बेनी नगरपालिका

गलेश्वरमा ज्येष्ठ नागरिक सभाहल निर्माण

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूजम्याग्दी, साउन ४ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको हो । सभाहल निर्माण भएपछि आश्रममा बसोबास गर्ने बृद्धबृद्धाहरुलाई भेला तथा जमघट हुन र विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सहयोग पुग्ने […]

बेनी नगरको सार्वजनिक सुनुवाई ः पूँजीगत खर्च ८५ प्रतिशत

विकल्प न्यूज\बेनीअसार ३१ गते । बेनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ मा विकास निमार्ण तर्फको पूँजीगत ८४.९९ प्रतिशत बजेट खर्च गरेको छ । पूँजीगत तर्फ रहेको १८ करोड ७७ लाख ६० हजार रपियाँ बजेट मध्य १५ करोड ९५ लाख ७२ हजार ४८० रुपियाँ बजेट खर्च भएको हो । सोमबार बेनी नगरपालिकाले वडा नम्बर ९ को […]

मुख्यमन्त्री पाण्डेको त्यो झुटो आश्वासन ःफापरखेत पहिरोमा सास्ती उस्तै

विकल्प न्यूज/बेनीअसार २९ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत असोजमा म्याग्दी आउँदा भन्नुभएको थियो, ‘‘६ महिना भित्रमा प्रदेश सरकारले पहिरोको विकल्पमा सडक खोल्ने र म्याग्दीखोलामा बेलिव्रिज हाल्ने छौं । फापरखेत पहिरोले दिएको दुःख र सास्तीबाट म्याग्दीवासीले मुक्ती पाउनेछन् यो मेरो प्रतिवद्धता हो ।’’ मुख्यमन्त्री पाण्डेले बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका […]

रघुगंगा नदीमा आएको भिषण बाढीले सडक कटान, मन्दिर जोखिममा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार २८ गते । अविरल वर्षा सँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकको गलेश्वर खण्डमा सडक कटान गरेको छ । नदी कटानका कारण रघुगंगा गाउँपालिका ३ स्थित गायत्री मन्दिर समेत जोखिममा परेको छ ।नदीको कटानले बेनी–जोमसोम सडक खण्डको गलेश्वर पारी करिब ५० मिटर सडक कटान गरेको छ । सडक कटान गरेकाले अहिले यातायात […]

म्याग्दीमा दूध उत्पादक कृषकका लागि आएको २२ लाख फिर्ता

विकल्प न्यूज/बेनीअसार २७ गते । म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरूलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो।  दूध उत्पादन गर्ने कृषकहरूलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराउन केन्द्रलाई चालू […]

बेनीका ल्याब मापदण्ड विपरित,विरामी चेकजाँच गर्ने कोठा साँघुरा र फोहोरी

विकल्प न्यूज/बेनीअसार २६ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधि पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधि पसलहरुमा अनुगमन गरिएको हो । औषधि पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू गरिएको अनुगमनको पहिलो चरणमा गरिएको अनुगमनमा सबै पसलहरु दर्ता र नवीकरण गरेको तथा म्याद गुज्रिएका औषधीहरुलाई […]

कम्प्युटर सिक्ने आमाहरुको रहर

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूजअसार २५ गते । बेनी बजारको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा अध्यनरत कल्पना सुनारले नेपाली र अंग्रेजी दुवै अक्षरहरु सजिलै टाइप गर्नुहुन्छ । उहाँ कक्षा ९ मा अध्यनरत हुनुहुन्छ । पढाइ सँगै सुनारमा कम्प्युटर सिक्ने रहर जागेर आएको छ ।सानो उमेरमै विवाह भएपछि बीचमै पढाई छाड्नु भएकी पर्वतको जलजला गाउँपालिका ४ […]

