रभाव ः उत्पादीत तरकारी बारीमै सड्न थाल्यो (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख ६ गते ।  जारी लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी बारीमै सड्न थालेको छ । लकडाउनका कारण बजार बन्द भएपछि बेनी नगरपालिका १ रत्नेचौर भुवानेका कृषकहरुले फलाएको तरकारीले बजार पाउन सकेको छैन । तरकारी बारीमा विग्रीन थालेपछि किसानहरु निराश भएका छन् ।   लकडाउनका कारण मल,विषाधी र बिउको अभाव भएको किसानहरुले बताएका छन् । उत्पादीत […]

जिसी क्रसरद्धारा सुरक्षाकर्मी,पत्रकार र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग

विकल्प न्यूज/बेनी बैशाख ६ गते । बेनीका युवा व्यवसायी नारायण जिसीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अग्रपक्तिमा रहेर खटिएका सुरक्षा निकाय,स्वास्थ्यकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । जिसी क्रसर उद्योगका संचालक समेत रहेका युवा व्यवसायी जिसीले शनिबार नेपाली सेना,शसस्त्र प्रहरी र म्याग्दी मिडिया सोसाइटीलाई मास्क,स्यानीटाइजर र हातधुने साबुन हस्तान्तरण गर्नुभएको हो । नेपाली […]

जिल्ला विपद् व्यवस्थापन कोषमा नेकपा म्याग्दीको साढे दुईलाख सहयोग

विकल्प न्यूज/बेनी बैशाख ५ गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको कोषमा साढे दुइलाख रुपियाँ सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा र राहत वितरणमा परिचालन गर्ने गरी नेकपाले दुइलाख ५७ हजार आठ सय ३३ रुपियाँ सहयोग गरेको हो । पार्टीका जिल्ला स्तरका नेता,कार्यकर्ता तथा सुभचिन्तकहरुबाट संकलन गरिएको उक्त […]

बेनी अस्पतालको आइसोलेसन वार्डको क्षमता विस्तार गरी १८ बेडको बनाउने तयारी

विकल्प न्युज/बेनी बैशाख ३ गते । कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै बेनी अस्पतालको आइसोलेसन वार्डको क्षमता विस्तार गरिने भएको छ । हाल कायम ६ बेडको आइसोलेसन वार्डलाई बढाएर १८ बेड क्षमताको बनाउन लागिएको हो । बुधबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहित सुरक्षा निकायका प्रमुख,अस्पताल विकास समिति,चिकित्सक तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु विचको छलफलबाट अस्पताल […]

मुख्यमन्त्री संग भिडियाे कन्फ्रेन्समा प्रजिअ ढकाल

विकल्प न्युज/ बेनि बैैैैैशाख ३ गते । म्याग्दीका प्रमुख जिल्ला अधिकारि ज्ञान नाथ ढकाल ले काेराेना भाईरसकाे राेकथाम र नियन्त्रणका लागि म्याग्दी जिल्लामा भएका प्रयास र समस्याका वारेमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङलाई भिडियाे कन्फ्रेन्स मार्फत जानकारि गराउनु भएकाे छ । बुधवार प्रजिअ ढकाल सहित प्रदेशका ११ वटै जिल्लाका प्रजिअहरूले जानकारी गराएका थिए […]

म्याग्दीकाली एफएमले मनायो ११ औँ बार्षिक उत्सब

विकल्प न्यूज/बेनी बैशाख १ गते । म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि द्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ । २०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण […]

म्याग्दीमा पहिलो चरणमा ३३ जनाको ¥यापीड टेष्ट, सबै नेगेटिभ

विकल्प न्यूज/बेनी चैत २९ गते ।  म्याग्दीमा शनिबार देखि बेनी नगरपालिकाबाट ¥यापीड टेष्ट सुरु गरिएको छ । चैत महिना यता विदेशबाट आएका व्यक्तिहरुको द्रुत परिक्षण (¥यापीड डाइगोनिष्टिक टेष्ट) लिन थालिएको छ । विश्वभरी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई रोकथाम गर्न विदेशबाट आएका सर्वसाधरणहरुको ¥यापीड टेष्ट लिन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य […]