बेनी नगरपालिका
बुबा आमाको स्मृतिमा छोराहरुद्धारा विद्यालयलाई सहयोग

विकल्प न्यूज\बेनी असार ३ गते । यहाँका एक परिवारले स्वर्गीय आमा बुवाको स्मृतिमा विद्यालयलाई शैक्षिक सामाग्री र नगद सहयोग गरेका छन् । बेनी नगरपालिका ९ स्थायी घर भई हाल बेनीबजारमा बसोबास गर्नुहुने चिरन्जीवि शर्मा,पुष्कर शर्मा, दामोदर शर्मा र छोरी जमुना र ज्वाई मोहन सुवेदीले स्वर्गीय आमा सावित्री देवी शर्मा आचार्यको वार्षीक पु्ण्य तिथि र बुवा ज्ञामु […]
फौजदारी संहिताबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनिल पौडेल जेठ ३२ गते । युवा सञ्जालका सदस्यहरुलाई लैङ्गिक हिंसामा आधारित फौजदारी संहिताबारे अभिमुखिकरण कार्यक्रम बेनीमा सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्र्तगत प्लान इन्टरनेस्नलको सहयोग र सिविन नेपालको आयोजनामा २ दिनसम्म सम्पन्न भएको उक्र कार्यक्रमको पहिलो दिनमा बोल्दै जिल्ला यूवा समितिका अध्यक्ष डि।पी शर्माले जवसम्म हामी आफँु आत्मनिर्भर हुन सक्दैनौ तबसम्म […]
मेयर गैरजिम्मेवार ः नेकपा, गैरकानुनी निर्णय खारेज हुनुपर्दछ ः काँग्रेस

विकल्प न्यूज/बेनी जेठ ३० गते ।जिल्लाको बेनी नगरपालिकाका जनप्रतिनिधिको अपरिपक्कता र दुरदर्शीताको अभावका कारण नगरपालिका यतिखेर बन्धक बनेको छ । नगरपालिकाले बनाउने विभिन्न ऐन,नियम, कार्यविधि र बजेट निर्माणमा जनप्रतिनिधिको आलोकाँचो प्रवृत्तिका कारण नगरपालिका समय समयमा विवादमा मुछिदै आएको त छ नै अर्को तिर बहुमत र अल्पमतका कारण नगरपालिका यतिखेर बन्दी बनेको छ । आगमी आर्थिक […]
गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक

विकल्प न्युज बेनी,बजेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो । गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य कार्यालय म्याग्दीका कर्मचारीहरुको टोलिले सबै पाँच […]
बेनपामा बहुमतलाई ठेस : निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

विकल्प न्युज बेनी,जेठ २९ गते । बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको छ । बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको हो । नगर प्रमुख हरिकुमार श्रेष्ठले कार्यपालिका सदस्य […]
मासिक १२ हजार खर्चिएर बेनपा ६ को कार्यालय ७ मा किन ?

साधन राम्जाली/विकल्प न्युज बेनी जेठ २९ गते । जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा बाडेको बेनी नगरपालिकाले वडा नम्बर ६ को कार्यालय ७ नम्बर वडा विरेन्द्रचोकबाट सञ्चालन गरेको छ । वडावासीहरुलाई आफ्नै वडाबाट सेवाप्रवाह गर्नुका साटो मासिक रुपमा १२ हजार रुपियाँ नगरपालिकालाई आर्थिक भार पर्ने गरी विरेन्द्रचोकबाट कार्यालय सञ्चालन गरेको हो । स्थानीय तहको […]
बेनी नगरका सदस्यहरुद्धारा विशेष नगरसभाको माग

विकल्प न्यूज/बेनी जेठ २८ गते ।बेनी नगरपालिकाका एक तिहाई सदस्यहरुले विशेष नगरसभाको माग गरेका छन् । नगरसभामा रहेका एकतिहाई सदस्यहरुले हस्ताक्षर गरेर विशेष नगरसभाको वैठक राख्न मेयर हरिकुमार श्रेष्ठ समक्ष माग गरेका हुन । एकतिहाई सदस्यको हस्ताक्षर आवश्यक रहेपनि नगरसभामा रहेका पचास जना सदस्यहरु मध्य २४ जनाले निवेदनमा हस्ताक्षर गरेर विशेष सभाको माग गरेको बेनी […]
बेनीमा गजल उत्सव (भिडियोसहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार गजल उत्सव सम्पन्न भएको छ । म्याग्दी साहित्य सञ्चारले संस्थाको तेस्रो अधिवेशनका अवसरमा गजल उत्सव कार्यक्रमको आयोजना गरेको हो । गजल उत्सव कार्यक्रममा दश जिल्लाका १० जना भन्दा बढी गजलकारहरुले गजल बाचन गर्नुभएको छ । गजल उत्सवमा बागलुङका राम अविरल,रौतहटकी रेणुका जिसी, स्याङ्जाका मिलन समीर,नवलपुरका […]
काँग्रेसको जागरण अभियान समापन