बेनी नगरका कच्ची सडक ढलान र कालोपत्रले यात्रा सहज बन्दै

ठाकुरप्रसाद आचार्य /बेनीअसार २४ गते । घर अगाडीको सडक कच्ची भएका कारण वर्षौ देखि बर्खायाममा हिलो र हिउँदमा धुलाम्मे भएर सास्ती भोगेकी बेनी नगरपालिका ६ डाँडावारीकी शोभा महत केसी सडक कालोपत्रे भएपछि भने खुसी हुनुहुन्छ । कच्ची सडकका कारण बर्षौ देखि सास्ती भोग्दै आएका थियौं उहाँले भन्नुभयो, ‘‘अहिले घर अगाडीको सडक कालोपत्रे भएर चिल्लो भएको […]

तिन दिन पछि खुल्याे बेनी-दरबाङ सडक

विकल्प न्युज/ बेनी असार २४ गते । पहिरोले अवरुद्ध भएको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रवार पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत […]

बेनीमा रावण पार्क र प्रतिमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

विकल्प न्यूज/बेनीअसार २३ गते । सर्वोच्च अदालतले म्याग्दीको बेनीमा रावण पार्क र प्रतिमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका–५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको थियो । मन्त्रालय र नगरपालिकाको ७०÷३० […]

धारामा पानी पर्खिँदै पुरुण्डीवासी

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूजअसार २२ गते ।बेनी देखि माथिको पुरुण्डी गाउँ पुग्दा धारामा पानी थाप्नका लागि थुप्रिएका भाँडाहरु देखिन्थे । यहाँ १०/१२ घरले प्रयोग गर्नेगरी वर्षौ पहिला बनाइएका धाराहरु रहेछन् । यहाँ दिनमा मुस्किलले एक देखि दुईघण्टा मात्र पानी आउछ । यहाँ बसोबास गर्ने करिब एकसय घरधुरीलाई पिउने पानीको निकै समस्या छ । बर्खायाममा केही सहज […]

खबरा खानेपानी आयोजनामा ठेकेदारको लापरबाही

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार २२ गते । बेनी नगरपालिका २ को खबराको वस्तीमा पिउने पानी उपलब्ध गराउन चार वर्ष देखि खबरा खानेपानी आयोजना निर्माणधिन छ । संघीय सरकारको बजेटबाट बेनी नगरपालिकाले ठेक्का मार्फत योजना निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्ष सम्म आइपुग्दा तीनवटा ठेक्का मार्फत योजना निर्माण भइरहेको छ । अहिले सम्म एक करोड ३१ […]

बेनीको प्रकाश माविमा विद्यार्थीलाई कपाल काट्ने तालिम

ठाकुरप्रसाद आचार्यम्याग्दी, असार २२ गते । विद्यार्थीलाई पढाईका साथै व्यवहारिक सीप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम प्रदान गरिएको छ । बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पढाईका साथै विद्यार्थीको रोजाई अनुसारको सीपमुलक तालिम दिन थालेको हो । बेनी नगरपालिकाले संचालन गरेको ‘‘हामी सक्छौं,हामी गछौं ’’ कार्यक्रम अन्तर्गत विद्यालयले कक्षा ७ देखि १० सम्मका तीसजना विद्यार्थीहरुलाई कपाल […]

बेनीका ७ विद्यालयको कक्षा समायोजन

विकल्प न्यूज/बेनीअसार २२ गते । बेनी नगरपालिकाले विद्यार्थी संख्या न्यून भएका ग्रामिण भेगका ७ वटा विद्यालयको कक्षा समायोजन गरेको छ । ग्रामिण भेगमा रहेका विद्यालयहरुमा वर्षेनी विद्यार्थी संख्या घट्दो छ । बसाईसराई,निजी विद्यालयप्रतिको आकर्षण र ग्रामिण भेगका सामुदायिक विद्यालयको व्यवस्थापन फितलो भएका कारण विद्यार्थी संख्या घटेको हो । चालु आर्थिक वर्षमा ७ जना भन्दा कम […]

जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

विकल्प न्यूज/जलजलाअसार २२ गते । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट काम गर्ने प्रत्येक वडाबाट एकवटा छनौंट गरी ९ वटा […]