बेनी नगरपालिका
निजामति कर्मचारीलाई आपत्कालीन अवस्थामा जीवन बचाउने तालिम
प्रताप बानियाँ\म्याग्दी भदौ २३ गते । निजामति सेवाको क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई आपत्कालीन अवस्थामा जीवन बचाउने सम्बन्धी विषयमा तालिम दिइएको छ । २०औं निजामति सेवा दिवसको अवसरमा ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन (सिबिए) जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो । आपत्कालीन […]
बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी तिव्र
विकल्प न्यूज\बेनी भदौ २३ गते । म्याग्दीको बेनीमा आयोजना हुने नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी तिव्र पारिएको छ । म्याग्दी जेसीजको आथित्यमा आगमी असोज ३ गते देखि सुरु हुने सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको आयोजकले जनाएका छन् । सम्मेलनको तयारीका वारेमा शनिबार जेसीज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । क्षेत्र ख सम्मेलनको तयारी […]
बेनीको खुल्ला मञ्चमा अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु
विकल्प न्यूज\बेनी भदौ २३ गते । म्याग्दीको बेनी स्थित खुल्ला मञ्चमा दोस्रो अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा आयोजना गरेको ‘९ ए साईड’ फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले गुर्नभयो । दश विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता र उपविजेताले क्रमश […]
लोभ नगर्ने र डर नमान्ने हो भने केही परिवर्तन गर्न सकिन्छ – मन्त्री जुग्जाली
विकल्प न्यूज\बेनी भदौ १९ गते । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्ने लक्ष्य राखेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औ स्थापना दिवसको अवसरमा मंगलबार बेनीमा भएको कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले चालु आर्थिक […]
बेनीको अस्पतालचोकमा अतिक्रमित संरचना हटाइयो
विकल्प न्यूज\बेनी भदौ १९ गते । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो । बेनी नगरप्रमुख सुरत केसीले अस्पतालचोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुुई पसलको संरचना […]
मजदुरबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा
म्याग्दी । भदौ,१० गते । अठार वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका उनी सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा […]
कृषि र भेटेरिनरीको बजेट सार्वजनिक
विकल्प न्यूज\बेनी भदौ ९ गते । गण्डकी प्रदेश सरकार अन्तरगत रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार बेनीमा कार्यक्रम सार्वजनिकरण कार्यक्रम आयोजना गरी दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख किरण […]
आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक
म्याग्दी,भदौ ९ गते । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनः स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुनःनिरन्तरता दिएका हुन् । लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएर जिम्मेवारी पूरा […]
साविक खाद्यय संस्थानको भवनबाट पत्रकार महासंघ म्याग्दीको कार्यालय संचालन
विकल्प न्यूज/बेनी भदौ,७ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले आफ्नै भवनबाट कार्यालय संचालनमा ल्याएको छ । लामो समय देखि निजी घरमा कोठा भाडामा लिएर कार्यालय संचालन गर्दै आएको महासंघले भदौ १ गते देखि बेनीको विरेन्द्रचोक स्थित साविक खाद्यय संस्थानको भवनलाई मर्मत सम्भार गरेर कार्यालय संचालनमा ल्याएको हो । बेनी नगरपालिकाको नाममा रहेको साविक […]
बेनीमा एकमहिने बर्खे नाच देखाउन सुरु
विकल्प न्यूज\बेनी ४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हस् पूचस् हरुले ९युवा० बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका […]
बेनीको मंगलाघाटमा सुख्खा पहिरो झ¥यो
विकल्प न्यूज/बेनी साउन ३२ गते । सदरमुकाम बेनी बजारको मंगलाघाटमा सुख्खा पहिरो खसेको छ । मंगलाघाट पारि रहेको बेनी नगरपालिका वडा नम्बर २ को भिरबाट विहिवार विहान साढे १० बजेतिर सुख्खा पहिरो म्याग्दी खोलामा खसेको हो । पहिरो खसेपछि बेनी– बगरफाँट, भकिम्ले सडक अवरुद्ध भएको छ । म्याग्दी खोलाको किनारमा बेनी खानेपानीले तथा सरसफाई उपभोक्ता […]
साउन महिनामा गलेश्वरमा नौ लाख बढी भेटी संकलन
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा करिब असी हजार भक्तजनले पुजाआजा र दर्शन गरेका छन् भने नौलाख भन्दा बढी भेटी संकलन भएको छ । साउन महिनाको पाँचवटा सोमबारमा गलेश्वर शिवालयमा भक्तजनहरुले चढाएको दान,भेटी र सहयोग रकम गरी करिब साढे नौलाख रुपियाँ भेटी संकलन […]
आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन
विकल्प न्यूज\बेनी साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल उत्पादन गर्न थालेका हुन् । पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने […]
आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि बेनी नगरपालिकामा चार दिनका लागि विद्यालय बन्द
विकल्प न्यूज\बेनी साउन २९ गते । म्याग्दीको बेनी नगरपालिकामा आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चार दिन बन्द विद्यालय बन्द गरिएको छ । बेनी बजार तथा ग्रामिण क्षेत्रका विद्यालयमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएपछि बेनी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाकाले विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य कार्यालयका प्रतिनिधिको समेत समन्वयमा बसेको […]
साउन महिनामा गलेश्वर धाममा ८० हजार भक्तजन
ठाकुरप्रसाद आचार्य\बेनी साउन २९ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा साउन महिनामा मात्रै ८० हजार भक्तजनले दर्शन गरेका छन् । साउन महिनामा पाँचवटा सोमबार परेकाले गलेश्वर शिवालय मन्दिरको दर्शन र पुजाआजा गर्ने भक्तजनहरु सो संख्यामा आएका हुन । साउनको पहिलो सोमबार र अन्तिम सोमबार दर्शन गर्ने भक्तजनको मन्दिरमा भिड लागेको […]