विकल्प न्यूज/बेनी म्याग्दी, २५ जेठ । स्थानीय तहको चुनावमा मालिका गाउँपालिकाको स्वतन्त्र तर्फका उम्मेदवार हर्कमान जुग्जाली नेपाली काँग्रेसमा प्रवेश गनुभएको छ । मालिका गाउँपालिका–७ बिमका जुग्जाली एक कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष श्री प्रसाद रोकाले उनलाई काँग्रेसको सदस्यता प्रदान गर्नुभएको हो । उक्त कार्यक्रममा जग्जाली सहित नेकपा पार्टी परित्याग गरि २१ जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका […]
राप्रपाको दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा बेनीमा (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दोस्रो चरणको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा म्यग्दीको सदरमुकाम बेनीमा आइपुगेको छ । विहिवार मुस्ताङको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथबाट सुरु भएको यात्रा शनिबार बेनी आइपुगेको हो । पार्टीका अध्यक्ष कमल थापाले यात्राको नेतृत्व गर्नुभएको छ । यात्रामा राप्रपाका केन्द्रिय सदस्यहरुको पनि सहभागिता रहेको छ । […]
सरकार सर्वसत्ताबाद तर्फ उन्मुख ः कमल थापा

विकल्प न्यूज/बेनी जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावाद तर्फ उन्मुख हुन लागेको आरोप लगाउनुभएको छ । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बेनी आउनुभएका अध्यक्ष थापाले पत्रकार सँगको कुराकानीमा सरकारका पछिल्ला गतिविधिले मुलुकमा सर्वसत्तावाद लाद्न खोजिएको अनुभूति भएको बताउनुभयो । ‘सरकारको दुई वर्षको कार्यशैलीको मुल्याङकनका […]
भ्रष्टाचार गर्नेलाई कडा कार्वाही हुन्छ ः मन्त्री थापा

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ २५ । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले भ्रष्टाचार गर्नेलाई सरकारले कडा कार्वाही गर्ने बताएकी छिन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानुन अनुसार कार्वाही गर्ने बताएकी हुन् । मन्त्री थापाले सरकारले यसअघि नै […]
तातोपानी कुण्डलाई आर्थिक सहयोग

विकल्प न्युज बेनी , जेठ २४ गते । यहाँका एक परिवारले म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्डलाई आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका ४ च्युरिबोट घर भई हाल काठमाण्डौ बस्दै आउनुभएका स्वर्गिय बलमान पुन मगरका धर्मपत्नी दिलमाया पुन मगरले एक लाख ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । स्वर्गिय श्रीमान पुन […]
गोरी दर्जीद्धारा बेनपाको आर्थिक विकास समितिको संयोजक अस्विकार

विकल्प न्यूज/बेनी जेठ २४ गते । बेनी नगरपालिकाको कार्यापालिका सदस्य गोरी दर्जीले नगरकार्यापालिका अन्तर्गतको आर्थिक विकास समितिको संयोजक पदलाई अस्विकार गर्नुभएको छ । मेयर श्रेष्ठले ६ नम्बरका वडा अध्यक्ष कृष्ण बानियाँलाई हटाएर कार्यापालिका सदस्य दर्जीलाई ४ दिन अघि आर्थिक विकास समितिको संयोजकमा नियुक्त गर्नुभएको थियो । नगरसभा र कार्यापालिकाको छलफलबाट प्राप्त जिम्मेवारीलाई आफूले लिने तर स्वच्छाचारी […]
बेनी नगरका जनप्रतिनिधिलाई प्रश्न ?

शिव आचार्य /विकल्प न्यूज जेठ २४ गते । मुलुक यतिखेर संघियता कार्यान्वयनको चरणमा छ। संघिय शासन प्रणाली अनुसार केन्द्र,प्रदेश र स्थानीय तह गरी तिन प्रकारका सरकार सञ्चालित छन् । संघिय गणतन्त्रात्मक शासन व्यवस्थाको अनुभव हामी नेपालीले पहिलो पटक गर्दैछौं । अहिलेको प्राप्त उपलब्धी चानचुने तरिकाले प्राप्त भएको होइन । लामो समयको राजनीतिक आन्दोलन,संघर्ष बलिदानीबाट यो उपलब्धी […]