बेनी नगरपालिका
काँग्रेस बेनी नगरको सभापतिमा युवा नेता विक्रम बोगटीसहित प्यानल घोषणा (भिडियोसहित)
विकल्प न्यूज/बेनी असोज ६ गते । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको सभापति पदमा युवा नेता विक्रम बोगटीले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरेर बोगटीले आफ्नो समुहका पदाधिकारी सहित उम्मेदवार घोषणा गर्नुभएका हो । बोगटीको समुहका तर्फबाट उपसभापतिमा हरिप्रसाद पौडेल,मनकाजी घिमिरे, सचिव ज्ञनेन्द्रकुमार श्रेष्ठ,रणबहादुर शाही,सहसचिव शान्तिशर्मा पौडेल र शानिमाया कार्कीले […]
मालढुङ्गा–बेनी सडक स्तरोन्नति सुरु (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य / बेनी असोज ६ गते । उत्तर – दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर आयोजना अन्तर्गत मालढुङ्गा – बेनी सडक खण्डलाई स्तरोन्नति गरि दुई लेनको बनाउन सुरु गरिएको छ । सडक निर्माण भएको दुई दशक वितिसक्दा पनि सडक स्तरोन्नति नहुँदा १३ किलोमिटरको यात्रा सास्तीपूर्ण थियो । साघुरो र जिर्ण सडकका कारण यात्रुहरुले सास्ती […]
नासिँदै गए बिसाउने चौतारी, संरक्षणमा चासो बढ्यो
ध्रुवसागर शर्मा \रासस म्याग्दी ५ असोज । पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । […]
कस्तुरी सहकारीको १३ औं वार्षीक उत्सवमा सामाजिक संस्थालाई सहयोग
विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले भाषा मंकाःखल बेनीलाई आर्थिक सहयोग गरको छ । सोमबार सहकारीको १३ औँ बार्षिक उत्सवको अबसरमा आयोजित एक कार्यक्रममा बिच मंकाःखलको बहुउद्देश्यीय भवन निर्माणका लागि १ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सहकारीका […]
अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा धाइरिङका साजन चयन
विकल्प न्यूज/बेनी असोज २ गते । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका युवा साजन परियार […]
अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा रेशम केसी चयन
विकल्प न्यूज/बेनी असोज २ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीले शनिबार बेनीमा आयोजित १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमितिचयन गरेको हो । सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइरथ पाण्डे, द्धितिय उपाध्यक्षमा हेमन्त पाण्डे, सचिवमा विवेक […]
बेनी नगरको सभापतिमा रविन्द्र कार्कीको उम्मेदवारी घोषणा
विकल्प न्यूज/बेनी असोज १ गते । नेपाली काँग्रेसको असोज ९ गते हुने बेनी नगरपालिकाको अधिवेशनमा युवा नेता रविन्द्र कार्कीले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका ९ घतान निवासी कार्की काँग्रेसमा लामो समय देखि क्रियाशिल हुनुहून्छ । कार्की निर्माण व्यवसायी पनि हुनुुहुन्छ । ८ वर्ष अघि नेपाली काँग्रेसको क्रियाशिल सदस्य लिएर राजनीतिमा लाग्नुभएका […]
नेकपा ( एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन
म्याग्दी ३० भदौ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । युवा संघको केन्द्रिय राजनीतिमा समेत सक्रिय रहनुभएका विश्वकर्मा बेनी नगर कार्यपालिकाको सदस्य समेत हुनुहुन्छ । त्यसैगरि कमिटीको उपाध्यक्षमा हेमराज […]
पर्वत बेनीबाट ठुलो संख्यामा जुवाडेहरु रङ्गेहात पक्राउ (भिडियो सहित)
विकल्प न्यूज\पर्वत बेनी भदौं २८ गते । जलजला ३ पर्वत बेनीबाट तास खेलीरहेको अवस्थामा सोमबार साँझ ठूलो संख्यामा जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलीले पर्वत बेनीको मल्लाज चोकको एक घरबाट ५ जना र माथिल्लो बजारबाट ६ जना गरी ११ जनालाई रङ्गेहात पक्राउ गरेको हो । बजारमा […]
रातको समयमा कालिगण्डकी दोहन गर्ने आनन्दबगरका तिनजना पक्राउ
विकल्प न्यूज/बेनी भदौं २७ गते । बेनी नगरपालिका १ आनन्द बगरबाट कालिगण्डकी नदीमा अवैध रुपमा बालुवा उत्खनन् गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राती आनन्दबगरमा स्काइभेटरको प्रयोग गरी नदीजन्य प्रदार्थ उत्खनन् गरिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेनी नगरपालिका १ आनन्द बगरका कष्णबहादुर बोगटी,डोलेन्द्र […]
नेकपाका कार्यकर्ताले बेनीमा एमसीसी सम्झौता पत्रको प्रतिलिपी जलाए
विकल्प न्यूज/बेनी भदौं २६ गते । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले एमसीसी सम्झौता खारेजको माग गर्दै बेनीमा पदर्शन सहित विरोध जनाएको छ । बेनीको सहिद स्मृति चोकमा आयोजित विरोध सभामा एमसीसी खारेजको माग गर्नुका साथै सम्झौता पत्रको प्रतिलिपिमा आगो लगाएर जलाईएको थियो । पत्र जलाउँदै नेकपाका केन्द्रिय सदस्य ध्रुर्व घिमिरे (विप्लव) ले राष्ट्रघाति सम्झौता गर्न नहुने […]
जहाँ शिक्षक र कक्षा कोठाको अभावमा सयौं विद्यार्थी विद्यालयको गेटबाट फर्किन्छन्
ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज भदौं २५ गते । नेपालकै सर्वोत्कृष्ट विद्यालयका रुपमा घोषित म्याग्दीको बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी र कक्षा कोठाको अभाव देखिएको छ । वर्षेनी विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको चाप बढ्दै गएका कारण शिक्षक र कक्षा कोठाको अभाव भएको हो । विद्यालयले भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापन गर्न […]
म्याग्दीमा तिनजना जनप्रतिनिधिले रोजे एकिकृत समाजवादी
विकल्प न्यूज/बेनी भदौं २२ गते । म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बेनी नगरपालिकाका कार्यापालिका सदस्य द्धाय कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की र धौलागिरि गाउँपालिका कार्यापालिका सदस्य देउप्रसाद छन्त्यालले एकिकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी […]
पुस्तकालय दिवसका अवसरमा हिरासतका बन्दीलाई पुस्तक हस्तान्तरण
विकल्प न्यूज/बेनी भदौं १५ गते । १४ औँ पुस्तकालय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले हिरासतमा रहेका बन्दीहरुलाई फुर्सदको समयलाई सकरात्मक अध्ययनमा सहयोग पुगोस भन्ने उदेश्यले ३० थान विभिन्न विद्याका पुस्तक हस्तान्तरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष […]
कालिपुल पहिरो पीडित जुम्लाका ५ जनालाई शान्तिकोषको सहयोग
विकल्प न्यूज/बेनी भदौं १४ गते । आइतबार राती कालिपुलमा आएको पहिरोका कारण बसेको होलमा छाल आउँदा सवै गुमाएर पीडित बनेका जुम्लाका ५ जना व्यवसायीहरुलाई परोककारी संस्था ओमकुमारी शान्तिकोषले राहत सहयोग गरेको छ । जुम्ला सिंजा गाउँपालिकाका घर भई बेनीमा जडीबुटी र कस्मेटिक व्यवसाय गर्दै आएका पाँचजना व्यवसायीहरुलाई शन्तिकोषले ३० हजार रुपैयाँ नगद र १० हजार […]