ताजा समाचार:
Search

बेनी नगरपालिका

सातौं म्याग्दी महोत्सवको तयारी तीव्र

विकल्प न्यूज/बेनी पुस १७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने सातौं म्याग्दी महोत्सवको तयारी तीव्र पारिएको छ । आगमी पुस २८ गते देखि माघ ७ गते सम्म बेनीमा आयोजना हुने प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो । बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको […]

बेनीमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/बेनी पुस १७ गते । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ आइतबार देखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभयो । प्रतियोगिता उद्घाटन पुर्व सहभागि हुन आएका विद्यालयका विद्यार्थी,नवजागर आमा समुह,नेपाल मंकाखल लगायतले बजारमा झाँकी प्रदर्शन गरेका थिए […]

किन रोकियो बेनीमा निर्माणधिन रामायण पार्क योजना ?

ठाकुरप्रसाद आचार्य/बेनी पुस १६ गते । म्याग्दीको बेनीमा निर्माणधिन रामायण पार्क योजना बजेट अभाव भएपछि अलपत्र परेको छ । बेनी नगरपालिका ५ पछैलाई धार्मिक स्थलका रुपमा विकास गर्ने उद्देश्यले डेढ वर्ष अघि रामायण पार्क निर्माण योजना थालिएको थियो । संघीय सरकार अन्तर्गतको पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन नगरिदिएपछि योजना अलपत्र परेको हो […]

लोकदिप सहकारीले गर्यो विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह

बेनी, १५ पुष । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ । बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण मिनाह गरिएको जानकारी गराइएको हो । सहकारीले बेनपा ८ न्युरोडमा रघुगंगा डेरी एण्ड जुस कर्नर […]

म्याग्दीका बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभर संक्रमण

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीका बङ्गुर फार्महरुमा अफ्रिकन स्वाइन फिभर संक्रमणका कारण बङ्गुरहरु मर्न थालेपछि फार्महरु रित्तिन थालेका छन् । एकसाता यता बङ्गुर फार्महरुमा स्वाइन फिभरको संक्रमण फैलिएको छ । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा किसानले पालेका बङ्गुरमा संक्रमण देखिएपछि हालसम्म ३ सयभन्दा बढी बङ्गुर मरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले […]

बेनी नगरका प्रमुख केसी डोजर लिएर पुगे अव्यवस्थित संरचना हटाउन कालिपुल (फोटो)

विकल्प न्यूज/बेनी पुस १५ गते । बेनी नगरपालिकाले कालिपुल स्थित बसपार्कमा निर्माण भएका अव्यवस्थित संरचना हटाउन थालेको छ । शुक्रबार बेनी नगरपालिकाका प्रमुख सुरत केसी,वडा नम्बर ८ का अध्यक्ष उत्तम कर्माचार्य सहितको टोलीले वसपार्कमा रहेका अव्यवस्थित घर टहरा हटाउन डोजर लिएर जानुभएको थियो । शुक्रबार वसपार्क स्थित यातायात व्यवसायीले राखेको टिकट काउन्टर डोजर लगाएर भत्काइएको […]

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको तयारी

विकल्प न्यूज\बेनी पुस १४ गते । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता तयारीका लागि बेनी नगरपालिका जुटेको छ । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिएको नगरप्रमुख […]

पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

विकल्प न्यूज\बेनी पुस १३ गते । म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतमालई मिडिया सोसाईटी अवार्ड २०७९ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरना परिसरमा बुधबार आयोजित समारोहमा आठ हजार ८०० नगद रुपैयाँ सहित गौतमलाई पुरस्कृत गरिएको हो । गौतम डेढ दशक यता जिल्लाको पत्रकारिता क्षेत्रमा […]

लोकदिप सहकारीले बनायो चार वर्षिय रणनीतिक योजना

विकल्प न्यूज/बेनी पुस ११ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित लोकदिप बचत तथा तथा ऋण सहकारी संस्था ९साकोस)ले चार वर्षिय रणनीतिक योजना तयार गरेको छ । जिल्लाको पर्यटकीयस्थल टोड्केमा शनिबार र आइतबार गरी दुईदिनसम्म आयोजित रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले आगामी ४ वर्षको लागि लक्ष्य,रणनीति, बजेट र योजना निर्माण कार्य सम्पन्न गरेको हो । आगामी चारवर्षमा […]

बेनीलाई कालिगण्डकी कटानबाट जोगाउन थप पक्की पर्खाल निर्माण सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस ११ गते । कालिगण्डकी नदीले कटान गर्ने म्याग्दीको सदरमुकाम बेनीको उच्च जोखिम क्षेत्रमा पक्की आरसीसी पर्खाल निर्माण सुरु गरिएको छ । दुई वर्षअघि कालिगण्डकीमा आएको बाढीका कारण कटान गरेको क्षेत्र म्याग्दी जेसिजको भवन देखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडीको भागसम्म कालिगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालिएको हो । बजारको यो […]

नारी जागृति सहकारीको लगानी एक करोड ७४ लाख

विकल्प न्यूज/बेनी पुस १० गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको आज (आइतबार) २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७९÷०८० सम्म कुल ५ सय ५ जना शेयर सदस्य रहेको सहकारीको ९१ लाख ६२ हजार तीनसय रुपैयाँ शेयर पुँजी रहेको छ । यसैगरी सहकारी संस्थामा जगेडा […]

लटरम्म पाकेका सुन्तलाले बास्कुना गाउँनै छोपियो (भिडियो)

विकल्प न्यूज/बेनी पुस ९ गते । म्याग्दीको बेनी नगरपालिका ४ बास्कुना गाउँ यतिखेर सुन्तला पाकेर पहेँलपुर बनेको छ । सुन्तलाको बोटले धान्ने नसक्ने गरी फल लागेको छ । बगानमा यतिखेर व्यापारीहरु सुन्तला खरिद गर्न आएका छन् । किसानलाई सुन्तला टिप्न भ्याइनभ्याई छ । गत वर्ष भन्दा यो वर्ष सुन्तलाको दाना राम्रो लागेकाले सोचेजस्तो आम्दानी हुने […]

प्रकाश माविको ७० औं वार्षिकोत्सवमा विज्ञान प्रदर्शनी (फोटोफिचर)

प्रताप बानियाँ/म्याग्दी । पुस ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो । #ADV जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा सञ्चालन गरेको प्रकाश माविद्वारा ७०औं […]

कालिपुल देखि बगरफाँट जोड्न कालिगण्डकीमा बेलिब्रिज बन्ने

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस ९ गते । बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटवासीको मागलाई सम्बोधन गर्न बेनीको कालिपुल स्थित कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण हुने भएको छ । पर्वत बेनी देखि बगरफाँट जोड्ने सडक कालिगण्डकी नदीले कटान गरेपछि यो वस्ती सडक सुविधाबाट बञ्चित हुँदै आएको छ । बेनी नगरपालिका ८ […]

बेनीको कालिपुलमा सडकमै गोदाम र कुखुरापालन (फोटो/भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस ४ गते । दैनिक सयौंको संख्यामा सवारीसाधन ओहोरदोहर गर्ने बेनीको कालिपुल स्थित सडक अतिक्रमण गरेर व्यापारीले गोदामनै बनाएका छन् । बेनी–जोमसोम –कोरला सडकको प्रवेशद्धारका रुपमा रहेको कालिपुल स्थित सडक छेवैमा राखिएका सामग्रीका कारण सडक साघुरो भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ । सडक छेवैमा छरपस्ट रुपमा सामग्रीका कारण पैदलयात्रा असहज […]