बेनी नगरपालिका
बिकु फ्यामिलि कालोलाई उपाधि
म्याग्दी,माघ २० गते । बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । बिकु फ्यामिलिले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई २–० गोलले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो । माघ १६ गतेदेखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । त्यस्तै संकल्प सुधार […]
एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष विश्वकर्मालाई मातृ शोक
विकल्प न्यूज/बेनी माघ २० गते । नेकपा एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई मातृ शोक परेको छ । यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष, बेनी नगरपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएका विश्वकर्माका ममतामयी आमा कौशिला विश्वकर्माको ७० बर्षको उमेरमा शनिबार विहान बेनी नगरपालिका–८,हिलसाइडस्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि प्यारालाइसेसबाट ग्रसित कौशिलाको कालिगण्डकी नदीमा धार्मिक […]
नेकपाद्धारा बेनीको न्युरोड घटनाका दोषीहरुलाई कडा कारबाही गर्न माग
विकल्प न्यूज/बेनी माघ १८ गते । एकहप्ता अघि एक युवाको ज्यान जाने गरी बेनीको न्युरोडमा भएको घटनालाई लिएर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बेनी नगर कमिटीले दोषीलाई कडा काबाही र पीडित परिवारलाई उचित न्याय दिन माग गरेको छ । शुक्रबार सो पार्टीका बेनी नगरपालिका इन्चार्ज गोविन्द सीले एक विज्ञप्ती प्रकाशित गर्दै घटना घटेको एकहप्ता वितिसक्दा […]
मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल
म्याग्दी, माघ १७ गते । म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३/११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर […]
बेनीमा पारिवारिक मूल्यमान्यता सम्बन्धी अभिमुखीकरण
विकल्प न्यूज/बेनी माघ १७ गते । म्याग्दीको सदरमुकाम बेनीमा सोमबार पारिवारिक मूल्यमान्यता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फेमिली पिस एशोसियसन नेपाल र मिलन म्याग्दीको संयुक्त आयोजना, बेनी नगरपालिका तथा वडानम्बर ७ बेनीको समन्वय र सहकार्यमा अभिमुखीकरण गरिएको हो । ‘समृद्ध, सुखी, शक्तिशाली र शान्तिपूर्ण राष्ट्रको आधार, आदर्श परिवार’ भन्ने नाराका साथ कार्यक्रम आयोजना […]
मंगलबार देखि बेनीमा सर्वाधिक राशिको बिकु फ्यामिली कप हुँदै
विकल्प न्यूज/बेनी माघ १५ गते । बेनीमा माघ १६ बाट हुने सर्वाधिक पुरस्कार राशिको बिकु फ्यामिलि कप–२०८० फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । माघ १६ देखि २० सम्म बेनी बजारको खुल्लामञ्चमा हुने प्रतियोगिता सेभेन ‘ए’ साइड हुने छ । म्याग्दीको बेनी संगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोक पर्वत बेनीमा रहेको बिकु फ्यामिलीले आयोजना […]
तातोपानी कुण्डको आकर्षण बढ्दै
विकल्प न्यूज/बेनी माघ १५ गते । वि.सं.२०४२ देखि म्याग्दीको बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ । यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले […]
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै एमाले म्याग्दीको अधिवेशन सम्पन्न (सदस्यहरुको नामावली सहित )
विकल्प न्यूज\बेनी माघ १४ गते । नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित […]
एमाले म्याग्दीको अधिवेशन ः अध्यक्षमा सुवेदी निर्विरोध चयन अन्य पदाधिकारीमा सहमतिको प्रयास
विकल्प न्यूज/बेनी माघ १४ गते । बेनीमा जारी नेकपा एमाले म्याग्दीको दशौं अधिवेशनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । आइतबार एक बजेसम्म उम्मेदवारी दर्ताको समय दिएकोमा अध्यक्ष पदका लागि सुवेदी बाहेक अन्य कसैको पनि उम्मेदवारी दर्ता भएन । अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध चयन हुनुभएको हो । ADV यसैगरी उपाध्यक्ष,सचिव र […]
बेनीको न्यूरोड अन्धकारमय, विग्रीएका सडक बत्ती नगरले बनाएन्
विकल्प न्यूज\बेनी माघ १३ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडको गल्ली अन्धकारमय भएको छ । नगरपालिकाले जडान गरेका सडक बत्ती विग्रीएपछि हुलाक चोक देखि क्याम्पसचोक सम्मको सडक अन्धकारमय बनेको हो । सडक अन्धकारमय बनेपछि सर्वसाधरणहरुले असुरक्षित महशुस गरेका छन् । हालै मात्र समसाँझैमा खुकुरी प्रहार गरेर एक युवाको हत्य भएको क्षेत्र पनि न्यूरोड नै […]
प्रथम म्याग्दी भलिबल कपको उपाधि प्रकाश र शिख माविले जित्यो
विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको बेनीको खुल्ला मञ्चमा भएको प्रथम भलिबल कप २०८० को उपाधि प्रकाश मावि, शिख मावि र डनिङ स्कुलले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा छात्र तर्फको खेलमा बेनी नगरपालिका, ७ बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका, ७ स्थित किसानी मावि विमलाई २८–२६, २५–२१, २५–२१ र २५–१८ को […]
गठबन्धन सरकार पूर्ण रुपमा असफल भयो ः महासचिव पोखरेल
विकल्प न्यूज/बेनी माघ १३ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । शनिबार विहान प्रेसचौतारी नेपाल जिल्ला शाखा म्याग्दीद्धारा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मुलुकमा देखा परेका समस्या समाधान गर्न,विकास निर्माणलाई अगाडी बढाउन र सुशासन कायम गर्न वर्तमान गठबन्धन सरकार पूर्ण रुपमा असफल सावित भएको दावी गर्नुभयो […]
शिक्षकको भलिबल प्रतियोगितामा डनिङ आवासीय र शिख मावि विजयी
ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ १३ गते । जिल्ला भलिबल संघको आयोजनामा बेनीमा संचालन भएको प्रथम म्याग्दी कपको पुरुष र महिला शिक्षकको भलिबल प्रतियोगितामा डनिङ आवासीय मावि बावियाचौर र शिख मावि शिख विजयी भएको छ । बेनीको खुल्लामञ्चमा भएको फाइनल खेलमा पुरुष शिक्षकतर्फ मंगला गाउँपालिका–२ बावियाचौरको डनिङले बेनी नगरपालिका–९ तोरिपानीस्थित गलेश्वर माविलाई सोझो दुई सेटमा पराजित गरेको […]
बेनीको न्यूरोड घटनामा संलग्न भएका चारजना पक्राउ
विकल्प न्यूज/बेनी माघ १२ गते । म्याग्दीको सदरमुकाम बेनीबजारको न्युरोड स्थित भित्री गल्लीमा बिहिबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गरेर युवाको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वर्ष २१ का अमृत पुर्जा,रघुगंगा गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई हाल बेनी नगरपालिका ९ गलेश्वर […]
बेनीबजारको न्युरोडमा समसाँझैमा खुकुरी प्रहार हुँदा एक युवाको मृत्य
विकल्प न्यूज\बेनी माघ ११ गते । म्याग्दीको बेनी बजारको न्यूरोड स्थित भित्री गल्ललीमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ५ बजेयुवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय सुशिल गर्वुजाको मृत्यु भएको हो । घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका […]